Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • बम आक्रमणपछि बंगलादेशका अल्पसङ्ख्यक इसाई समुदाय चिन्तित
बम आक्रमणपछि बंगलादेशका अल्पसङ्ख्यक इसाई समुदाय चिन्तित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २४, २०८२

ढाका- चर्च र एक क्याथोलिक विद्यालयमा तीन वटा वम आक्रमणपछि बंगलादेशको सानो इसाई अल्पसङ्ख्यक समुदायले सुरक्षा खतरा महशुस गरेको बताएको छ। प्रहरीले आइतबारको आक्रमणबाट कुनै चोटपटक नलागेको तर आक्रमण ‘निश्चित रूपमा’ आतङ्क सिर्जना गर्न गरिएको चालबाजी भनेको छ। 

बंगलादेशको १७ करोड जनसङ्ख्यामध्ये पाँच दाख जनसङ्ख्या रहेको इसाई समुदायलाई किन लक्षित गरिएको थियो भनेर कुनै पनि समूहले यी घटनाहरूको जिम्मेवारी लिएको छैन । ढाका प्रहरीका प्रवक्ता मुहम्मद तालेबर रहमानले एएफपीलाई भन्नुभयो, “हामी यो पत्ता लगाउने प्रयास गरिरहेका छौँ ।” 

पूर्वप्रधानमन्त्री शेख हसिनाको निरङ्कुश सरकार सत्ताच्युत भएपछि बंगलादेशमा राजनीतिक उथलपुथल मच्चिएको छ ।पार्टीहरू सन्  २०२६ फेब्रुअरीमा हुने चुनावको लागि तयार छन् तर इसाई साइटहरूमा पछिल्लोे आक्रमणले तनाव थपेको उल्लेख गरिएको छ । चर्चमा जाने एक नागरिकले आइतबार भने इसाई समुदायमा आक्रमणले ‘त्रास’ को भावना सिर्जना गरेको छ । 

Hardik health

नाम नबताउने सर्तमा विश्वविद्यालयका २५ वर्षीय एक स्नातक विद्यार्थीले भने, “चर्चमा जाँदा हामी धेरैलाई चिन्ता हुन थालेको छ।” अक्टोबर ८ मा भएको पहिलो आक्रमण राजधानीको सबैभन्दा पुरानो होली रोजरी क्याथोलिक चर्चमा भएको थियो जहाँ ‘क्रुड बम’ फ्याँकिएको थियो । यो चर्च १७ औँ शताब्दीमा पोर्चुगालीहरूले स्थापना गरेका थिए।

त्यसैगरी शुक्रबार राति आक्रमणकारीहरूले सेन्ट मेरिज क्याथेड्रल र सेन्ट जोसेफ स्कूल र कलेज गरी थप दुई क्याथोलिक धार्मिकस्थलमा आक्रमणलाई लक्षित गरे। बंगलादेश क्रिस्चियन एसोसिएसनका अध्यक्ष निर्मल रोजारियोले सेन्ट मेरिज क्याथेड्रल अगाडि ‘क्रुड बम’ विस्फोट भए पनि भोलिपल्ट करिब ५०० मानिस प्रार्थना गर्न आएको बताए । 

रहमानका अनुसार मोटरसाइकल चढेका आक्रमणकारीहरूले क्याथेड्रललाई लक्षित गरी ‘क्रुड बम’ फ्याँकेर भागेका थिए। सेन्ट जोसेफका विद्यालयका प्रिन्सिपल ब्रदर चन्दन बेनेडिक्ट गोमेसले आक्रमणले ‘चिन्ता’ पैदा गरेको तर ‘कक्षाहरू सामान्य रूपमा सञ्चालन गरिएको’ बताए  । 

नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय अन्तरिम नेता मोहम्मद युनुसले हिंसात्मक घटनाका बाबजुद पनि विद्रोहपछिको पहिलो निर्वाचन योजनाअनुसार फेब्रुअरीमा हुने प्रतिबद्धता व्यक्त गरेका छन्। बंगलादेश प्रहरीले निर्वाचनका समय हिंसात्मक घटना नहुन् भनी गत वर्ष भएको क्रान्तिका क्रममा लुटिएका एक  हजार ३०० भन्दा बढी मेसिनगन, राइफल र पेस्तोल बुझाउने व्यक्तिलाई नगद पुरस्कार दिने घोषणा गरेको छ। 
 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP