Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
कृषि
  • Home
  • कृषि
  • परम्परागत खेती छाडेर व्यावसायिक सुन्तलाखेती गँर्दै
परम्परागत खेती छाडेर व्यावसायिक सुन्तलाखेती गँर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १०, २०८२

बेनी– म्याग्दीको मंगला गाउँपालिका–४ अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् ।  गहुँ, मकै र कोदो बाली लगाउने बारीमा स्थानीयले नगदे बालीका रुपमा सुन्तलाखेतीलाई व्यावसायिक रूपमा अघि बढाएका हुन् । 

उत्पादन भएको सुन्तला बोटबाटै बिक्री हुने र खेती गर्न पनि झन्झटिलो नहुने भएपछि परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेतीलाई अघि बढाइएको स्थानीय योगेन्द्रमान शेरचनले जानकारी दिए । शेरचनले करिब सात रोपनी बारीमा कोदो र मकैखेती छाडेर सुन्तला विस्तार गरेका छन् । चार सय ५० बोट सुन्तला रोप्नुभएकामा अहिले एक सय ५० बोटबाट सुन्तला उत्पादन हुन थालेको उनले बताए । 

सिँचाइको सुविधा नभएको बारीमा अन्नबाली छाडेर सुन्तलाखेती विस्तार गरेपछि आयआर्जनमा टेवा पुग्न थालेको छ । अर्भल्याङ बस्तीका अधिकांश घरपरिवारले सुन्तलाखेती विस्तार गर्न थालेका छन् । अन्नबालीको विकल्पमा सुन्तलाखेती विस्तार गर्न थालेपछि गाउँ नै सुन्तला गाउँका रूपमा विकास हुन थालेको छ । स्थानीय लालमती रोका, प्रासर कँडेल, कलाधर कँडेल, केसमान शेरचन, पदमबहादुर रोका, यामबहादुर रोका, भबिलाल किसान, नन्दलाल विकलगायतले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । 

Hardik health

पछिल्ला केही वर्षयता मात्र गाउँमा करिब दुई हजार नयाँ सुन्तलाका बोट रोपिएको छ । उत्पादन भएको सुन्तलाको बजार अभाव नहुने र बोटबाटै बिक्री हुने सुविधाले सुन्तलाखेतीतर्फ आकर्षण बढाएको छ । स्थानीय अगुवा सुन्तलाखेती किसान लालमती रोकाले आफ्नो बगैँचाका २५० बोटले उत्पादन दिने र थप ८० बोट सुन्तला विस्तार गरेको जानकारी दिए । 

उहाँले यस वर्ष बगैँचामा फलेका सुन्तला खरिदका लागि व्यवसायीले बगैँचामै आएर ठेक्का लिएको दिए । “गत वर्ष हाँगा नै भाचिने गरी सुन्तला फलेको थियो, प्रतिकिलो रु ५५ मा सुन्तला बेचेका थियौँ, यो वर्ष एक क्यारेट सुन्तलालाई रु एक हजार ५०० मा लैजाने समझदारी भएको छ”, उनले भने । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन केही घटेको छ । रोकाको परिवारले गत वर्ष रु चार लाखबराबरको सुन्तला बिक्री गरेका थिए  ।

 यस गाउँमा सुन्तलाखेती विस्तारका लागि किसानले ‘सोलिघोप्टे कृषक समूह’ मा आबद्ध भएर सुन्तलाको व्यावसायिक खेती विस्तारमा लागेका छन् । सुन्तलाखेतीबाट नगद आम्दानी हुने भएपछि उत्साहित बनेर अघि बढेका किसानलाई सुन्तलाका बोट सुक्ने समस्या प्रमुख चुनौती बनेको छ । फल लागेका र नयाँ विस्तार गरेका सुन्तलाका बोट सुक्ने समस्या देखिएको र यसको रोकथाम र उपचारका लागि गाउँपालिकालाई अनुरोध गरिएको स्थानीय किसान प्रासर कँडेलले बताए । 


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ बुधबार, पुस ३०, २०८२
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि बुधबार, पुस ३०, २०८२
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण मंगलबार, पुस २९, २०८२
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै आइतबार, पुस २७, २०८२
टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित
टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित शुक्रबार, पुस २५, २०८२
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP