Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारमाथि मानवीयता हराएको आरोप
सरकारमाथि मानवीयता हराएको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १०, २०७७
mantriparisad-cabinet-singhadarbar-pm_office_vhqhh2x5ra_awswHjWBKJ
Hardik health
लोकराज रुम्दाली काठमाडौं– सरकारमाथि मानवीयता हराएको आरोप लागेको छ । नोबेल कारोना भाइरस (कोभिड–१९) का कारण विदेशमा अलपत्र रहेका नेपालीको उद्धार प्रक्रियामा सरकारको आनाकानी तथा महंगो विमान चार्टर्ड भाडा असुलेर पीडितलाई झन् पीडा दिएपछि सरोकारवालाहरुले सरकारलाई मानवीयता हराएको आरोप लगाएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले कोभिड–१९ को संकटमा नेपालीको उद्धार गर्नुपर्ने बेलामा उनीहरुलाई रोजगारदाता कम्पनीले नै पठाउनुपर्ने अडान लिएर विदेशमा नै अलपत्र पारेको भन्दै यसबाट सरकारको मानवीयता हराएको आरोप लगाएका छन् । मंगलबार प्रभाव दैनिकसँगको कुराकानीमा उनले भने, ‘सरकारले यो महमारीमा विदेशमा रहेका नेपालीको चाँडोभन्दा चाँडो उद्धार गरेर मानवीयता देखाउने पर्ने समय हो । सम्बन्धित निकायले उद्धार गर्ने हो भनेर सरकार दोषारोपणमा उत्रिनु हुँदैन ।’ महामारीभन्दा अन्य समयमा म्यानपावर व्यवसायीले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरेको पनि उनले स्मरण गरे । अहिलेको यो संकटको अवस्थामा म्यानपावर व्यवसायीले उद्धार गर्न सके पनि ढिलो हुने र सरकारले नै उद्धार गर्नुपर्ने आवश्यक्ता रहेको उनले औँल्याए । त्यस्तै, वैदेशिक रोजगारीमा गएका नेपाली संकट अवस्थामा परेको बेला साथ दिने भनेर ०६४ सालमा स्थापना गरिएको वैदेशिक रोजगार बोर्ड (तत्कालीन वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड) ले यो बेला सक्रियता नदेखाएको उनले आरोप लगाएका छन् । ‘वैदेशिक रोजगारीमा गएकाहरु संकटमा परेको बखत उपयोग गर्नकै लागि भनेर उनीहरुबाट कल्याणकारी कोषमा जम्मा गरिएको ५ अर्ब ८० करोड रकम अहिले सदुपयोग गर्ने हो । तर, यो सवालमा बोर्ड सक्रियतापूर्वक लागिपरेको देखिँदैन,’ अगाडि उनले भने, ‘कोषमार्फत नेपालीको उद्धार गरेर मानवीयता देखाउनुपर्ने अवस्थामा सरकार हराएको देखिन्छ ।’ संघका महासचिव सुजितकुमार श्रेष्ठले महामारीको समयमा सरकार कमाउधन्दामा नलाग्न सल्लाह दिँदै उद्धारमा मानवीयता देखाउनुपर्ने बताएका छन् । उद्धारको विषयमा सरकारबाटै महँगो भाडा दर तोकिनुले सरकारको मानवीयतामा खोट लागेको पनि उनले बताए । ‘विदेशमा रहेका नेपालीको उद्धारको विषयमा मन्त्रालयसँग परामर्श भइरहेको छ । आइतबारभित्र मन्त्रालयले उद्धारका लागि नयाँ समिति बनाउने गरी काम भएको छ । र, गठन भएको उक्त समितिले उद्धारका समग्र विषयमा मापदण्ड तयार गर्नेछ,’ उनले भने, ‘हामी विदेशमा रहेका नेपालीको उद्धारमा अहोरात्र खटिरहेका छौँ ।’ अहिले करिब ५ अर्बभन्दा बढी रकम बोर्डको कोषमा कामदारको मात्र नभई व्यवसायीको पनि रकम जम्मा भएको उनले बताएका छन् । नगद धरौटी लगभग ४ अर्ब ३१ करोड, यस वर्षको धरौटीको ब्याज लगभग २९ करोड, लाइसेन्स नवीकरण र वैदेशिक रोजगारमा जानेहरुले बुझाउने दस्तुरसहित सबै रकम त्यहि कल्याणकारी कोषमा जम्मा हुने पनि उनले बताए । यही जम्मा भएको रकमले विदेशमा रहेका नेपालीको उद्धार गर्न सकिने उनले बताए । यसै सन्दर्भमा प्रभाव दैनिकसँगको कुराकानीमा तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सरकारले कोषमा जम्मा भएको रकमले विदेशमा रहेका नेपालीको उद्धार गरेर मानवीयता देखाउनुपर्ने बताएका छन् । विभिन्न खालका संकट निम्तिन्छ भनेरै सरकारबाट खडा गरिएको कोषले उद्धार गर्नुपर्ने र अहिलेको यो घडी सरकारको मानवीयतासँग जोडिएको पनि उनले बताए । ‘कोभिड–१९ कै लागि भनेर सरकारले आर्थिक वर्ष बजेट पनि विनियोजन गरेको छ । तर, कोषकै पैसा उद्धारमा खर्च गर्न सकेको छैन भने यो बजेटको पैसा कसरी सदुपयोग हुन्छ ?’ उनले भने, ‘यस्तै समस्याका लागि भनेर जम्मा गरिएको र छुट्टयाएको रकम खर्च गर्न सकिँदैन भने सरकार छ भन्ने कसरी महसुस गर्ने ?’ साथै, कोषमा जम्मा भएको रकमले नै यो संकटको घडीमा विदेशमा रहेका नेपालीको उद्धार गर्नुपर्ने उनले बताए । कोषमा विदेशमा रहेका नेपालीको उद्धार गर्ने रकम छ तर, किन परिचालन गर्न नसकिएको हो ? भन्ने प्रश्नमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुमन घिमिरेले सर्वाेच्चले उद्धारका लागि आदेश दिएसँगै प्राथमिकताका साथ उद्धारको काम भएको बताएका छन् । उनले भने, ‘१ असारमा योगदानकर्ता र कोषको न्यायपूर्ण प्रयोग गर्न भनी अदालतले दिएको आदेशबमोजिम नै मन्त्रालयले काम कारबाही गरिरहेको छ । भने जसरी सबै काम एकैचोटी कहाँ हुन्छ ? प्रक्रिया र विधिहरु पु¥याएर काम भइरहेका छन् । र, विदेशमा रहेका सबै नेपालीको उद्धार हुन्छ ।’ यसै विषयमा विदेशमा रहेका नेपालीको उद्धारमा कोषमा पुग्दो रकम भए पनि उद्धारमा अमानवीयता किन देखाइएको ? भन्ने प्रश्नमा वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले भावना बगेरभन्दा पनि नियम, कानुनअनुरुप काम गरिएको बताएका छन् । ‘कोही पनि नियम, कानुनविपरीत काम गर्न मिल्दैन । उद्धार होस् या अन्य जुनसुकै विषय होस्, कार्यविधि बनाएर अघि बढ्ने हो भावनामा बगेर हुँदैन,’ उनले भने । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले कोषमा जम्मा गरेको रकमले उनीहरुको उद्धार गर्ने विषयमा छलफल भइरहेको पनि उनले बताएका छन् । कोभिड–१९ शिर्षकमा र कोषको रकम परिचालन गरेर नेपालीको उद्धार गर्ने विषयमा बोर्डले छलफल चलाइरहेको र शुक्रबारसम्म यस विषयमा निक्र्याैल हुने पनि उनले बताए । विदेशमा रहेका नेपालीलाई फर्काएर ल्याउने कोषमा रकम छ तर पनि किन सरकार मौन देखिएको हो ? भन्ने प्रभाव दैनिकको प्रश्नमा त्रिभुवन विश्वविद्यालयका मानवशास्त्र विभागका प्रमुख डा.डम्बर चेम्जोङ कर्मचारीमा मौकामा चौका हान्ने प्रवृत्तिले यस्तो देखिएको बताउँछन् । उनी भन्छन्, ‘म लडेजस्तो गर्छु तँ हानेजस्तो गर भन्ने प्रवृत्ति हाबी हुनु नै भयानक देखिन्छ ।’ महामारीको समयमा मानवीयता देखाउनुपर्ने सरकारले अहिलेसम्म कुनै विपत्तिमा मानवीयता नदेखाएको उनी आरोप लगाउँछन् । यसकारण मानवीय हिसाबले विदेशमा रहेका नेपालीको उद्धार गर्नुपर्ने बताउँदै संकटको बेला कमाउधन्दा चलेको तर व्यवस्थापन पक्ष भने शून्य रहेकाले यस्तो अवस्था सिर्जना भएको उनको आरोप छ । यसकारण यस्तो संकटको बेला समस्या सल्टाउनुको सट्टा सरकारमा रहेका व्यक्तिहरुले मानवीयता देखाउनुको सट्टा मौकामा चौका हानिरहेको उनको ठम्याइ छ ।
प्रकाशित मिति: बुधबार, असार १०, २०७७  ०१:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP