एएफपी - संयुक्त राज्य अमेरिकामा हवाई यात्रा छिट्टै थप ‘सुस्त हुन सक्ने’ अधिकारीहरूले आइतबार चेतावनी दिएका छन् । संघीय निकायहरू अक्टोबर १ मा कोष समाप्त भएदेखि ठप्प बनेका छन् ।
यसको प्रभाव अमेरिकामा हजारौँ उडानहरू रद्द वा ढिलो भएका छन् र यात्रुहरूले सरकारी बन्दका कारण अराजकताको सामना गरिरहेका छन्। ट्रम्प प्रशासनले बिना तलब काम गर्ने एयर ट्राफिक कन्ट्रोलरहरूको तनाव कम गर्न सकियोस् भनी ४० विमानस्थलहरूमा उडानहरू कम गर्न आदेश दिएको छ ।
विमानस्थलका महत्त्वपूर्ण कर्मचारीहरू लगायत धेरै सरकारी कर्मचारीहरू या त तलब बिना ड्युटीमा छन् वा घरमै बिदा दिइएका छन्, रिपब्लिकन र डेमोक्र्याटहरूबीचको उच्च–जोखिम राजनीतिक गतिरोध समाप्त हुने प्रतीक्षामा छन्। यातायात मन्त्री सीन डफीले फक्स न्यूजलाई भने, “विदाको समय सबैजना आफ्नो परिवारलाई भेट्न यात्रा गर्न चाहन्छन् त्यसैले हवाई सेवामा चाप बढेको छ तर सरकारी बन्दका कारण हवाई यात्रा ढिलो हुँदै गएका छन् ।”
उनले भने, “हामी हवाई ट्राफिक नियन्त्रकहरू खोजीरहेका छौँ । तीमध्ये धेरै कम मात्र काममा आउँदैछन् । यसको अर्थ केही निश्चित उडान र अवतरणहरू मात्र हुनेछन्।” उनले भने, “यसले हवाई क्षेत्रमा ठूलो अवरोध निम्त्याउनेछ र धेरै यात्रसहरू यसबाट क्रोधित बन्नेछन्।”
डफीले सीएनएनको ‘स्टेट अफ द युनियन’ शोसँग भने, “ मानिसहरू छुट्टीमा परिवारलाई भेट्न उडान गर्न खोज्छन् तर बन्दका कारण सेवा निकै प्रभावित हुँदै गइरहेको छ । “यदि सरकारी बन्द खुलेन र सेवा नियन्त्रण कायम रह्यो भने तिनीहरूमध्ये धेरैले हवाई सेवा पाउन सक्ने छैनन् किनकि धेरै उडानहरू उड्ने छैनन्,” डफीले भने ।