Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
  • #एमालेको महाधिवेशन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गंगा' भवन निर्माण
स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गंगा' भवन निर्माण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १०, २०८२

काठमाडौं– स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गंगाभवन निर्माण  भएकाे छ । स्वरसम्राट नारायण गोपालले बित्‍नु अघि अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा धर्मपत्‍नी पेमला गुरूवाचार्यलाई दिएको जिम्मेवारीले अहिले पूर्णताः पाएको  हाे । 

“म नरहे पनि तिमीले एउटा संगीतसम्बन्धी स्कुल खोल्नु र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनु । यसबाहेक नगेन्द्र थापा, विश्‍वम्भर प्याकुर्‍याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नु । तिमीले केही गर्नुपर्दैन । साथीहरूले सघाउँछन्”, स्वरसम्राट नारायण गोपालले बित्नुअघि अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा धर्मपत्नी पेमला गुरूवाचार्यलाई दिएका थिए । 

पेमलाले नारायण गोपालको उक्त उद्गारलाई नारायण गोपाल संगीत कोषद्वारा प्रकाशित ‘बागीना’ को स्मृति अंकको संस्मरणमा लेखेका  छन् । नारायण गोपालको उक्त सुरमय सपना महाराजगञ्‍जस्थित नवनिर्मित ‘गीत गंगाभवनले पूरा गरेको छ । यद्यपी, गुरुवाचार्य जीवित छँदा भने यो कार्यले पूर्णता पाउन सकेन ।

महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट नजिक एक रोपनी चार आना जग्गामा निर्मित ‘गीत गंगासङ्गीतमय भवनमा रूपान्तरण हुँदैछ । यहाँ एक अत्याधुनिक स्टुडियो, विभिन्न सङ्गीतका कक्षाकोठाहरू, नारायण गोपालको सङ्ग्रहालय र एक सङ्गीतसम्बन्धी एफएम रेडियो पनि सञ्चालनको तयारी भइरहेको छ । यहाँका दुई भवनमध्ये एउटालाई ‘गीत गंगार अर्काेलाई नारायण गोपाल सङ्गीत कोषको कार्यालयका रूपमा निर्माण गरिएको कोषले जनाएको छ ।

Hardik health

काठमाडौँ महानगरपालिकाको तत्कालीन नेतृत्वले गरेको निर्णयबाट उक्त भवन निर्माणार्थ रु पाँच करोड ५० लाख विनियोजन भएपछि विसं २०७७ देखि काम सुरू भएको थियो । त्यसबेला कामपा–३ का वडाध्यक्ष दीपक केसी अहिले नारायण गोपाल संगीत कोषको अध्यक्ष भएर स्वरसम्राटको अन्तिम इच्छालाई साकार बनाउने अभियानमा अगुवाई गर्दै छन् । 

अध्यक्ष केसीले पहिलो कार्यकालमा वडाध्यक्ष हुँदा २०५३ सालमा महाराजगञ्‍जमा नारायण गोपाल चोक नामकरण गरी उनको शालिक निर्माण गरेका थिए । विसं २०७१ देखि कोषमा जोडिनुभएका केसीले ‘गीत गंगाभवन नेपालको सबैभन्दा ठूलो ‘फुल अर्केष्ट्रा’ सहितको स्टुडियो निर्माण हुँदैछ । 

“अस्पतालको श्ययामा रहेका बेला स्वरसम्राटले आफ्नो हात्तिगौँडाको जग्गा बेचेर संगीत विद्यालय खोल्न भनेका  थिए, त्यहाँको जग्गा बेच्‍न नमिलेकाले महाराजगञ्‍जको जग्गालाई राष्ट्रको सम्पति बनाएका छौँ । ‘गीत गंगाभवन नयाँ पुस्ताका लागि संगीतको ज्ञान केन्द्र हो”, अध्यक्ष केसीले भने, “हामीलाई महानगरबाहेक अहिले अन्य सरकारबाट कुनै सहयोग प्राप्त भएको छैन । कोषमा रहेको रु ६० लाखको रकमबाट वार्षिक कार्यक्रम र पुरस्कार सञ्चालन गरिरहेका छौँ ।”

यही मङ्सिर १९ गते नारायण गोपालको ३५औँ स्मृति दिवसका अवसरमा कोषको आयोेजनामा ‘गीत गंगाभवनको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबाट उद्घाटनका साथै स्रष्टा सम्मान र पुरस्कार वितरण कार्यक्रम हुँदैछ । कोषले गायक तथा पूर्वराज्यमन्त्री रामवीर मानन्धर र वरिष्ठ सर्जक बिबी थापालाई सम्मान र जनही रु ५१ हजार राशिको पुरस्कार बालकृष्ण सजीव (रचना), राजु अग्रवाल (संगीत) र दावा ग्याल्मो देवान (गायन) लाई  पुरस्कार प्रदान गरिने जनाएको छ ।

सफल एवं ख्यातिप्राप्त आधुनिक नेपाली गायक नारायण गोपाल गुरूवाचार्यको जन्म विसं १९९६ असोज १८ र मृत्यु विसं २०४७ मङ्सिर १९ भएको थियो । नेपालको पहिलो पुस्ताका गायक नारायण गोपालका एक सय ३७ गीत रेकर्डिङ भएका छन् । उनका ‘बिछोडको पीडा...’, ‘ए कान्छा ठट्टैमा यो वैँश जान लाग्यो...’, ‘जाग, लम्क चम्क हे...’, ‘गल्ती हजार हुन्छन्...’, ‘अल्झेछ क्यारे पछ्यौरी...’, ‘ईश्वर तैँले रचेर फेरि...’, ‘मेरो बेहोसी...’, मुटु माथि ढुंगा राखी...’, ‘मलाई छोडी मेरो छायाँ...’, ‘छोपिएर घामको झुल्का...’, ‘पर्खी बसेँ आउला भनीँ...’ लगायत सयौँ लोकप्रिय गीत छन् ।

गीत र संगीत क्षेत्रका स्थापित व्यक्तित्वहरू लक्ष्मीप्रसाद देवकाटा, प्रेमध्वज प्रधान, रत्नशम्शेर थापा, पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, नातिकाजी, शिवशंकर, चाँदनी शाह, दिनेश अधिकारी, कालिप्रसाद रिजाल, किरण खरेल, शम्भुजीत बाँस्कोटा आदिका सृजनासँग सहकार्य गर्दै नारायण गोपालले नेपाली गीतको आधुनिकतामा विशेष आयाम थपेका हुन् ।


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक  मंगलबार, मंसिर ९, २०८२
 फेस्टिब २०२६मा सरिता र प्रवणको ‘द चेन्ज’
 फेस्टिब २०२६मा सरिता र प्रवणको ‘द चेन्ज’ मंगलबार, मंसिर ९, २०८२
बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन सोमबार, मंसिर ८, २०८२
चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल
चलचित्र विधेयकमाथि सरोकार भएकाहरूबीच छलफल आइतबार, मंसिर ७, २०८२
चलचित्र नृत्य संघ फुटबल कपको उपाधि सोल्टी एफसीलाई
चलचित्र नृत्य संघ फुटबल कपको उपाधि सोल्टी एफसीलाई आइतबार, मंसिर ७, २०८२
चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने आइतबार, मंसिर ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP