Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • थाइल्यान्डमा नाटक मञ्‍चनपछि मिस मेक्सिको विजयी
थाइल्यान्डमा नाटक मञ्‍चनपछि मिस मेक्सिको विजयी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ५, २०८२

एएफपी– थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गरिन् । अन्तिम चरण अघि नै आयोजकसँगको विवाद, नाटकीय गल्तीहरू र मञ्‍चिय घटनाक्रमहरूले वातावरण तनावपूर्ण बनेको अवस्थामा उनी विजयी भएकी हुन् ।

आइभोरी कोस्ट, फिलिपिन्स, थाइल्यान्ड र भेनेजुएलाका सुन्दरीहरू सहित १२० भन्दा बढी प्रतिस्पर्धीमध्येबाट छनोट भएकामध्ये बोश अन्तिम चरणसम्म पुगेकी थिइन् । तर उनले ताज पहिरिनु अघि नै प्रतियोगिता अराजकता र आरोप–प्रत्यारोपले भरिएको थियो- उनको बुद्धिको अपमान, निर्णायकहरूको राजीनामा र केही सहभागी मञ्‍चमा वा बाहिर लडेकोजस्ता घटना निरन्तर सार्वजनिक भइरहे ।

यस महिना एक बैठकका क्रममा मिस युनिभर्स थाइल्यान्डका निर्देशक नवाट इतसाराग्रिसिलले सामाजिक सञ्‍जालमा प्रचार सामग्री पर्याप्त रूपमा पोस्ट नगरेको भन्दै मिस मेक्सिकोमाथि तीव्र आलोचना गरेका थिए  । विवाद चर्किएपछि लाइभ स्ट्रिम भइरहेका बेला नै बोश कसैसँग केही नबोली नाटकीय रूपमा बैठकबाट बाहिरिएका थिए  । सुरक्षाकर्मीलाई बोलाइएको समयमा मिस इराक उनलाई घेर्न पुगेर वातावरण झनै तनावपूर्ण देखिएको थियो ।

अन्य केही प्रतिस्पर्धीले पनि बोशलाई समर्थन जनाउँदै आयोजकको व्यवहार सम्मानजनक नभएको टिप्पणी गरेका थिए । “आफ्नो निर्देशकबाट यस्तो अनादर सहनु पर्दा दुःख लागेको छ, उनले मलाई मूर्ख भने”, बोशले पत्रकारहरूलाई भनेका थिए, “हामी सक्षम महिलाहरू हौँ, यो हाम्रो आवाज उठाउने मञ्‍च हो, विश्‍वले यो देख्‍नैपर्छ ।”

Hardik health

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले घटना सार्वजनिक भएपछि बोशको खुलेरै प्रशंसा गर्दै उनलाई ‘महिलाहरूले आत्मविश्वासपूर्वक बोल्नुपर्ने उदाहरण’ भनेर प्रशंसा गरेका थिए  । “सार्वजनिक कार्यक्रममा महिलाहरू बोल्दा उनीहरू झन् सुन्दर देखिन्छन् । त्यसैले मेरो समर्थन यी युवतीलाई नै हो”, राष्ट्रपति सेनबामले भनेका थिए  ।

नवाटले पछि माफी मागे पनि प्रतियोगिताका दिन पत्रकारहरूले सोध्दा उनले सुरुआतमा टिप्पणी गर्न अस्वीकार गर्दै ‘अब यसबारे प्रशंसकहरूले नै चर्चा गरून्, म परिणामको सम्मान गर्छु’ भने । तर त्यही पत्रकार सम्मेलनमा पछि उनले बोशलाई बधाई पनि दिए ।

मेक्सिकोमा बोशको पक्षमा चर्को उत्साह देखिएको थियो । सामाजिक सञ्‍चार भरिएका थिए, समाचारमाध्यमले निरन्तर कभरेज दिएका थिए र भिलाहेरमोसामा रहेको उको गृहनगरमा हजारौँ मानिस बेसबल स्टेडियममा भेला भई प्रत्यक्ष प्रसारण हेरेका थिए । बोशले ताज पहिरिँदा आतशबाजीसँगै ‘मेक्सिको, मेक्सिको!’ भन्दै भीड उत्साहित भएको स्थानीय मिडियाले जनाएको छ ।

प्रतियोगिताको अन्तिम चरणमा पुगुञ्जेल पनि नाटक थामिएन । दुई निर्णायकले राजीनामा दिंदै गैर–आधिकारिक र ‘गोप्य तथा अवैध मतदान’ भएको आरोप लगाइदिए । फ्रान्सेली संगीतकार ओमार हार्फचले इन्स्टाग्राममार्फत आधिकारिक प्यानलका सदस्य नभएकाहरूले मतदान गरेको दाबी गरेका थिए । मिस युनिभर्स संगठनले भने यस्तो कुनै ‘आकस्मिक निर्णायक मण्डल’ गठन नभएको भन्दै आरोप अस्वीकार गर्‍यो । पूर्व फुटबलर क्लाउड मेकले पनि ‘अप्रत्याशित व्यक्तिगत कारण’ बताउँदै जूरीबाट राजीनामा दिएका थिए ।

प्रतियोगिताका क्रममा मिस ब्रिटेन डेनियल ल्याटिमर ककनी चरित्र एलिजा डुलिटलबाट प्रेरित पोशाकमा स्टेजमै लडेका थिए । त्यस्तै, मिस जमैका ग्याब्रिएल हेनरी साँझको गाउन राउन्डका क्रममा मुख्य मञ्‍चबाट खसे‍का थिए । मिस युनिभर्स अर्गनाइजेसनका अध्यक्ष राउल रोचाका अनुसार उनलाई अस्पतालमा लैजाँदा गम्भीर चोट भने लागेको थिएन । मिस युनिभर्स जमैकाका जनसम्पर्क निर्देशक श्यानन–डेल रिडका अनुसार हेनरी ‘मेडिकल निगरानीमा आराम गरिरहनु भएको’ र उनको अवस्था स्थिर रहेको छ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP