Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • १६२ पटक गर्दा पनि उठ्दैन दूताबासको फोन
१६२ पटक गर्दा पनि उठ्दैन दूताबासको फोन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १४, २०७७
Hardik health
योगेन्द्र योगी दोहा– नेपालले वैदेशिक रोजगारीमा गएकाहरूले पठाएको पैसाले अहिलेसम्म मुलुक चलाइरहेको छ भन्दा पनि फरक नपर्ला । तर, पनि समस्या पर्दा नेपाल सरकार तथा खाडीस्थित यहाँ खोलिएका दूताबासहरू प्रायजसो रमितेजस्तै बनेर बसिरहेको नेपालीहरूले आरोप लगाइरहेका छन् । गत हप्ता एउटा भिडियो भाइरल भयो, त्यो भिडियो थियो युएईस्थित नेपाली दूताबासमा आफ्नो समस्या लिएर पुगेका शिव बच्चन शाहको । उनी कार्यरत कम्पनीले कामबाट निकालिदिएपछि आङ्खनो समस्याको पोका बोकेर दूताबास पुगे । तर ,दूताबासका कर्मचारीहरूको रुखो बोलीलगायत विभिन्न कारणले उनको समस्या सुनुवाइ भएन । उनी काठमाडौंको एक म्यानपावरमार्फत् एक लाख ५० हजार तिरेर दुबई पुगेका थिए । कोरोनाको कारण कम्पनीले कामबाट निकालेपछि उनी अलपत्र परे । उनले सोचे विदेशमा नेपालीहरूको एक मात्र सारथि भनेको दूताबास हो तर अहिलेसम्म ४० पटक दूताबास पुग्दा पनि बेवास्ता गरेको उनी बताउँछन् । यता नुवाकोटका कुलप्रसाद वस्तीको पनि समस्या उस्तै छ । उनी पनि घरपरिवारको समस्याका कारण नेपाल फर्किन भनेर दूताबासले उपलब्ध गराएको अनलाइन फारम भरे तर दूताबासले दोस्रोपल्कट प्रकाशित गरेको स्वदेश फर्किने सूचीमा उनको नाम आएन् । उनी भन्छन्, ‘दूताबासको नम्बरमा १६२ पटक फोन गरेँ, एकपटक पनि दूताबासले फोन उठाउँदैन, अब के गर्ने ?’ धेरै युवाहरूको अहिले खाडी मुलुकबाट नेपाल फर्काउने क्रम चलिरहेको भए पनि वास्तविक पीडितहरू भने खाडीमै रुमल्लिरहेका छन् । सरकारले उद्दार भने पनि टिकटको पैसा आफैँ तिर्नु पर्ने भए पछि अरु समस्या देखा परेको छ । पैसा हुनेले त टिकटको पैसा तिरेर आउने तर टिकट काट्ने पैसा नभएकाले के गर्ने ? खाडीका अधिकांस नेपाली श्रमिकहरूले प्रश्न गरिरहेका छन् । यता कतारमा रहेका मोहम्मद हानिफ मियाको पनि समस्या अरुको भन्दा कम छैन । उनी पनि कतार आएको पाँच दिनमै बिरामी परे । त्यसपछि ८ दिन आइसियुमा बसेर उपचार गरेपछि कम्पनीले दुई महिना आराम गर्न भन्यो । पछि कोरोना सुरु भएसँगै कम्पनी पनि बन्द भयो र अहिले विगत चार महिनादेखि उनी बेरोजगारी भएर बसिरहेका छन् । बल्ल बल्ल कम्पनीले नेपाल फर्कने टिकट मिलाई दिएको थियो । तर, लकडाउन र उडान बन्द भए पछि टिकट काटेर बसेका उनी नेपाल फर्किन पाएनन् । उनले पनि कतारस्थित नेपाली दूताबासमा फोन गरे तर दूताबासको फोन उठेन । ‘एकपटक बल्लतल्ल उठ्यो, फारम भर्नु पर्छ भन्यो । अनलाइन फारम पनि भरेँ तर अहिलेसम्म नाम आएन अब के गर्ने आफैँ अलमल पारेको छु,’ उनले भने । यता दूताबासले भने प्रथामिकता आधारमा नामावली प्रकाशित गरेको बताए पनि वास्तविक पीडितहरू समस्या उस्तै देखिन्छ । खाडीका प्रायजसो दूताबासहरूको फोन नउठ्ने उनको गुनासो छ । यता, यी समस्या र गुनासोबारे सम्बन्धित दूताबासहरूमा सम्पर्क गर्दा सबै समस्याहरूको समाधान हुने र समाधान गर्ने प्रयास भइरहेको जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  ०६:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP