Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #दुर्गा प्रसाईं
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #केपी शर्मा ओली
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • नेपाल–नर्वेको सहकार्य निरन्तर हुने
नेपाल–नर्वेको सहकार्य निरन्तर हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ५, २०८२

कर्णाली-  नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुने बताएकी छन्  ।मध्यपश्चिम विश्वविद्यालयद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘खुला संसद् र नागरिक सहभागितासम्बन्धी अन्तरसंवाद’ कार्यक्रममा राजदूत म्योसले दुई देशबीच शैक्षिक विकासमा हुने सहकार्यले थप उचाइ प्राप्त गर्ने बताइन् ।

उनले भनिन्, “मध्यपश्चिम विश्वविद्यालयको समावेशी शिक्षा प्रवर्द्धनमा सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि स्नातक र स्नातकोत्तर तहका कार्यक्रममा सहयोगलाई निरन्तरता दिनेछौँ ।” शिक्षा क्षेत्रमा विश्वभर विश्वसनीय विकास साझेदारका रूपमा परिचित नर्वेली राजदूत म्योससहित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सम्बद्ध टोलीले मध्यपश्चिम विश्वविद्यालय परिवारसँग पहिलोपटक अन्तरसंवाद गर्न पाउँदा खुसी लागेको बताएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले उच्च शिक्षा विकासका लागि अनुसन्धान तथा क्षमता विकासमा नर्वेजियन कार्यक्रम (नोरहेड–दोस्रो) अन्तर्गत सञ्चालित बिल्डिङ इन्क्लुसिभ एजुकेसन इन नेपाल (बीआइईपिएन) परियोजनाबाट प्राप्त उपलब्धि र प्रभावप्रति उच्च प्रशंसा व्यक्त गरे । ओस्लोमेट–ओस्लो मेट्रोपोलिटन विश्वविद्यालयको नेतृत्वमा इनल्यान्ड नर्वे युनिभर्सिटी अफ एप्लाइड साइन्सेज, त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको साझेदारीमा अघि बढाइएको यो प्रमुख परियोजनाले समावेशी शिक्षा तथा विशेष शिक्षाका क्षेत्रमा शैक्षिक र संस्थागत क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको उपकुलपति प्रा डा गौतमले बताए।
 
उनले भने, “यस साझेदारीले प्रमाण–आधारित शिक्षण, उच्च गुणस्तरीय अनुसन्धान र नीतिगत पैरवीमा विश्वविद्यालयको आधारलाई उल्लेखनीय रूपमा सुदृढ गरेको छ । परियोजनाले समावेशी शिक्षामा दक्ष, सक्षम र दिगो प्रभाव पार्ने जनशक्ति उत्पादन गर्ने मजबुत संरचना तयार गरेको छ ।” समावेशी र समान शिक्षा सुनिश्चित गर्न दिगो विकास लक्ष्य ४ र १० सँग मेल खाने अन्तरराष्ट्रिय सहकार्यलाई उपकुलपति प्रा डा गौतमले उत्कृष्ट नमूनाका रूपमा प्रस्तुत गरे।

Hardik health

मध्यपश्चिम विश्वविद्यालयले २०२६ मा अन्तरराष्ट्रिय समावेशी शिक्षा सम्मेलन आयोजना गर्ने तयारीका साथै नर्वेजियन साझेदारहरूसँग संयुक्त परियोजना तथा शैक्षिक आदानप्रदानका नयाँ सम्भावना खोज्न इच्छुक रहेको उनको भनाइ थियो । उपकुलपति प्रा डा गौतमले नेपाल र नर्वेबीचको सम्बन्ध मित्रता एवं सहयोगपूर्ण र परस्पर सम्मानमा आधारित भएको बताउँदै मानव विकास सूचकाङ्कका हिसाबले निकै पछि परेको कर्णालीको उच्च शिक्षा विकासमा मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेलेको जनाए।

सन् १९७३ मा दुई मुलुकबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नर्वे नेपालका लागि शिक्षा, मानवअधिकार, ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गर्दै आएको एक विश्वासिलो विकास साझेदार देश भएकाले पनि नर्वेली राजदूत म्योसले विश्वविद्यालयसँग गरेको अन्तरसंवादलाई अर्थपूर्ण रूपमा लिएको नोरहेड–दोस्रो परियोजना संयोजक एवं मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा विष्णुकुमार खड्का जानकारी दिए ।
 
उक्त अन्तरसंवाद कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाखर कँडेल, अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त जानकारी, यसले सञ्चालन गर्दै आएका कार्यक्रम तथा शैक्षिक उपलब्धिका बारेमा प्रस्तुति राखेका थिए ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण
बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण बिहीबार, मंसिर ४, २०८२
नगरपालिकाभित्रकै विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी !
नगरपालिकाभित्रकै विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी ! मंगलबार, मंसिर २, २०८२
शैक्षिक परामर्शदाता संस्थाहरूलाई नवीकरणका लागि ताकेता
शैक्षिक परामर्शदाता संस्थाहरूलाई नवीकरणका लागि ताकेता मंगलबार, मंसिर २, २०८२
पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा
पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा आइतबार, कात्तिक ३०, २०८२
गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित
गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित शुक्रबार, कात्तिक २८, २०८२
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ शुक्रबार, कात्तिक २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP