Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विचार
  • Home
  • विचार
  • कीर्तिपुरको न्हेगाँ जात्रा
कीर्तिपुरको न्हेगाँ जात्रा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १२, २०८२
पदम श्रेष्ठ

 

ने.सं. २४३ मा राजा शिवदेव तृतीयले कीर्तिपुरका शक्ति बाघभैरवलाई केन्द्र मानी पश्चिम शैव देवीदेवता रहनेगरी शिवरत र पूर्व बौद्ध देवीदेवता रहनेगरी देवरत बस्तीलाई व्यवस्थित बसाइएको बताइन्छ । शिवरत ने.सं. ७६३ मा उमामहेश्वर बन्नुअघि दरबार रक्षार्थ किल्लाकै रुपमा र बाघभैरवबाट पूर्व बौद्ध देव देवी विहार चैत्य रहनेगरी देवरत बस्ती व्यवस्थित बसाएको भनाइ छ । जे होस् शिवरततिर चाफल, सागाः कुरूवा, धांवहाल, समल, सायमीटोल, द्योढोका, डोपाछें, तौल्हीं, क्वाचो, दवू, सवाः लाय्कू, सतःको क्षेत्रमा शिवसम्बन्धी देवताको बाहुल्य अझै पाउन सकिन्छ ।
 

कीर्तिपुर, भाजंगाल, चोभार आदिनाथदेखि टौदहसम्म
कीर्तिपुरको सात गाउँले (न्हेगाँ) जात्रा सुरु भइसकेको छ । बखुँमद जात्राको नाउँमा थालिने जात्रा एक साताभन्दा बढी समयसम्म हुने गर्दछ । किपु, नगाँ, पाङगा, मछिंगाँ, बोसिगाँ, सतुंगल, नैकापगरी सात टोलको पहिचानमुखी जात्रा हो यो । राजनीतिक वर्गीकरणमा मछिंगाँ, बोसिगाँ, नैकाप र सतुंगललाई चन्द्रागिरि नगरपालिकाअन्तर्गत पारिएता पनि सांस्कृतिकरुपमा यी सातै टोल एक हुने गर्दछ जात्रा पर्वका बेला । तर यो आलेखमा मैले कीर्तिपुरको भ्रमण गर्दा दुई घण्टाभित्रै हिँडेर कति ठाउँ भ्रमण गर्न सकिएला भन्ने प्याकेज भ्रमणको चार्ट प्रस्तुत गर्दा उचित ठानेको छु ।

काठमाडौं उपत्यकाको दक्षिण पश्चिम डाँडामाथि थुम्कोको छुट्टै बस्ती हो, कीर्तिपुर । मातातीर्थ ख वहालका गाईपालक सापु गोपाली र कृषक ज्यापूले सुयोग्य ठाउँको खोजी गर्दै जाँदा सागाबाट कीर्तिपुरमा बस्ती विस्तार भएको भन्ने भनाइ छ, गोपालवंशावलीमा । कथनअनुसार एउटा गाईले रातमा गोठबाट फुत्किएर देवपत्तन पशुपतिनाथको ज्योति पुरिएको ठाउँमा दूध झारी फर्किन्थिन् रे सधैं । आश्चर्यचकित भई खनेर हेर्दा ग्वालाका सरदार सोही ज्योतिमा जलेर भष्म भएछन् । उनै ग्वालाका वंशज भुक्तमान (भुरिमाग) लाई नेमुनि (नेवार) ऋषिले नेपालको राजा बनाए भन्ने कथन छ । गोपालवंशी राजा भुक्तमानपछि जयगुप्त, परमगुप्त, भीम (हर्ष) गुप्त, भीमगुप्त द्वितीय, मणिगुप्त, विष्णुगुप्त र जय यक्षगुप्त आठ पुस्ताले मातातीर्थबाट राज्य गरेको इतिहासमा उल्लेख पाइन्छ । हाल पनि गोपालीको कबिला बस्ती कीर्तिपुरको मच्छेगाउँ, मातातीर्थ, थानकोटहुँदै चित्लाङ, टिस्टुङ, पालुङसम्म पाइन्छ ।

Hardik health

राजा शिवदेव तृतीय र कीर्तिपुर
ने.सं. २४३ मा राजा शिवदेव तृतीयले कीर्तिपुरका शक्ति बाघभैरवलाई केन्द्र मानी पश्चिम शैव देवीदेवता रहनेगरी शिवरत र पूर्व बौद्ध देवीदेवता रहनेगरी देवरत बस्तीलाई व्यवस्थित बसाइएको बताइन्छ । शिवरत ने.सं. ७६३ मा उमामहेश्वर बन्नुअघि दरबार रक्षार्थ किल्लाकै रुपमा र बाघभैरवबाट पूर्व बौद्ध देव देवी विहार चैत्य रहनेगरी देवरत बस्ती व्यवस्थित बसाएको भनाइ छ । जे होस् शिवरततिर चाफल, सागाः कुरूवा, धांवहाल, समल, सायमीटोल, द्योढोका, डोपाछें, तौल्हीं, क्वाचो, दवू, सवाः लाय्कू, सतःको क्षेत्रमा शिवसम्बन्धी देवताको बाहुल्य अझै पाउन सकिन्छ । नक्सामा १४ वटा ढोका छन् । ती ढोकाहरुमा द्योढोका, गंःछें ढोका, बाघभैरव ढोका, चिथु ढोका भरियापुखु ढोका, मूपुखु ढोका, वहिरिगा ढोका , न्यातपाः ढोका, पालिफा ढोका, साःगाः ढोका, कुरूझ्वाः ढोका, समल ढोका, सी ढोका र खांसी ढोका थिए तर हाल पुनर्निर्माणको अभियान थालिँदै छ भने नगरको चारैतिर देश रक्षार्थ स्थापित पर्खालको भग्नावशेष पनि पुनर्निर्माण थालिनुपर्ने देखिन्छ ।

देवरत क्वाथ उमामहेश्वर र लाय्कू
दरवारको डाँडामाथि तीनतल्ले प्यागोडाशैलीयुक्त उमामहेश्वर छ । कीर्तिपुरको अग्लो मन्दिर ने.सं. ७७४ मा निर्मित मानिन्छ । देश रक्षार्थ स्थापित किल्ला, क्वाथमा मन्दिर भिंmगटीछाने काठ र माटोबाट बनी ठडिएको छ । उपत्यकाको दृश्यावलोकन र शीतल हावा खान पुग्न सकिने देवस्थल म तीन खण्डको भुवनमाथि माहुते चढेको र त्यसमाथि दोस्रो खुड्किलोमा ढुंगाकै भैरव–भैरवी मूर्ति उभ्याउनुले भक्तपुरे कला सिर्जनाको स्मरण गराउँछ । मन्दिरभित्र उमामहेश्वर र पछाडि भगवतीको मूर्ति स्थापित हुनुले यो मन्दिर शाक्त र शैवको संयुक्त तीर्थस्थल हो । यही किल्ला छेउ राजा शिवदेव तृतीयको राज्यकालमा रहेको लाय्कू दरबारका भग्नावशेष छन् भने यही दरबारमा नै कीर्तिपुरको अन्तिम मल्ल राजा ज्ञानप्रजा मल्ल र कीर्तिलक्ष्मी रानीले गोरखाका राजा पृथ्वीनारायण शाहविरूद्ध तीनपल्टसम्म जित्ने रणनीतिस्थल हो ।

नेवार सांस्कृतिक केन्द्र नेपाल भाषा एकेडेमी
नेवार एउटै जाति, नश्ल, धर्ममा आधारित जात होइन । तर नेवार भाषा र संस्कृतिले एक छ । त्यसैले त नेपाल भाषाका महाकवि सिद्धिदास महाजु लेख्छन्– भाषा भ्वासा जाति म्वाई अर्थात् भाषा बचे जाति बाँच्छ । यही भावनाकासाथ जनकवि दुर्गालाल लेख्छन्–
झिगु भाषा मन्त धासा, गय थ्व नेपाः झिगु जुई,
थगुदेय् परदेश याका, म्वायगु न सिइगु जुई ।  

आफ्नो भाषा नरहे नेपाल कसरी हाम्रो रहन्छ ? मातृभाषाविहीन भई बाँच्नु पनि मृत्युसमान हो । यस्तै मार्मिकतालाई आत्मसात् गर्दै कीर्तिपुरमा नेपाल भाषा एकेडेमी खडा भयो । ने.सं. १११२ मा सर्वोच्च नेता गणेशमान सिंहबाट उद्घाटित एकेडेमी ने.सं. १११९ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता भयो । भाषारत्न सत्यमोहन जोशी, मल्लके सुन्दरजस्ता व्यक्तित्वहरुको सक्रियतामा खडा भएको हो, एकेडेमी । तत्कालीन मेयर हीराकाजी महर्जनको कार्यकालमा ३० रोपनी जग्गा उपलब्ध गराइएपछि उद्योगपति गोपाल राजभण्डारीलगायतको लागानीमा २५० जना अटाउने हल बनाइएको छ यहाँ । भवन विस्तारमा अमेरिकी नेवाः अर्गनाइजेसनका त्रिभुवन तुलाधरको अगुवाइमा प्रतिव्यक्ति एक डलर उठाइएको थियो ।

दथु नरगो र बाघभैरव
कीर्तिपुरको इतिहास नरगो र बाघभैरवको आख्यानले छर्लंग पार्छ । स्थानीय बासिन्दा भन्छन्– कीर्तिपुरको प्राचीन बस्ती नरगो हो । जहाँ अहिले पनि पुराना घरका पर्खालको जग पाउन सकिन्छ । आख्यानुसार कीर्तिपुर नरगोवासी झवाः मचाः(गोठाला) भेडा चराउन जंगल जाँदा माटोको बाघको मूर्ति बनाएर खेल्ने गर्दथे । बाघको बनाउँदा बनाउँदै जिब्रो राख्न पात खोजेर फर्कंदा माटोको बाघले साक्षात रूप लिई भेडा सबै खाइदिएछन् । आश्चर्यचकित उनीहरू चिच्याएको सुनी नरगोवासी घटनास्थल पुग्दा जंगलको चारैतिर बाघ गर्जेको आवाज सुने छन् । भनिन्छ, त्यसैबेलादेखि नरगोवासी हाल टंगालको हांडीगाउँमा बसाइ सरेका हुन् । त्यसैले टंगालस्थित हांडीगाउँलाई नेपाल भाषामा नरदे भनिएको हो ।

बाघबाट पीडित नःगां र पांगाःवासी मिली तान्त्रिकलाई देखाउँदा माटोको बाघमा भैरव प्रवेश गरेकाले शान्त गर्न पूजा गर्नुपर्ने सुझाव दिएछन् । सोही दिनको स्मरणमा भाद्र सिंह संक्रान्तिको दिन बाघभैरवलाई राँगा, भेडा, बोका बली दिई खुसी पार्ने र खटजात्रा गर्दै आइरहेको छ । तीनतल्ले आयाताकार प्यागोडाशैलीको बाघभैरव मन्दिर पाटन पिमबहालका महापात्र जगतपाल वर्माले ने.सं. ३३५ मा निर्माण गराएका हुन् । गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरे राजा र रानी कीर्तिलक्ष्मीको हत्याअघि ने.सं. ८८४ मा भएको युद्धमा कीर्तिपुरेले बाघभैरवको शक्तिले तीनपल्ट हराएको बताइन्छ । सो युद्धमा राजा पृथ्वीका भाइ सुरप्रताप शाहको देव्रे आँखा फोडिनुका साथै गोर्खा सैनिक कमाण्डर कालु पाण्डेको हत्या गरी ढाल, तरबार, कवच र फलामको भोटो बाघभैरवलाई चढाएका थिए । कालु पाण्डेको फलामको भोटो हातहतियार छाउनीस्थित राष्ट्रिय संग्रहालयमा छ ।

देपुखु र नारायण देगलः
बाघभैरवनेर ने.सं. ७९६ मा निर्मित नारायण मन्दिर पोखरी छेउ छ । गुम्बज मन्दिरको देपुखुमा गाईजात्रामा राँगाको खुट्टा पक्रने प्रतियोगिता हुन्छ । जसले राँगाको खुट्टा बाहिर ल्याउँछ उही वर्षकै भाग्यमानी मानिन्छ ।

कीर्तिपुरेको वीरता र पृथ्वीनारायण शाहको कुकृत्य
कीर्तिपुरे युद्धमा तीनपल्ट हारेका गोर्खाली राजा पृथ्वीनारायण शाहलाई युद्धकै मोर्चामा एक सिपाहीले काट्न लाग्दा अर्का खडगी सेनाले रोक्दै युद्धको नियमविपरीत राजालाई सिपाहीले काट्न हुँदैन भने, तत्कालै अर्का पुतुवार डोलेले अनेकौं जुक्ति लगाउँदै युद्धस्थलबाट बचाएर पृथ्वीनारायण शाहलाई थानकोटको यंकीदहसम्म पु¥याइदिए, तर ने.सं. ८८४ को युद्धमा कीर्तिपुरे राजा र रानीको हत्यापश्चात् निहत्था जनताको नाक काट्ने र थानकोटस्थित त्रिभुवन पार्कमा गाडे । भनिन्छ, जुन ठाउँलाई नेपाल भाषामा न्ह्याय्दों भनिए । आज पनि कीर्तिपुरेले न्ह्याय्दों पुग्दा थुक्छन् । रानी कीर्तिलक्ष्मीले आत्मसमर्पण नगरी वीरगति प्राप्त गरेकाले पदमकाष्ठ गिरीलाई कीर्तिपुर भनिए ।

चिलंचो, देवरत बौद्धस्थल अखडा
गोपालकालीन सापु, मेपु र ज्यापू संस्कृतियुक्त बस्ती कीर्तिपुर पदमकाष्ठ गिरीलाई राजा शिवदेव तृतीयले नयाँ संरचना दिएका हुन् । ने.सं. २१९–२४३ ताकाको शिवरत लाय्कू, बाघभैरव र देवरतमध्ये बुद्धचैत्यले युक्त देवरत क्षेत्रमा चिलंचो छ । देवरततर्फका इताछें, तुइव, तःननि, कुरूझ्व, मुआनत्वा, बहिरगा, बाकूननि, ल्ह्वहं देग, भरिया पुखु, चिलचों, चिथु, गुल्पु र वहीले प्रख्यात टोलभित्र आठवटा प्राचीन बिहार छन् । अन्य बुद्ध विहारमा जगतपाल महाविहार क्यपुबहाः, कामीकान्ति महाविहार क्यपुवही, जीवनवदन विहार, चैत्यरंग विहार, मयन्कीर्ति विहार कुसीबहाः, करूणाकार क्वंयबहाः, हर्षकीर्ति च्वयबहाः र देवकीर्ति देवबहाः छन् ।

चिलंचो चैत्य, जगत्पाल महाविहार
देवरत क्षेत्रको चिलंचो कीर्तिपुरको बौद्धस्थल हो । चैत्य समिप द्योछें घर शैलीको विहारलाई जगतपाल महाविहार भनिन्छ । अक्षोभ्य बुद्धप्रति समर्पित चिलचो अशोककालीन मानिन्छ तर चैत्य ने.सं. ६३४ मा पाटन पिमवहालका जगतपाल वर्माद्वारा निर्मित हुन् ।

चिलंचो क्षेत्रका बुद्ध विहार र मठ-मन्दिर
सिंहदुवास्थित धर्मधातु चैत्य ने.संं ७६१ मा हाकू जः शाक्यद्वारा निर्मित मानिन्छ । क्वयः बहाः (करूणाकार) सिंह दुवाको चैत्यसंगै ने.सं. ७५३ मा निर्मित च्वयबहाः हर्षकीर्ति र क्वयबहाः करूणाकार विहार छन् । सिंह दुवाटोलमा नै ने.सं. ८०३ मा निर्मित ढुंगे लोकेश्वर र ने.सं. ७८३ मा बुद्धधर्म लोहं देग मन्दिर राम भारोद्वारा निर्मित मानिन्छ ।

नगरमण्डप थाई श्रीकीर्ति महाविहार
ने.सं.१११० कालीन नेपालका संघनायक भिक्षु प्रज्ञानन्द महास्थवीरको अथक प्रयास र इतिहासविद् तथा पुरातŒवविद् भिक्षु सुदर्शन महास्थवीरको सक्रियतामा स्थापित नगरमण्डप श्रीकीर्ति महाविहारलाई थाईकीर्ति विहार भनिन्छ । कीर्तिपुरको चक्रपथ नयाँबजारमा निर्मित यस विहार थाई सरकारको सहयोगमा बनेको हो । थाइल्याण्डका भिक्षु संघराज सोमदेय फ्राञाणसम्बरबाट ने.सं. १११९ मा उद्घाटित विहार नेपाल र थाइल्याण्डबीचको सम्बन्धको प्रतीक बनेको छ । ढुंगा छापेको चोकबीच भिक्षु प्रज्ञानन्द महास्थवीरको पूर्णकदको प्रतिमा र ने.सं. ११११ को सिपुन्हीको दिन सम्वेजनीय थाई कलाशैलीमा स्थापित महाचैत्य र विहारले थाइल्याण्डको अनुभूति दिन्छ । प्रधानपञ्च धनलाल महर्जनद्वारा उपलब्ध चार रोपनी मन्द फल्चामा बनेको हो ।

भांजांगाल पांगा नः गाउँ
कीर्तिपुर आक्रमणबाट बच्न ने.सं. ६२१ मा राजा रत्न मल्लद्वारा बसाइएको किल्ला पांगाःको प्रमुख देवी हुन् वैष्णवी पीठ । चोभार पूर्व दुईतल्ले वैष्णवी मन्दिरको तोरणमा ने.सं. ७९५ उल्लेख छ । यहाँ नौ कप्टेरा दाउराबाट पूरै लास खरानी हुने हुँदा भाजंगाल भनिए । भगवान् मान्नेले भाजंगाललाई ईश्वरको चमत्कार ठान्छन् भने वैज्ञानिकहरु भूमिगत प्रज्वलनशील रसायन भएको विश्वास गर्दछन् । भाजंगालमा अघिल्लो विधिपूर्वक नौ कप्टेरामाथि लास राखी जान्छन् भने भोलिपल्ट काजकिरिया गर्न खरानी लिन पुग्ने अनौठो परम्परा छ । कीर्तिपुरको अर्को उपगाउँ नःगाउँ अर्थात् फलामखानी गाउँ हो । भूवनचैत्य, बज्र धातु चैत्य, जोरगणेश आदि रहेको नःगाउँको मुख्य बालकुमारी पीठ हो । मंसिर अष्टमीका दिन पांगा वैष्णवी पीठसँगै नःगाउँमा बालकुमारीको पनि जात्रा हुने गर्दछ ।

चोभा द्यो—जोइपोइ मिलाउने र रोग निको बनाउने आदिनाथ
काठमाडौंबाट पाँच किलोमिटर दक्षिण कीर्तिपुरकै अर्को डाँडा चोयबहाः नै चोभार हो । लिच्छवीकालीन तीनतल्ले प्यागोडाशैली आदिनाथको मन्दिर छ । आनन्दादी लोकेश्वर भनिने धातु तथा भिंmगटीले छाएको मन्दिर सातौं शताब्दीमा महासामन्त अंशुवर्माद्वारा निर्मित मानिन्छ । बुङमतीको आर्यावलोकितेश्वरलाई वर्षा र सहकालका देवता, नालाको सृष्टिकान्ता लोकेश्वरलाई सृष्टिको प्रतीक, जनवहाल असनको जनवाद्यो आर्यावलोकितेश्वरलाई संसारका जनको पालनहार भनिएझैं चोभारको आदिनाथलाई रोगमुक्ति र आपसी मतभेद, लोग्ने–स्वास्नी सम्बन्धविच्छेद्सम्मको स्थिति मिलाइदिने देवताकारूपमा लिइन्छ ।

आख्यानअनुसार एक समय हैजा रोग लागेर धेरै लुभुवासी भटाभट मर्न थाले छ । जति पूजा गरे पनि निको नभएपछि गाउँलेले रिसमा मूर्तिलाई नख्खुमा बगाइदिएछन् । यसरी बगाइएको मूर्तिलाई चैत्र अष्टमीका दिन कीर्तिपुरेले वागमतीको किनारमा देखे छन् र श्रद्धा भक्तिपूर्वक बाजागाजाकासाथ आदिनाथलाई डाँडामा विराजमान गराए । यसैदिनको स्मरणमा बागमतीको सुलक्षण महाविहारबाट न्हवं महास्नान गराइने चलन छ । चोकबीच शिखरशैलीको वैत्राचार्य चैत्य छ । चैत्यलाई शैवले गन्धर्वेश्वर भनी भाँडाकुंडा, ऐना चढाउँछन् ।

