Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  •  पूर्व राष्ट्रपति  निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
 पूर्व राष्ट्रपति  निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ७, २०८२

एएफपी– ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ परेका छन् । ब्राजिलका पूर्व राष्ट्रपति जेयर बोल्सोनारोलाई सर्वोच्च अदालतले उच्च भाग्न–जोखिम ठानी शनिबार फेरि हिरासतमा लिएको हाे ।

सन् २०२२ को चुनावपछि वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भालाई सत्तामा आउन नदिन गरिएको योजनामा २७ वर्षको जेल सजाय पाएका बोल्सोनारो हाल कू–प्रयाससम्बन्धी मुद्दामा अपिल चलिरहेको अवस्थामा नजरबन्दमा रहेका थिए  । अदालतले उनलाई आफ्नो खुट्टामा बाँधिएको निगरानी मोनिटर निष्क्रिय पार्न खोजेको ठहर गर्दै यसलाई भाग्ने प्रयासका रूपमा व्याख्या गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसका अनुसार नजरबन्द एउटा निवारक उपाय भए पनि बोल्सोनारोले यसलाई तोडफोड गर्न खोज्नु गम्भीर उल्लङ्घन हो । अदालतले सार्वजनिक गरेको भिडियोमा बोल्सोनारोले ‘जिज्ञासावश’ मोनिटरमा सोल्डरिङ उपकरण प्रयोग गरेको स्वीकार गर्नुभएको देखिन्छ, जहाँ यन्त्र क्षतिग्रस्त र जलेको देखिए पनि अझै उनको खुट्टामै थियो ।

सन् २०१९ देखि २०२२ सम्म देश चलाएका ७० वर्षीय पूर्व नेतालाई गत अगस्टदेखि ब्रासिलियास्थित एक उच्चस्तरीय कन्डोमिनियमभित्र सीमित गरिएको थियो । न्यायाधीश मोरेसले शनिबार बोलाइएको फ्लेभियो बोल्सोनारोको ‘जागरण’ कार्यक्रमले अशान्ति निम्त्याइ बोल्सोनारोको भाग्ने सम्भावनालाई बढाउन सक्ने बताउनुभयो । फ्लेभियोले समर्थकहरूलाई ‘आफ्नो देशका लागि लड्न’ आह्वान गरेको र सोही कारण वातावरण थप संवेदनशील बनेको उल्लेख गरिएको छ । मोरेसले बोल्सोनारोका कानूनी प्रतिनिधिहरूलाई २४ घण्टाभित्र घटनाबारे व्याख्या पेश गर्न निर्देशन दिएका छन्  ।

Hardik health

बोल्सोनारोको घर अमेरिकी दूतावास नजिक रहेको उल्लेख गर्दै न्यायाधीशले उनले राजनीतिक शरण खोज्ने जोखिम बढेको चेतावनी पनि दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने बोल्सोनारोको मुद्दालाई ट्रम्पले ‘विच हन्ट’ (राजनीतिक प्रतिशोध) भनेको छ र पछिल्लो घटनालाई ‘धेरै खराब’भन्दै प्रतिक्रिया दिएका छन् ।

बोल्सोनारोलाई शनिबारै ब्रासिलियाको संघीय प्रहरी मुख्यालय पुर्‍याइयो । त्यहाँ कैदीहरूलाई जेल पठाउनुअघि मेडिकल परीक्षण गरिन्छ । एक स्रोतले उपलब्ध गराएको भिडियोमा टेलिभिजन, सानो फ्रिज र वातानुकूलनसहितको कक्षमा बोल्सोनारो राखिएको देखिन्छ ।प्रहरी मुख्यालय बाहिर विरोध र समर्थन दुवै देखिएको थियो । केही महिलाले उनी पक्राउ परेको खुशीमा वाइन खोलेर उत्सव मनाएका थिए । ४७ वर्षीया दर्शनशास्त्रकी शिक्षिका एना डेनिस सौसाले बोल्सोनारोले विगतमा देश बिगारेको आरोप लगाउँदै अहिले न्यायको समयमा पुगेको बताए  । विपरीत रूपमा, पूर्व राष्ट्रपति समर्थकहरूले यसलाई ‘राजनीतिक उत्पीडन’ को संज्ञा दिए ।

बोल्सोनारोको कानूनी संकटले ब्राजिलको ठूलो दक्षिणपन्थी मतदातालाई सन् २०२६ को राष्ट्रपति चुनावअघि नेतृत्वविहीन बनाएको छ । ८० वर्षीय लुलाले अर्काे कार्यकाल खोज्ने घोषणा गरिसक्नुभएको छ । बोल्सोनारोका वकिलहरूले निर्बल स्वास्थ्यका कारण निरन्तर नजरबन्दले ‘जीवन जोखिममा पर्न सक्ने’ भन्दै अपिल गर्ने तयारी जनाएको छ । सन् २०१८ मा निर्वाचन प्रचारक्रममा पेटमा छुरा प्रहारबाट घाइते भएपछि उहाँले लगातार स्वास्थ्य समस्या भोग्दै आएका छन् ।

राष्ट्रपतित्वकालमा बोल्सोनारोलाई आर्थिक नीतिका लागि केही प्रशंसा मिले पनि अमेजन वन विनाशको वृद्धि र कोभिड–१९ लाई ‘सानो फ्लु’ भन्दै खारेज गरेकोमा व्यापक आलोचना भएको थियो । यसै वर्ष सेप्टेम्बरमा उनलाई एक आपराधिक संगठनको नेतृत्व गर्दै सत्ता कब्जा गर्ने षड्यन्त्र र विपक्षी नेता लुला, उपराष्ट्रपति गेराल्डो अल्कमिन तथा न्यायाधीश मोरेसको हत्या योजनामा संलग्न भएको अभियोगमा दोषी ठहर गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP