Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपालीको उद्धारमा सरकार र अदालत दुवै गलतः महानिर्देशक दाहाल
नेपालीको उद्धारमा सरकार र अदालत दुवै गलतः महानिर्देशक दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ५, २०७७
Kumar Dahal
Hardik health
काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले विदेशमा रहेका नेपालीको उद्धारमा सरकार र अदालत दुवै गलत भएको बताएका छन् । बिहीबार संसद्को उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता समितिको बैठकमा विदेशमा रहेका नेपालीको उद्धार सम्बन्धित कम्पनीले नै गर्नुपर्ने भन्दै सरकारले सशुल्क उद्धार गर्ने र सर्वोच्चले निःशुल्क गर्नुपर्ने दुवै निर्णय गलत भएको बताए । खाडी मुलुकलगायत अन्य देशमा रहेका श्रमिकहरु कोभिड–१९ को महामारीमा परी फर्काउँदा लाग्ने भाडा खर्च तिराउने सरकारको निर्णय र सरकारले नै उद्धार गरेर ल्याउनुपर्छ भन्ने अदालतको आदेश दुवै गलत देखिएको उनले सांसदहरुलाई भनेका छन् । बैठकमा सांसद्हरुलाई यस विषयमा जवाफ दि“दै उनले भनेका छन्, ‘हुन त नेपाल सरकारले गरेका निर्णयहरूमा मैले बीचमा बोल्ने कुरा त आउ“दैन तर नीतिगत कुरा मात्र स्पष्ट गर्न खोजेको जो यहाँबाट श्रम स्विकृति लिएर गएका छन्, उनीहरुलाई यहाँसम्म ल्याइदिने काम भनेको सम्बन्धित कम्पनीकै हो ।’ यस अगाडि उनले भने, ‘सम्बन्धित देशले एयरपोर्टसम्म पु¥याइदिन्छु भनेकै छन्, त्यहाँ फेरि भाडाको कुरा कसरी उठ्यो ? र, बीचमा आएर हिजो अदालतले यसबारे फैसला ग¥यो, त्यो फैसला कहा“बाट आयो ?’ बैठकमा सरकार र अदालत दुवैको निर्णयमाथि उनले प्रश्न उठाएका छन् । विदेशमा रहेका नेपालीको उद्धारमा यहाँबाटै विमान पठाएर भाडा उठाएर ल्याउने विषयमा श्रमसम्बन्धि प्रोटोकलविरूद्ध हुने पनि उनले स्पष्ट पारेका छन् । उनले भने, ‘कामदारहरूलाई नेपाल ल्याउनका लागि यदि कसैले बिजनेस नखोज्ने हो भने सम्भव छ । र, त्यो सम्बन्धित देशकै जिम्मेवारी हो । यसका लागि ठूला–ठूला प्रोटोकलहरू हामीसँ“ग छन् । यो प्रोटोकललाई उल्लंघन गरेर हामीले यस्तो प्लेन पठाउँछौँ भन्न मिल्दैन ।’ कोभिड–१९ का कारण समस्या परी फर्कनेहरुका लागि सरकारले चार्टर्ड उडानको न्यूनतम भाडा दर तोक्यो तर, भाडा दर अत्याधिक भएको भन्दै सर्वत्र विरोध भएपछि भाडा दर घटाइएको थियो । त्यसो त वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा श्रमिकहरुले जम्मा गरेको ६ अर्ब रुपैयाँ रकमले नै उनीहरुको उद्धार सम्भव रहेको भन्दै सरकारविरुद्ध अदालतमा मुद्धा हालिएको थियो । अधिवक्ताहरु वरुण घिमिरे, प्रवीण सुवेदी, अनुराग देवकोटा र विनय रिमालले अदालतमा मुद्धा दायर गरेका हुन् । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले कोषबाटै नेपालीको उद्धार गर्नुपर्ने आदेश दिएको थियो । आदेशमा भनिएको छ, ‘श्रम स्विकृति लिई वैदेशिक रोजगारीमा गएका, करारको अवधि नपुगी फर्कनुपर्ने अवस्थामा रहेका तथा गन्तव्य मुलुक वा रोजगारदाताबाट हवाइ टिकट प्राप्त गर्न नसक्ने अवस्थामा रहेकामध्ये आफ्नो खर्चमा फर्कन नसक्नेलाई उद्धार गर्ने दायित्व राज्यको हुनेछ ।’ देशको अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ने श्रमिकहरुको उद्धार र घरसम्म पु¥याउने जिम्मा सरकारको भएको अदालतको आदेशमा भनिएको छ । तर, सरकार र सर्वोच्च अदालतका यी दुवै निर्णय गलत भएको भन्दै यसबारे महानिर्देशक दाहालले संसदीय समितिमा प्रश्न उठाएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  ०५:३९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP