Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
विश्व
  • Home
  • विश्व
  •  पूर्व राष्ट्रपति  निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
 पूर्व राष्ट्रपति  निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ७, २०८२

एएफपी– ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ परेका छन् । ब्राजिलका पूर्व राष्ट्रपति जेयर बोल्सोनारोलाई सर्वोच्च अदालतले उच्च भाग्न–जोखिम ठानी शनिबार फेरि हिरासतमा लिएको हाे ।

सन् २०२२ को चुनावपछि वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भालाई सत्तामा आउन नदिन गरिएको योजनामा २७ वर्षको जेल सजाय पाएका बोल्सोनारो हाल कू–प्रयाससम्बन्धी मुद्दामा अपिल चलिरहेको अवस्थामा नजरबन्दमा रहेका थिए  । अदालतले उनलाई आफ्नो खुट्टामा बाँधिएको निगरानी मोनिटर निष्क्रिय पार्न खोजेको ठहर गर्दै यसलाई भाग्ने प्रयासका रूपमा व्याख्या गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसका अनुसार नजरबन्द एउटा निवारक उपाय भए पनि बोल्सोनारोले यसलाई तोडफोड गर्न खोज्नु गम्भीर उल्लङ्घन हो । अदालतले सार्वजनिक गरेको भिडियोमा बोल्सोनारोले ‘जिज्ञासावश’ मोनिटरमा सोल्डरिङ उपकरण प्रयोग गरेको स्वीकार गर्नुभएको देखिन्छ, जहाँ यन्त्र क्षतिग्रस्त र जलेको देखिए पनि अझै उनको खुट्टामै थियो ।

सन् २०१९ देखि २०२२ सम्म देश चलाएका ७० वर्षीय पूर्व नेतालाई गत अगस्टदेखि ब्रासिलियास्थित एक उच्चस्तरीय कन्डोमिनियमभित्र सीमित गरिएको थियो । न्यायाधीश मोरेसले शनिबार बोलाइएको फ्लेभियो बोल्सोनारोको ‘जागरण’ कार्यक्रमले अशान्ति निम्त्याइ बोल्सोनारोको भाग्ने सम्भावनालाई बढाउन सक्ने बताउनुभयो । फ्लेभियोले समर्थकहरूलाई ‘आफ्नो देशका लागि लड्न’ आह्वान गरेको र सोही कारण वातावरण थप संवेदनशील बनेको उल्लेख गरिएको छ । मोरेसले बोल्सोनारोका कानूनी प्रतिनिधिहरूलाई २४ घण्टाभित्र घटनाबारे व्याख्या पेश गर्न निर्देशन दिएका छन्  ।

Hardik health

बोल्सोनारोको घर अमेरिकी दूतावास नजिक रहेको उल्लेख गर्दै न्यायाधीशले उनले राजनीतिक शरण खोज्ने जोखिम बढेको चेतावनी पनि दिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने बोल्सोनारोको मुद्दालाई ट्रम्पले ‘विच हन्ट’ (राजनीतिक प्रतिशोध) भनेको छ र पछिल्लो घटनालाई ‘धेरै खराब’भन्दै प्रतिक्रिया दिएका छन् ।

बोल्सोनारोलाई शनिबारै ब्रासिलियाको संघीय प्रहरी मुख्यालय पुर्‍याइयो । त्यहाँ कैदीहरूलाई जेल पठाउनुअघि मेडिकल परीक्षण गरिन्छ । एक स्रोतले उपलब्ध गराएको भिडियोमा टेलिभिजन, सानो फ्रिज र वातानुकूलनसहितको कक्षमा बोल्सोनारो राखिएको देखिन्छ ।प्रहरी मुख्यालय बाहिर विरोध र समर्थन दुवै देखिएको थियो । केही महिलाले उनी पक्राउ परेको खुशीमा वाइन खोलेर उत्सव मनाएका थिए । ४७ वर्षीया दर्शनशास्त्रकी शिक्षिका एना डेनिस सौसाले बोल्सोनारोले विगतमा देश बिगारेको आरोप लगाउँदै अहिले न्यायको समयमा पुगेको बताए  । विपरीत रूपमा, पूर्व राष्ट्रपति समर्थकहरूले यसलाई ‘राजनीतिक उत्पीडन’ को संज्ञा दिए ।

बोल्सोनारोको कानूनी संकटले ब्राजिलको ठूलो दक्षिणपन्थी मतदातालाई सन् २०२६ को राष्ट्रपति चुनावअघि नेतृत्वविहीन बनाएको छ । ८० वर्षीय लुलाले अर्काे कार्यकाल खोज्ने घोषणा गरिसक्नुभएको छ । बोल्सोनारोका वकिलहरूले निर्बल स्वास्थ्यका कारण निरन्तर नजरबन्दले ‘जीवन जोखिममा पर्न सक्ने’ भन्दै अपिल गर्ने तयारी जनाएको छ । सन् २०१८ मा निर्वाचन प्रचारक्रममा पेटमा छुरा प्रहारबाट घाइते भएपछि उहाँले लगातार स्वास्थ्य समस्या भोग्दै आएका छन् ।

राष्ट्रपतित्वकालमा बोल्सोनारोलाई आर्थिक नीतिका लागि केही प्रशंसा मिले पनि अमेजन वन विनाशको वृद्धि र कोभिड–१९ लाई ‘सानो फ्लु’ भन्दै खारेज गरेकोमा व्यापक आलोचना भएको थियो । यसै वर्ष सेप्टेम्बरमा उनलाई एक आपराधिक संगठनको नेतृत्व गर्दै सत्ता कब्जा गर्ने षड्यन्त्र र विपक्षी नेता लुला, उपराष्ट्रपति गेराल्डो अल्कमिन तथा न्यायाधीश मोरेसको हत्या योजनामा संलग्न भएको अभियोगमा दोषी ठहर गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
एआई पहलमा भारतलाई अमेरिकी निम्तो
एआई पहलमा भारतलाई अमेरिकी निम्तो सोमबार, पुस २८, २०८२
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का सोमबार, पुस २८, २०८२
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP