Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०८२

काठमाडौं - नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको १४औँ साधारण सभाले  व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार  सम्पन्न सो नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष द्वयमा दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ तथा उपाध्यक्षमा गोपालदास मानन्धर निर्वाचित भएका छन्  ।

यसैगरी महासचिव पदमा नवीन सारु (डोलबहादुर थापा), कोषाध्यक्षमा स्वाती घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाश (राम) श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा मनिशलाल प्रधान, सुशील स्थापित, दीपक मर्हजन, संजीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मि पन्त, कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयूस बहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युतबहादुर हाडा,  सक्षम घिमिरे, सर्वोत्तम लाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यस्तै नव निर्वाचित कार्यसमितिले किरणकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र  डा सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिले आज यहाँ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  सो अवसरमा नवनिर्वाचित अध्यक्ष सुनिलभक्त श्रेष्ठले भियतनामसँगको व्यापारिक सम्बन्ध विस्तारमा चेम्बरले थप सक्रिय भूमिका खेल्ने बताए ।  उनले भने, “दुवै देशबीचको व्यापार क्षमता ठूलो छ । अबको कार्यकालमा हामी व्यापार प्रवद्र्धन, लगानी आकर्षण तथा व्यवसायीहरूलाई जोड्ने ‘प्लेटफर्र्म’लाई अझ सशक्त बनाउँदै लैजानेछौँ।”

Hardik health

उपाध्यक्ष उर्मिला श्रेष्ठले नेपाल–भियतनाम बीचमा संयुक्त लगानीका सम्भावित क्षेत्र पहिचान ,व्यापार प्रवद्र्धन, लगानी आकर्षण तथा व्यवसायीका अनुभव एकआपसमा सटासाट गर्न सस्थाले योगदान गर्ने जानकारी दिए ।  यसअघि साधारण सभाको शुभारम्भका अवसरमा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ नेपाल–भियतनाम व्यापारिक सम्बन्धलाई अझ उचाइमा पु¥याउन चेम्बरको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

उनले भने, “भियतनामी बजारमा नेपाली उत्पादनको सम्भावना बढिरहेको छ । चेम्बरको सक्रियताले नेपाली निर्यात क्षमता अझ विस्तार गर्न सक्छ ।” साथै, महावाणिज्यदूत श्रेष्ठले दुई मुलुकबीच सहकार्य बढाउन आवश्यक रहेको बताउँदै कृषि, पर्यटन, व्यापार तथा सूचना प्रविधि क्षेत्रमा लगानी विस्तारका प्रशस्त सम्भावना रहेको उल्लेख गरे। उनले नेपाल–भियतनामबीच प्रत्यक्ष हवाई उडान सञ्चालन हुनु आवश्यक रहेकामा पनि जोड दिए।

सभामा अध्यक्ष दीपककुमार मल्होत्राले नेपाल–भियतनाम व्यापार विस्तारका लागि चेम्बरले विगतमा गरेको पहल तथा गतिविधिबारे प्रकाश पारे  । उनले हाल देशमा व्यवसायी तथा उद्योगीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको भन्दै दुःख व्यक्त गरे। साथै उनले भने “नेपाल–भियतनाम व्यापार सम्बन्धमा अझ ठूलो सम्भावना छ । निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ।”

सभामा महासचिव गोपालदास मानन्धरले २०८०/८१ र २०८१/ ८२ को वार्षिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरे। त्यस्तै, कोषाध्यक्ष कविकुमार टिबरेवालाले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै संस्था वित्तीय रूपमा सुदृढ बन्दै गएको जानकारी दिए । कार्यक्रममा भियतनामसम्बन्धी व्यापार–व्यवसायमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई व्यापारतर्फको ‘अवार्ड’ प्रदान गरिएको थियो ।  सम्मानित हुनेमा आयातकर्ता श्याम मारवाडी, नेपाल–भियतनाम संयुक्त लगानी कम्पनी ‘फो ९९’ का प्रबन्ध निर्देशक थी किम क्वोङ वो (बाओ) तथा प्रकाशन, समर्थन र संस्थाको सुदृढीकरणमा योगदान पुर्याएका आधारमा उर्मिला श्रेष्ठ हुन्। साथै, चेम्बरका आजीवन सदस्यता प्राप्त व्यक्तिलाई अध्यक्ष मल्होत्राले प्रमाणपत्र प्रदान गरे


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP