Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
विचार
  • Home
  • विचार
  • खेमराज पोखरेललाई सम्झदा
खेमराज पोखरेललाई सम्झदा
 नारद पोखरल, लेखक तथा साहित्यकार
 नारद पोखरल, लेखक तथा साहित्यकार बिहीबार, कात्तिक २७, २०८२

समाजमा धेरै थरिका मानिस हुन्छन् । राम्रो मान्छे विरलै भेटिन्छन् । तिनै राम्रो मध्येका एक सामाजिक पात्र बन्नुभयो खेमराज पोखरेल । मेरो उहासँग २०३२ साल देखि २०४६ सम्म जम्मा १४ वर्ष बाक्लै सम्पर्क रह्यो । त्यसपछिका दिनहरूमा भने कहिलेकाहीँ गाउँ फर्किदा र सामाजिक कार्यक्रममा यदाकदा देखभेट हुने गथ्र्यो । त्यस्तो भेटघाटले खासै महत्व राख्दैनथियो, औपचारिकतामा मात्र सिमित हुन्थ्यो । 

मैले यहाँनेर इनरुवामा बिताएको १४ वर्षको लामो सम्बन्धले उहाँको बारेमा केही चित्रण गर्ने जमर्को गरेको छु । खेमराज पोखरेल अगुवा सामाजिक व्यक्तित्व त हुनुहुन्थ्यो नै, समाजमा अमन चयन तथा सुव्यवस्थाको लागि दिनरात नभनी लागि पर्नुहुन्थ्यो । शिक्षाले नै प्रगतिको ढोका खोल्छ भन्ने प्रवल मान्यतामा अटल हुनुहुन्थ्यो । जसबाट हाम्रो गाउँमा शिक्षाको विकासमा उहाँको पु¥याएको योगदान सदा सर्वदा अविस्मरणीय बनेको छ । जहाँ अन्याय व्याप्त छ । त्यहाँ अभिलम्ब न्याय निरूपण हुनुपर्छ भन्ने दृढ अठोट थियो उहाँमा । यसरी सामाजिक न्यायको निम्ति अग्रभागमा रहेर काम गरेका कयौँ दृष्टान्त छन् जुन यो सानो अभिलेखमा समेट्न सम्भव भएन । 

२०३२ साल असारतिर हुनुपर्छ । मिति यकिन ठम्याउन सकिन । एकाबिहानै खेमराज पोखरेल हाम्रो घर आउनुभयो र भन्नुभयो, ‘दाइ के गर्दै हुनुहुन्छ ?’ त्यसरी उहाँले मेरो काकालाई बोलाएको ओछ्यान मै सुने मैले । एकचोटी हैन २ चोटी आएको त्यो दमदार आवाजले मेरो निन्द्रा पुरै बिच्कियो । जस्ताले छाएको, धेरै काठ र थोरै बाँसको भाटाले निर्माण गरिएको दोमल्ला घर थियो हाम्रो । त्यसप्रकारको घर त्योबेला निकै खर्चिलो मानिन्थ्यो । गाउँघरतिर राम्रै महत्व राख्थ्यो । त्यो घर मेरो नभएर मेरा पिताजिका सहोदर भाइ केदारनाथ पोखरेलको थियो । म काकाको घरमा विगत एक वर्षदेखि पढ्न बसेको थिएँ । 

बत्तीमुनिको अँध्यारो भनेजस्तै सदरमुकाम छेउमै भए पनि हाम्रो बलाहा गाउँ अत्यन्त पिछडिएको थियो । बिजुली बत्ती बलेको हेर्न पनि इनरुवा बजार नै पुग्नुपथ्र्यो । बलाहादेखि बजार जाने मूलबाटो ठुलै थियो तर पुरै कच्ची थियो । पानी परेको समयमा बाटोमा हिँडिसक्नु हुँदैन थियो । माटो भिजेर पुरै दलदल हुन्थ्यो । जहाँ टेक्यो त्यहीं भासिन्थ्यो । स्कूल जाँदा कयौं पटक खुट्टा भासिएर लडेको र किताब कापी हिलोमा छरिएर कामै नलाग्ने भएको घटना अद्यापी मेरो मानसपटलमा नाचिरहन्छ । त्यसदिन पनि पानी पर्दै थियो । बितेका दुई दिनदेखि भएको अविरल वर्षा रोकिने छाँट थिएन । प्रातकालमै छाता ओडेर ‘दाइ’ भन्दै आएको आवाज खेमराज काकाको हो भन्ने चिन्न गाह्रो परेन मलाई उता काका केदारनाथले आवाज आएतिर पुलुक्क हेर्नु भयो र भन्नु भयो, ‘किन आउनुभो भाइ, एकाबिहानै ? केही जरुरी काम थियो कि ?’

Hardik health

‘हैन केही हैन । हिजो रातिको घटनाले मलाई रातभरि खुलदुली गरायो । त्यस बारेमा दाइलाई प्रष्ट पारौँ र केटोलाई पनि सम्झाऊ भनेर आएको हुँ ।’ ‘म हातगोडा धोएर आउँछु, माथि जाँदै गर्नुस् भाइ ।’ त्यति भन्दै काका कल (ट्युबेल) तिर जानुभयो । म माथि कोठाबाटै त्यो गतिविधि नियालिरहेको थिएँ ।खेमराज पोखरेल हाम्रो गाउँको अग्रज व्यक्तित्व कहलिनु हुन्थ्यो । हक्की स्वाभाव थियो उहाँको । अन्याय नसहने सही कुराको लागि जस्तोसुकै परिस्थिति पनि झेल्न सक्ने खुबी थियो उहाँमा । दमदार आवाज, उर्जाशील क्षमता र सबैको भलो चिताउने भएकोले गाउँकै भरोसाका केन्द्र बन्नु भएको थियो खेमराज काका । 

खेमराज काका खोटाङको खार्पादेखि सुनसरीको इनरुवा बलाहामा आउनु भएको थियो । भने, सोही जिल्लाको सिम्पानीबाट हाम्रो परिवारको बसाइसराइ भएको थियो । एकातिर हामीहरू पोखरेल परिवारका सदस्य थियौँ भने, अर्कोतर्फ एउटै समाजका सदस्य समेत भएकोले भावनात्मक सम्बन्ध प्रगाढ थियो हाम्रो । त्यतिमात्र नभएर खार्पा र सिम्पानीको सांस्कृतिक धरोहरमा एकरूपता ल्याइएको थियो त्यहाँ । उदाहरणका लागि, दसैँमा देवी थापेर सामूहिक पूजा गर्ने चलन सिमपानीमा थिएन । हाम्रो परम्परागत संस्कृति अनुसार फूलपाती बढाइँ गर्ने र घर–घरमै दुर्गा पूजा गर्ने चलन थियो । खेमराज काकाकै सक्रिय पहलमा जुनसुकै आत्रयगोत्री पानी पोखरेलले सामूहिक देवी पुजा गर्नुपर्छ भन्दै सबैलाई समेट्ने कार्यमा लाग्नु भयो । आजसम्म यो कार्यले निरन्तरता पाइरहेको छ जसले गर्दा बन्धुत्वप्रति एकरूपता ल्याएको छ । 

त्यस दिन पानी पर्न रोकिएको थिएन । थोरै मात्र घटेको होकि, जस्तो लाग्थ्यो । खेमराज काका बार्दलीमा पुगिसक्नु भएको थियो । काका केदार पोखरेल पनि हातखुट्टा धोएर माथि पुग्नुभयो ।‘सान्दाइ, हिजो मैले तपाइँको भतिजोलाई हात छोड्नु प¥यो त्यो घटनाले मलाई रातभरि मनमा कुरा खेलिरह्यो । त्यहाँ म अगाडि नसरेको भए केही व्यक्तिले नारदलाई कुट्ने योजना बनाएका रहेछन् । त्यो थाहा भयो मलाई । त्यसैले त्यो हमला रोक्न अघि सरेर एक लबटो हिर्काएँ भतिजोलाई ।’ 

‘ए होर ! त्यस्तो पो रहेछ !’ केदार काका अचम्म मानेर बोल्नुभयो । ‘जे गर्नु छ हामी गर्छौ । तिमीहरू नचाहिने कुरा नगर ।’ यसरी मैले हप्काएपछि मात्र तिनीहरू परपर तर्किए । ‘ए हो भाइ ! काङ्ग्रेस भयो भनेर कुट्न खोज्या होलान्, हैन भाइ ?’ ‘ गाँठी कुरो त्यै हो । नारद काङ्ग्रेस हुँ भन्छ । यताको परिस्थिति गैर काङ्ग्रेसी छ । जे भयो भयो अब केदार दाइले चित्त नदुखाउनु म नारदलाई पनि सम्झाउछु ।’ 

खेमराज काकाको कुरा म कोठाभित्रबाट सुनिरहेको थिएँ । अब त मैले पनि केही बोल्नुपर्छ भन्ने लाग्यो । बाहिर निस्किएँ । सरासरी काकाकै समिपमा गएर बोलेँ, ‘काका, तपाई साखुल्ले किन बन्नुहुन्छ ? कुट्ने बेलामा कुट्नु भो, अहिले नाटक गर्नु आउनु भएको हो ?’
मेरो ठाडो जवाफले काकालाई के प्रभाव प¥यो थाहा भएन । उहाँ आवेगमा आइहाल्ने मान्छे भएर पनि त्यहाँ भने रिसाउनु भएन । उहाँले हाँसीहाँसी प्रतिक्रिया जनाउनु भयो, ‘बजिया, मैले त्यति नगरेको भए तेरा हातखुट्टा भाँच्ने थिएँ । धन्न काकाले बचायो भन्न तँ ।’ यसरी मलाई सम्झाउनु भयो खेमराज काकाले । उहाँको खुसी हुँदा बजिया भनी जिस्क्याउने थेगो पहिले देखि नै थियो । 

‘काकाले बचाउनु भएछ । चुपलाग तँ अब । काकासँग त्यसरी बोल्छस ?’ केदार काकाले आफ्नै भावभङ्गीमा सम्झाउनु भयो । त्यतिबेला त मलाई खेमराज काकाको बोली प्रति रत्तिभर विश्वास भएन । पछि थाहा भयो गाउँकै एउटा तप्काले म विरुद्ध ठुलै षडयन्त्र गरेको रहेछ । धेरैपछि काकाको माइलो छोरा रुक्मणी पोखरेल  (जो मेरो स्कूल पढ्दाका साथी हुन्) समेतले सो घटनाको विस्तृत जानकारी गराई सम्झाएका थिए मलाई । त्यसपछि बल्ल मेरो मथिङ्गलमा जमेको भ्रम पुरै हटेर गयो । खेमराज काकाप्रति श्रद्धा जाग्यो । आज पर्यन्त जागिरहेको छ । 

खेमराज पाखरेलको बारेमा यस्ता कयौँ घटनाको फेहरिस्त छ मसँग । ती सबै यो छोटो आलेखमा समेट्न बहुत कठिन छ । तथापि एउट कुरा भने भन्नैपर्ने हुन्छ, जुन २०३७ सालको जनमतसङ्ग्रह भन्दा केही महिना अगाडिको हो । जन्मत सङ्ग्रहताका बहुदलीय राज्य व्यवस्था हुनुपर्छ भन्ने बिचारको प्रवल पक्षधर थिएँ म । ने वि संघ सुनसरीको उपसभापति समेत थिएँ । प्रचार प्रसारमा तिब्रता थियो । एक दिन दिउँसो ४ बजेतिर खेमराज काका काम विशेषले केदार काकासँग भेट्न आउनुभयो । म घरमै भएकोले उहाँहरू भए ठाउँमा पुगँे । केदार काकासँगको व्यवहारिक छलफल पश्चात मतिर नजर लाउँदै भन्नुभयो, ‘अलि सर्तक हुनु है बाबु । तेरो विरुद्ध उजुरी दिदैँ छन् भन्ने सुने ।’ 

म आश्चर्य चकित भएँ ! अनि सोधेँ, ‘कस्तो उजुरी, के गरेर मैले ?’ ‘तँ १८ वर्षको मान्छे मतदाता नामावलीमा नाम लेखाइछस् । २२ वर्ष नभई भोट हाल्न पाइँदैन । त्यै विषयमा कारवाही गराउने समेत चर्चा गर्दै थिए । (त्यो बेला २२ वर्षको उमेरलाई मात्र मताधिकार प्राप्त हुन्थ्यो) उहाँको कुराले मेरो पारो रनक्क रन्कियो । तर कन्ट्रोल गर्दै मुस्कुराउने चेष्टा गरें । सोधें, ‘काका के मैले मात्र मतदाता नामावलीमा नाम लेखाएको हो र ? अरु मसँगै उमेरका धेरैले लेखाएका छन् । उनीहरूको नाम कहिल्यै आउदैँन । खाली मेरो मात्र किन आउँछ ? मैले कसैको के खाएको छु र !’ 

‘तँ अलि जुझारु छस् । देखेको प्वाक्क बोल्छस् । त्यसैले रिस गर्छन् ।’ ‘छोडिदिनुस काका हजुरले । जे हुन्छ म खेप्छु । कारवाही भए भोग्छु । केही गरी बाँचे मात्र भने कसैलाई पनि छोड्दिन ।’ आक्रोशित भङ्गीमा काकासँग आफ्नो जिद्दी पोखिरहेको थिएँ । केदार काका बिच बिचमा मलाई नबोल्न संकेत गर्दै हुनुहुन्थ्यो । हाम्रो कुराको भेउ नपाएरै होला सुनी मात्र रहनु भएको थियो । खेमराज काकाले फेरि सम्झाउनु भयो मलाई, ‘तँ किन आतिन्छस् ? हामी छौँ । मैले त अलि सजग हुनु मात्र भन्या हो । तँलाई अप्ठ्यारो प¥यो भने हामी अनदेखा गर्दैनौँ । नामावलीबाट नाम झिक्न मन नभए नझिके हुन्छ । आफूलाई मन लागेको ठाउँमा भोट  हाल्नु ।’ 

उहाँको यो भनाइले मेरो मनभित्र दन्किएको अग्नी ज्वाला तुरुन्तै निभ्यो । प्रचण्ड घामको रापले सेकिएको बेला झम्झम् पानी पर्दा जुन शीतल प्राप्त हुन्छ त्यही शितल प्राप्त भयो मलाई । यतिबेला मनमा कुनै प्रकारको रिस राग र आवेग थिएन । काकासँग पुनः प्रश्न राखें, ‘काका को हुन् ती मेरा हरेक गतिविधि निगरानी राख्ने ? यत्ति त भन्दिनुस् ?’‘तैले चिन्याछस्, मैले पनि बुझेको छु । किन चाहियो तँलाई इति वृतान्त ?’ त्यति भन्दै केदार काकासँग बिदा हुनु भयो उहाँ । ती तत्वको नाम उहाँले कहिल्यै उजागर गर्नु भएन । यसले पनि के पुष्टि गर्छ भने उहाँमा सामाजिक न्याय परोपकारी भाव त छँदै थियो, केही हदसम्म कुटनीतिक क्षमता पनि रहेछ भन्ने तथ्य प्रष्ट हुन जान्छ । 

खेमराज पोखरेल अरुको दुःखलाई टुलुटुलु हेरेर नबस्ने, बेथिति विरुद्ध सदैव मुखरीत भएर प्रस्तुत हुने गर्नुहुन्थ्यो । लोकतान्त्रिक विचारप्रति दृढ प्रतिबद्ध रही समाजको विकासमा अग्रभागमा उभिने प्रवृत्ति थियो उहाँमा । त्यसैले उहाँको योगदानलाई समाजले निरन्तर रूपमा सम्झिहरने छ । अध्यात्मिक दृष्टिकोणले भरिपूर्ण उहाँ वैचारिक प्रष्टतामा समेत जीवन पर्यन्त अविचलित रहनु भयो । कहिल्यै कलुसित भाव जागृत भएन । यो तथ्य म मात्र होइन उहाँसँग प्रवुद्ध वर्र्गबाट बेलाबेलामा उजागर हुँदै आएको छ । 

अन्त्यमा उहाँले जहिले पनि असल मानिस र असल समाज हेर्न चाहनुभयो । ‘मानिस थरीथरीका हुन्छन् ठुला मान्छे धेरै थरीका हुन्छन् असल मान्छे एक थरीका मात्र हुन्छन्’ त्यसैले मान्छेले ठुलो होइन असल बन्नुपर्छ ।’ मोदिआइनमा बीपी कोइरालाले भनेझैँ, खेमराज पोखरेल ठुलो मान्छे बन्नतिर लाग्नु भएन । आधुनिक सभ्य समाजका एक असल पात्रको रूपमा आफूलाई स्थापित गराउनु भयो । उहाँ जस्तो असल पात्रप्रति पुनः एकपटक भावपूर्ण श्रद्धाका फूल चढाएर शब्द श्रद्धान्जलि अर्पण गर्दछु ।


 


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप विचार
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर
ओखलढुंगाका जालपादेवी र सुकुमालादेवी मन्दिर शुक्रबार, साउन २९, २०८३
बाध्यताको परदेश यात्रा
बाध्यताको परदेश यात्रा बिहीबार, साउन २८, २०८३
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा बुधबार, साउन २७, २०८३
सम्पत्ति छानबिनः न्यायाधीश र सेनालाई किन छुट ?
सम्पत्ति छानबिनः न्यायाधीश र सेनालाई किन छुट ? मंगलबार, साउन २६, २०८३
एक्लो बाऽ लेन !
एक्लो बाऽ लेन ! मंगलबार, साउन २६, २०८३
नेपालमा सार्वजनिक व्यय व्यवस्थापन र जवाफदेहिता
नेपालमा सार्वजनिक व्यय व्यवस्थापन र जवाफदेहिता सोमबार, साउन २५, २०८३
उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती
उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती आइतबार, साउन २४, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP