Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चौधौँ युरोपेली सङ्घ चलचित्र महोत्सव
चौधौँ युरोपेली सङ्घ चलचित्र महोत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २३, २०८२

काठमाडौं– यही कात्तिक २८ देखि ३० गतेसम्म १४औँ युरोपेली सङ्घ चलचित्र महोत्सव नेपाल हुने भएको छ । महोत्सव ठमेलस्थित छायाँ सेन्टरमा हुने भएकाे हाे । 

आगामी मङ्सिर ५ देखि ७ गतेसम्म पोखरामा समापन गरिने छ । यस संस्करणमा २५ चलचित्र समावेश गरिएको छ । तीमध्ये १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित छ लघु चलचित्र तथा नौ नेपाली लघु चलचित्र रहेका आयोजकले जनाएको छ । सामाजिक जीवनको पहिचान, अपनत्व, प्रतिरोध, रूपान्तरणलगायत विषयलाई विश्लेषण गरी चलचित्र छनोट गरिएको नेपालका लागि युरोपेली सङ्घका सूचना अधिकारी विद्या महर्जनले बताए ।

यस संस्करणमा समावेश गरिएका चलचित्रले हिम्मत, स्मृति तथा आशा, भाषा, संस्कृतिलाई प्रतिविम्बित गरेको आयोजकले जनाएको छ । युरोपेली चलचित्रहरूमा पोर्चुगलबाट बाञ्जो, फिनल्याण्डबाट ‘जेभिदा’, अस्ट्रियाबाट ‘ह्याप्पी’, हङ्गेरीबाट ‘विथआउट एअर’ र फ्रान्स तथा इटालीबाट ‘द गर्ल फ्रम टुमरो’ छन् ।

Hardik health

संयुक्त अधिराज्यबाट बाफ्टा लघु चलचित्र प्रस्तुतिअन्तर्गत ‘वान्डर टु वोन्डर’, ‘रक पेपर सिजर्स’, ‘मग्स क्रिसमस’, ‘मिल्क तथा आडिओस’ समावेश छन् । साथै स्थानीय चलचित्रकर्मी तथा चलचित्र अध्यापन संस्थाहरूसँगको सहकार्यमा छनोट गरिएका नेपाली लघु चलचित्र रहेका महर्जनले बताए । उनका अनुसार ‘ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन’, ‘चाँदनी’, ‘अबिस, इटर्नल किनशिप’ लगायत छन् ।

उक्त चलचित्र महोत्सव नेपाललाई फ्रान्स, जर्मनी र फिनल्याण्डसहित काठमाडौँ र दिल्लीमा युरोपेली सङ्घका सदस्य राष्ट्रलाई प्रतिनिधित्व गर्ने दूतावास, सांस्कृतिक संस्थाहरू तथा ब्रिटिस काउन्सिल र युनेस्कोसँगको सहकार्यमा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलले आयोजना गरेको हो ।

सबै चलचित्र प्रदर्शनी निःशुल्क रहनेछन् । सबै चलचित्रमा अङ्ग्रेजी सबटाइटल राखिने सूचना अधिकारी महर्जनले जानकारी दिए । महोत्सवअघि कला, उद्योग तथा सिकाइबीचको सम्बन्धलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिने उनले बताए ।


प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP