Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक
एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२

एएफपी- मृतक कूल एक हजार नजिक पुगेकाे छ । श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या लगभग एक हजार नजिक पुगेसँगै पीडितहरूका लागि सैन्य उद्धार तथा राहत कार्यलाई अझै तीव्र बनाइएको हाे । 

छुट्टाछुट्टै मौसम प्रणालीका कारण गत हप्ता श्रीलंकाको सम्पूर्ण टापु क्षेत्रमा, इन्डोनेसियाको सुमात्रा, दक्षिणी थाइल्यान्ड तथा उत्तरी मलेसियाका ठूलो भूभागमा मुसलधारे वर्षा भएको थियो । उत्तरी सुमात्रा आइपुग्नु भएपछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले ‘सबैभन्दा कठिन अवस्था अब बितिसकेको छ भन्ने आशा लिने समय आएको छ’ भन्दै सरकारले अब पृथक बस्ती र दुर्गम गाउँहरूमा तत्काल आवश्यक सहयोग पुर्‍याउने कार्यलाई अग्रता दिइरहेको जानकारी दिए । 

उनमाथि बढ्दो जनदबाबका बीच, बाढी र भूस्खलनमा कम्तीमा ४४२ जनाको मृत्यु भइसकेको र सयौँ अझै बेपत्ता रहेको अवस्थामा राष्ट्रिय आपतकाल घोषणा गर्नुपर्ने माग तीव्र बन्दै गएको छ । सन् २०१८ मा सुलावेसीमा आएको भूकम्प तथा त्यसपछिको सुनामीपछि प्राकृतिक विपत्तिमा इन्डोनेसियाले भोगेको यो सबैभन्दा ठूलो क्षति मानिएको छ । सरकारले तीनवटा युद्धपोत तथा दुईवटा अस्पताल जहाजहरू राहतसहित सबैभन्दा प्रभावित स्थानतर्फ पठाइसकेको छ, जहाँ सडक अवरुद्ध भएर स्थलमार्गबाट सहयोग पुर्‍याउन कठिन भएको छ ।

Hardik health

उता श्रीलंकामा सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि आधिकारिक आह्वान गरिसकेको छ । चक्रवात ‘दितवाह’ बाट उत्पन्न बाढी तथा भूस्खलनमा कम्तीमा ३४० जनाको मृत्यु भइसकेको पुष्टि गर्दै अधिकारीहरूले अझै ठूलो सङ्ख्यामा मानिस बेपत्ता रहेको जानकारी दिएका छन् । वर्षा कम हुँदै जाँदा राजधानी कोलम्बोमा रातारात बढेको बाढीको पानी घट्न थालेको भए पनि मध्यम क्षेत्रमा भएको क्षतिको वास्तविक अवस्था मात्र राहतकर्मीहरूले लडेका रूख र पहिरोले अवरुद्ध सडकहरू खोल्न थालेपछि खुल्न थालेको बताइएको छ ।

कोलम्बोको उत्तरमा बस्ने मा ओयामाका हसिथा विजेवर्दनाले आफ्नै घर माटोले भरिएको अवस्थामा रहेको भन्दै सफाइका लागि सैन्य सहयोगको अपिल गरे।  राष्ट्रपति अनुरा कुमार दिसानायकले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकालीन अवस्था घोषणा भइसकेको र राष्ट्र पुनःनिर्माणका लागि दृढप्रतिज्ञ रहेको बताउँदै ‘हामी इतिहासकै सबैभन्दा ठूलो र चुनौतीपूर्ण प्राकृतिक प्रकोपसँग जुधिरहेका छौँ र निश्चित रूपमा पहिलेभन्दा मजबुत राष्ट्र निर्माण गर्नेछौँ’ भने। सन् २००४ को विनाशकारी सुनामीपछि श्रीलंकाले भोग्नुपरेको यो सबैभन्दा ठूलो मानवीय तथा भौतिक क्षति हो ।

यता थाइल्यान्डमा दक्षिणी क्षेत्रका विभिन्न भूभाग डुबानमा परेपछि कम्तीमा १७६ जनाको मृत्यु भएको छ । यो एक दशकयताकै सबैभन्दा घातक बाढी घटना हो । सरकारले राहत कार्य सुरु गरिरहे पनि ढिलो र कमजोर प्रतिक्रियाप्रति जनआक्रोश बढ्दै गएको बताइन्छ । कथित लापरवाहीका कारण दुई स्थानीय अधिकारीलाई निलम्बन गरिएको छ । मलेसियामा पनि भारी वर्षाका कारण पर्लिस राज्यका ठूलो भूभाग डुबानमा परेका छन् र त्यहाँ कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

एसियाका धेरै देश मनसुनको चरम मौसममा रहेका कारण सामान्यतया भारी वर्षा तथा आकस्मिक बाढीका घटनाहरू दैनन्दिनजस्तै भए पनि यसपटक इन्डोनेसिया, थाइल्यान्ड र मलेसियामा आएको बाढी दुर्लभ उष्णकटिबन्धीय आँधी र जलवायु परिवर्तनले तीव्र बनाएको वर्षाले अझ बढाएको देखिन्छ । वातावरण तातिँदै जाँदा अधिक आद्र्रता सञ्‍चित हुने भएकाले अत्यधिक वर्षाका घटनाहरू झनै बढ्न थालेका विज्ञहरू बताउँछन् ।


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP