काठमाडाैं- नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले पोशाकसम्बन्धी अनुशासन कायम रुलिङको माग गरेका हुन् ।
उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत टि-सर्ट लगाएर संसद् बैठकमा सहभागी नहुन आग्रह गरे ।उनले सन् २०२१ को फेब्रेवरी ९ मा न्युजिल्यान्डको संसद्मा घटेको घटना र सन् २०२३ मा क्यानडाको संसद्मा पोशाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको विषय पनि स्मरण गरे ।
‘सन् २०२१ को फेब्रेवरी ९ मा न्युजिल्यान्डको संसद्मा रबिरि बैद्धिति नामका सांसदले औपनिवेशिक पासो भन्दै टाइ लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रुलिङमार्फत सभाबाट निष्कासन गरिएको थियो । सन् २०२३ मा क्यानडाको संसद्मा पोशाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको थियो,’ उनले स्मरण गर्दै भने । उनले सो क्रममा उनले प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसद्भित्र टि-सर्ट लगाएर नआउन भनेका हुन् ।