कोयना गणेश (जलविनायक) मञ्जुश्री पार्क
चन्द्र, सूर्य र कार्यविनायकमध्ये एक हुन् जलविनायक कोयनाद्यो पनि । चोभार गल्छी (ह«्सिकाप)को तीनतल्ले प्यागोडाशैली मन्दिरमा गणेश भने सादा ढुंगामा पुजिन्छ । कथनअनुसार उपत्यका पानीले भरिएको बेला स्वयम्भू ज्योति दर्शनार्थ महाचीनबाट आएका मञ्जुश्रीले चोभार गल्छी काटेर बाहिर पठाएका थिए । त्यसैले चोभार गुफालाई मञ्जुश्री गुफा नाउँसहित पार्क बनाएको छ । ने.सं. ७२२ मा निर्मित गणेशपरिसर सुखावती लोकेश्वर, वरूण, सूर्य, शिव आदिले सिंगारिएको छ भने धातु छानायुक्त तीनतल्ले प्यागोडाशैलीको कोयना गणेश प्रवेशद्वारमा दुई सिंह र गणेशको बाहन छुचुन्द्रो र टुँडालमा अष्टमातृका अष्टभैरव कुँदिएका छन् । कोयना गणेशलाई राँगा, हाँस, कुखुरा बलि दिइन्छ । यही ७० फिट अग्लो ढुंगे मञ्जुश्रीपार्क छ ।
 
टौदह, किंवदन्तीको संगम
पाँच सय मिटर लम्बाइ, ४०० मिटर चौडाइ र सुख्खायाममा छ मिटर गहिराइको टौदहले बुँगद्यो (रातो मच्छिन्द्रनाथ)को भोटो देखाउने जात्राको किंवदन्ती छ । काठमाडौंबाट सात किलोमिटर दक्षिणकाली जाने बाटोमा पर्ने टौदह (तवगु दह) प्राकृतिक ताल हो । चोभार छेदनगरी दहको पानी बाहिर पठाउँदा कर्कोटक नागराज रिसाएर अनिष्ट हुने भय सिर्जना भएपछि मञ्जुश्रीको आह्वानमा नागराजलाई टौदहमा विराजमान गराए छ । उनै नागराजकी रानीको आँखा दुख्दा ललितपुरबासी ज्यापुले आँखा दुख्ने रोग निको बनाइदिएछन् र त्यसबाट खुसी भएका नागराजले नवरत्न जडित भोटो उपहार दिएछन् । ज्यापुले भोटो फुकालेर खेतमा काम गर्दा ख्याकले चोरी भागे छ ।

एक दिन भोटो लगाएर आइरहेका ख्याक र ज्यापूबीच घमासान युद्ध हुँदा बुंगद्यो रातो मच्छिन्द्रनाथले दुवैलाई भने छन्– जबसम्म प्रमाण ल्याउँदैनौ तबसम्म रत्नजडित यो भोटो मसँगै रहने छ । ख्याकको त भोटो नै थिएन ऊ जाने कुरै भएन । ज्यापूले पनि टौदह जाने बाटो नै थाहा पाएन छन् । त्यसै बेलादेखि प्रत्येक वर्ष जावलाखेलको च्वासकाननीमा भोटो सुरक्षित छ है भनी देखाउने गरिन्छ । नागपञ्चमीमा मेला लाग्ने टौदहमा ३८ जातका बोटबिरूवा, ३६ जातका कीरा र ११६ पक्षीे रहेको एक अध्ययनले देखाएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी सोमबार, माघ ५, २०८२
शिक्षामा स्वजागरणको अभ्यास
शिक्षामा स्वजागरणको अभ्यास आइतबार, माघ ४, २०८२
नव निर्वाचित सभापति गगन थापालाई बधाई : अब आरोप होइन, कामको प्रतिस्पर्धाको राजनीति
नव निर्वाचित सभापति गगन थापालाई बधाई : अब आरोप होइन, कामको प्रतिस्पर्धाको राजनीति शनिबार, माघ ३, २०८२
शिक्षामा स्वजागरणको अभ्यास
शिक्षामा स्वजागरणको अभ्यास शुक्रबार, माघ २, २०८२
सबै समुदायको साझा माघे संक्रान्ति
सबै समुदायको साझा माघे संक्रान्ति बिहीबार, माघ १, २०८२
अरनिको नेपालका गहना
अरनिको नेपालका गहना सोमबार, पुस २८, २०८२
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार बुधबार, पुस २३, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP