Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अदालतको आदेश प्राथमिकतामाः श्रम मन्त्रालय
अदालतको आदेश प्राथमिकतामाः श्रम मन्त्रालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ५, २०७७
MOLESS
Hardik health
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सर्वोच्च अदालतले नेपालीको उद्धार गर्न दिएको आदेश प्राथमिकताका साथ कार्यान्वयन गरेको जनाएको छ । बिहीबार विदेशमा अलपत्र परेका कामदारको उद्धार गर्ने सम्बन्धमा विज्ञप्ति जारी गर्दै मन्त्रालयले अदालतको आदेश पालना गरेको जनाएको हो । नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश, ०७७ को दफा ७ को (ग) मा ‘भारतबाहेक अन्य मुलुकबाट आउनेले हवाइ उडान खर्च र होटल क्वारेन्टिन खर्चलगायत सम्पूर्ण खर्च आफै“ले व्यहोर्नु पर्नेछ । तर, सम्बन्धित श्रम गन्तव्य मुलुकले वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले हवाइ उडान, यातायात, होटल क्वारेन्टिनलगायत खर्चमध्ये केही वा सबै खर्च ब्यहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित ब्यक्तिले ब्यहोर्नु’ भन्ने उल्लेख छ । तर, यही ब्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सरकारले कल्याणकारी कोषमा जम्मा भएको श्रमिककै रकमले उद्धार सम्भव भएको भन्दै परेको रिटको मंगलबार फैसला सुनाइएको थियो । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुया“लको इजलासले कोषबाटै नेपालीको उद्धार गर्नुपर्ने आदेश दिएको थियो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा सर्वाेच्च अदालतको उक्त आदेश प्राथमिकताका साथ मन्त्रालयले कार्यान्वयन गरेको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्वदेश फिर्ती र उद्धारका लागि कार्यविधि निर्माणको प्रक्रिया प्रारम्भ भइसकेको र कूटनीतिक नियोगमा कार्यान्वयन एवं समन्वयका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोधसमेत गरिसकिएको छ ।’ मंगलबार अदालतले श्रम स्विकृती लिई वैदेशिक रोजगारीमा गएका, करारको अवधि नपुगी फर्कनु पर्ने अवस्थामा रहेका, गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न नसक्ने अवस्थामा रहेका ब्यक्तिहरुको पहिचान गरी सरकारले कोषबाटै नेपालीको उद्धार गर्नुपर्ने अन्तरिम आदेश दिएको थियो । त्यस्तै, स्वदेश आउन चाहनेहरुको हकमा एक कार्यविधि बनाई कोषको न्यायपूर्ण प्रयोगमार्फत उद्धार प्रक्रिया थाल्न अदालतको आदेशमा भनिएको छ । रोजगारको प्रकृति, आयस्रोत समेतका कारण आफ्नो खर्चमा फर्कन नसक्ने अवस्थामा रहेका र कूटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने आदेशमा उल्लेख छ । यी सबै अदालतको आदेश प्राथमिकताका साथ कार्यान्वयन गर्न कार्यविधि निर्माणको प्रक्रिया प्रारम्भ भइसकेको र यस विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकिएको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन, विश्व स्वास्थ्य संगठनसमेतका मार्गदर्शनहरु र युनाइटेड नेसन्स नेटवर्क अर्गनाइजेसनको कुरालाई मध्यनजर गर्दै विदेशमा रहेका नेपालीको सुरक्षाका लागि कूटनीतिक नियोगमार्फत कार्यान्वयन हुने पनि विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  ०५:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP