Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #विश्व_टेलिभिजन_दिवस
  • #बोराबाध
  • #बेलीब्रिज
  • #एमालेको महाधिवेशन
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्वमन्त्री भगवती चौधरीको पहलमा निर्मित एक सय सुरक्षित घरहरू हस्तान्तरण
पूर्वमन्त्री भगवती चौधरीको पहलमा निर्मित एक सय सुरक्षित घरहरू हस्तान्तरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०८२

मोरङ -  सुनसरीको गढी, बर्जु गाउँपालिका, दुहवी र इनरुवा नगरपालिकाका अति विपन्न परिवारका लागि निर्माण गरिएका एक सय नयाँ घर हस्तान्तरण गरिएको छ । गढी गाउँपालिका–२ स्थित कोलर्हवा सामुदायिक ग्राममा मंगलबार आयोजित विशेष समारोहमा एकसय घरहरु गरिब, विपन्न नागरिकलाई हस्तान्तरण गरिएको हो ।

सुनसरी निर्वाचन क्षेत्र नं. ३ की निवर्तमान सांसद समेत रहेकी पूर्वमन्त्री भगबती चौधरीको विशेष पहलमा निर्माण गरिएका वातावरणीय भूकम्प प्रतिरोधी तीन कोठे घरहरु हस्तान्तरण गरिएको हो ।

ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)ले अन्तर्राष्ट्रिय दातृ निकाय संस्था बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनको वित्तीय सहयोगमा निर्माण गरिएका उक्त घरमा २ वटा शयन कक्ष, एक भान्सा कोठा, शौचालय र खानेपानीका लागि कल समेत जडान गरिएको छ । गरिब र विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण परियोजनाअन्तर्गत निर्मित घरहरुको लागत ६ लाख ५० हजार छ ।

Hardik health

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वमन्त्री भगबती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका गरिब, विपन्न, दलित, मुसहर, ऋषिदेव जस्ता भूमिहिन जनताको आवासका लागि आफ्नै घरमा बस्ने ब्यवस्था गर्न आफ्नो लामो समयदेखिको योजनाको केही अंश पुरा भएको बताइन् । ‘आफ्नो निर्वाचन क्षेत्रलाई विकासकै नमूना क्षेत्रका रुपमा परिभाषित गर्न सकुँ भन्ने मेरो ध्येय थियो, यहाँका गरिब, विपन्न, असहाय, दलित, मुसहर, मोची राम समुदाय जसको आजसम्म कुनै जग्गा जमिन थिएन, बस्नलाई सुरक्षित घर थिएन उनीहरुको पिडादायी, कष्टकर जीवनमा थोरै भएपनि मल्हम लगाउन सक्यौं ।’ फरवार्डकी संस्थापक समेत रहेकी चौधरीले भनिन् ।

आफ्नो निर्वाचन क्षेत्र विकासका दृष्टिकोणले जिल्लाकै सबैभन्दा पछि परेको क्षेत्र भएकोले त्यहाँका जनताको जीवनस्तर उकास्न आफुले सक्दो प्रयास गरिरहेको र आउँदा दिनहरुमा पनि गरिरहने बताउँदै चौधरीले जनताहरु विकासका आधारभूत आवश्यक्ताबाट पूर्ण भएपछि मात्र देश सम्पन्न हुने जिकीर गर्नुभयो । ‘देश त्यत्तिबेला मात्र सम्पन्न र सवल हुन्छ जतिबेला जनताहरु विकासका आधारभूत तत्वबाट पूुर्ण हुन्छन् । गाँस, बास र कपाससँगै शिक्षा, स्वास्थ्य, सडक, पुल, खानेपानी, सिचाई, सूचना सञ्चार, रोजगारीमा जनताको सहज पहुँच पुगेपछि मुलुक आत्मनिर्भर र सवल हुन्छ ।’ मुलुकलाई आत्मनिर्भर, जनतालाई समृृद्ध बनाउने कार्यमा कुनै एक पक्षले मात्र प्रयास गरेर सार्थक नहुने भन्दै पूर्वमन्त्री चौधरीले देश र समाज निर्माणमा सबैको सामुहिक प्रयास हुुनु अपरिहार्य रहेको पनि बताइन् ।  

कार्यक्रममा बोल्दै बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनका उपाध्यक्ष लिन पी यूले नेपाल र नेपालीको जीवनस्तर सुधार्न फाउण्डेशनले विगत १३ वर्षदेखि सहकार्य गर्दै आइरहेको जनाउँदै निर्माण गरिएका एक सय घरले सो क्षेत्रका अति विपन्न समुदायका नागरिकको जीवन सुधार्न टेवा पुग्ने विस्वास लिएको बताइन् । आउँदा दिनहरुमा पनि सो क्षेत्रका गरिब, विपन्न नागरिकलाई सेवा गर्न आफुहरु तत्पर रहेको उपाध्यक्ष दिन पी यूले उल्लेख गरिन् ।

समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझी, गढी गाउँपालिकाका प्रमुख आशनारायण चौधरी लगायतले सो क्षेत्रका खोला किनारा, सरकारी भूमिमा अब्यवस्थित रुपमा बसोबास गरिरहेका गरिब, विपन्न नागरिकले ठूलो राहत प्राप्त गरेको बताए । सो अवसरमा विपन्न नागरिकका परिवारलार्ई घरसँगै आवश्यक लत्ताकपडा र खाद्यान्नसमेत वितरण गरिएको थियो ।

फरवार्ड नेपालका कार्यकारी निर्देशक द्रब्यराज चौधरीले सुनसरीको दुहबी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका र इटहरी उप–महानगरपालिकामा गरिब र विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण गरिएको जानकारी दिए । उनका अनुसार गत वर्ष शिलान्यास गरिएको परियोजनाअन्तर्गत दुहबी–९ मा १४ घर, गढी–२ मा ४० घर, बर्जु १, ३ र ५ मा ३० घर तथा इनरुवा–७ मा १६ गरी १ सय घर निर्माण गरिएको छ । फरवार्ड नेपालले निकट भविष्यमा पुनः यस्ता सुरक्षित घरहरु निर्माण गरेर गरिब विपन्न नागरिकलाई वितरण गर्ने लक्ष्य लिएको छ । 
 


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न
सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न बिहीबार, मंसिर ११, २०८२
निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य
निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य बिहीबार, मंसिर ११, २०८२
कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु
कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु बिहीबार, मंसिर ११, २०८२
ओ एन्ड एम गर्न मन्त्रिपरिषदबाट स्वीकृति
ओ एन्ड एम गर्न मन्त्रिपरिषदबाट स्वीकृति बिहीबार, मंसिर ११, २०८२
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन बिहीबार, मंसिर ११, २०८२
सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ
सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ बिहीबार, मंसिर ११, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP