Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • राष्ट्रकविले मन पराएको गीत दुई दशकपछि एआईबाट रेकर्डिङ
राष्ट्रकविले मन पराएको गीत दुई दशकपछि एआईबाट रेकर्डिङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०८२

काठमाडौं– राष्ट्रकवि माधव घिमिरेले मन पराएको गीत  एआईबाट रेकर्डिङ  गरिएकाे  छ । राष्ट्रकविले मन पराएको गीत दुई दशकपछि एआईबाट रेकर्डिङ गरिएकाे हाे । 

‘केही भोकि जस्तो लाग्छ भुइँमा पात खस्दा पनि,
घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि ।’ 

विसं २०६३ मा राष्ट्रकवि माधव घिमिरेले आफ्नो निवास लैनचोरस्थित अलकाबस्तीमा गीतकार एवं रेडियोकर्मी रमेश पौडेलको गीति पुस्तक हात परेपछि यसलाई रुचिपूर्वक पढेका थिए । कतिपय गीत गीतकारबाट पनि सुनेका थिए । ‘आभाषित् आलाप’ प्रकाशन भएलगत्तै पौडेल कविवर घिमिरेको निवास पुगेका थिए  । 

Hardik health

“ओहो ! यो गीत पो रेकर्ड गर्नु पथ्र्याे त । शक्तिवल्लभलाई संगीत भर्न दिनु ।”, राष्ट्रकवि घिमिरेले भनाइ अहिले पनि गीतकार पौडेललाई झल्झल्ती सम्झना छ । राष्ट्रकवि घिमिरेलाई अन्तराको यो हरफले झन् छोएको थियो ।

‘मै फक्र्ये कि भन्दा होलान् गाउँमा कोही पस्दा पनि
घरदेशकै याद आउँछ परदेशमा बस्दा पनि ।’

त्यसपछि शक्तिवल्लभलाई किताब दिँदै रमेशले राष्ट्रकविले भनेको कुरा सुनाए । तत्काली बेला गीत रेकर्ड गर्न निकै खर्च लाग्थ्यो । छोरा–छोरीको पढाइ शुल्क तिर्ने धौधौ हुने बेला रमेशलाई गीतका लागि खर्च गर्ने आँट आएन । उनका ज्वाइँ अमित घिमिरेले संयुक्त अधिराज्य बेलायतबाट एआईमा स्नातकोत्तरअन्तर्गत एआईमा विशिष्ट श्रेणी ल्याएपछि रमेशको गीतले एआईसँग नाता जोड्ने अवसर पायो ।

“बाबा, गीत रेकर्ड गर्न अब एआईबाटै बनाएर अर्काइभ गर्नुस्”, छोरी आकृतिले भनेपछि पनि विश्वास भने लागिरहेको थिएन । ‘एआईले सिर्जनशीलता मार्र्छ’ भन्ने उनलाई लागिरहेको थियो । अमितकै भुक्तानी खाता (पेइड एकाउन्ट) बाट ‘सुनो एआईको फ्रि भर्सन’मा आफ्ना मैलिक गीत हालेपछि चित्तबुझ्दो मेलोडीसहित उच्चारण भएको पौडेलले बताए । उक्ता खाताबाट बनाइएको गीतमा युट्युबले कपिराइट (प्रतिलिपि अधिकार) नहान्ने उनको भनाइ छ । 

“राष्ट्रिय भावनाले भरिएको यो गीतको ‘म्यानुअल्ली लिरिकल भिडियो’ (साङ्गीतिक श्रव्यदृश्य सामग्री) बन्यो । युट्युबमा सकारात्मक प्रतिक्रिया पनि आयो”, मल्टिमिडियामा अभिरूचि राख्ने गीतकार पौडेलले भने, “सुनोलाई गीतमा चाहिने आवश्यक निर्देशन दिइयो भने चाहेजस्तै मेलोडी र स्पष्ट उच्चारण दिने रहेछ । म च्याट जिपिटी चलाउँदिन, उहिल्यै लेखेका मौलिक सिर्जनामा मात्रै हाल्छु । गति, यति र लय मिलेका गीतमा ५० प्रतिशत लय शब्दमा हुने भएकाले त्यस्ता गीतमा सुनोले अझ मीठो धुन दिने रहेछ ।”
 


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP