Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • किएभमा रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते
किएभमा रूसी आक्रमण, एकको मृत्यु, दर्जनौँ घाइते
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २८, २०८२

एएफपी- युक्रेनी राजधानी किएभ शुक्रबार बिहान ‘ठूलो’ आक्रमणको सिकार बनेको किएभका मेयरले जानकारी दिएका छन् ।एएफपीका पत्रकारहरूले सहरको केन्द्रमा शक्तिशाली विस्फोटहरू सुनेलगत्तै गरिएको प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भइसकेको छ भने कम्तीमा १५ जना घाइते भएका छन् ।

सन् २०२२ मा युक्रेनमाथि पूर्ण सैन्य आक्रमण आरम्भ गरेयता मस्कोले हाल विशेषगरी ऊर्जा संरचना, रेल प्रणाली तथा आवासीय क्षेत्रहरूमा आक्रमण तीव्र पार्दै आएको छ । शुक्रबार बिहानको आक्रमणमा मिसाइल तथा ड्रोनहरूले किएभको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरिएको किएभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख माइकोला कलास्निकले बताए।

मेयर भिटाली क्लिट्स्कोले आक्रमणलाई ‘ठूलो शत्रु आक्रमण’ भन्दै हवाई रक्षा प्रणाली पूर्ण सक्रिय रहेको जानकारी दिए । युक्रेनी आपतकालीन सेवाले आगलागी र विनाशबाट ‘४० भन्दा बढी नागरिकको उद्धार गरिएको’ बताउँदै एक जनाको मृत्यु र अन्य धेरै घाइते भएको पुष्टि गरेको छ ।

यसअघि मेयरले किएभका १० मध्ये आठ जिल्लामा भवनहरूमा क्षति तथा आगलागी भएको उल्लेख गर्नुभएको थियो । मेडिकल आपतकालीन टोलीहरू ती सबै क्षेत्रमा तैनाथ छन् । घाइतेमध्ये एक गर्भवती तथा एक पुरुषको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ । 

Hardik health

उत्तर–पूर्वी डेस्न्यान्स्की जिल्लाका केही भवनहरू तातोपानी सेवा अभावमा रहेको उल्लेख गर्दै मेयरले ‘तताउने सञ्जालका केही भागहरू क्षतिग्रस्त भएको’ बताउनुभएको छ । विद्युत् तथा पानी आपूर्तिमा समेत अवरोध हुनसक्ने चेतावनी दिइएको छ । एएफपीका पत्रकारहरूले सहरभरि एन्टी–मिसाइल प्रणाली सक्रिय रूपमा चलिरहेको र ड्रोन रोक्न ट्रेसर बुलेटहरू प्रहार भइरहेका दृश्य प्रत्यक्ष रूपमा अवलोकन गरेका छन् । किएभका सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले सामाजिक सञ्जालमार्फत ‘रूसी आक्रमणले आवासीय भवनहरू व्यापक रूपमा क्षतिग्रस्त बनाइरहेको’ उल्लेख गर्दै लगभग सबै जिल्लामा बहुतले भवनहरूमा क्षति पुगेको बताए ।

बढ्दो अन्तर्राष्ट्रिय दबाबबीच आक्रमण

पश्चिमी सहयोगी राष्ट्रहरूले मस्कोमाथि दबाब बढाइरहेका बेला किएभमाथिको यो तीव्र आक्रमण भएको हो । बुधबार क्यानाडाले रूसी ड्रोन तथा ऊर्जा उत्पादन क्षमतामा असर पार्ने, साथै साइबर आक्रमणका लागि प्रयोग हुने संरचनाहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरू घोषणा गरेको थियो । सोही दिन जी–७ विदेशमन्त्रीहरूले युक्रेनको क्षेत्रीय अखण्डताप्रति ‘अटुट समर्थन’ व्यक्त गर्दै तत्काल युद्धविरामको माग गरेका थिए ।

युरोपेली आयोगले पनि रुसको फ्रिज गरिएको सम्पत्तिको अंश प्रयोग गरी आगामी दुई वर्षका लागि युक्रेनलाई बजेट तथा सैनिक सहायता स्वरूप ऋण उपलब्ध गराउने सम्भावनामा विचार भइरहेको जनाएको छ ।तर करिब चार वर्षदेखिको युद्धको अवस्थाबीच दुवै पक्षले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम तथा लामो समयदेखि रोकिएको शान्ति–सम्झौता पुनर्जीवित गर्ने प्रयासलाई अस्वीकार गरिरहेका छन् ।

यसैबीच रूसी सेनाले पूर्वी युक्रेनका डोनेट्स्क तथा लुगान्स्क क्षेत्रमा नियन्त्रण विस्तार गर्ने प्रयास जारी राखेको छ । मस्कोले सोमबार फराकिलो फ्रन्टलाइनमा थप तीन गाउँ कब्जा गरेको दाबी गरेको छ । श्रमशक्ति तथा उपकरण क्षमतामा फाइदा रहेको रूसले ती क्षेत्रमा निरन्तर दबाब बनाइरहेको बताइन्छ । विशेषज्ञहरूका अनुसार ऊर्जा पूर्वाधारमाथि भइरहेको पछिल्लो रूसी आक्रमणले जाडो महिनाअघि युक्रेनलाई तातोपानी तथा ऊर्जा आपूर्तिमा गम्भीर जोखिममा पारेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP