Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • उद्धार कार्य चाँडो गर्न एनआरएनएको आग्रह
उद्धार कार्य चाँडो गर्न एनआरएनएको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ३२, २०७७
NRNA
Hardik health
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का क्षेत्रीय संयोजकहरुले सरकारलाई विदेशमा रहेका नेपालीको उद्धार चाँडो गर्न आग्रह गरेका छन् । शनिबार संघको क्षेत्रीय संयोजकहरुले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै सरकारलाई हवाइ शुल्क तिर्न सक्ने र नसक्ने सबैको उद्धार चाँडो गर्न आग्रह गरेका हुन् । अमेरिका क्षेत्रका संयोजक राजन त्रिपाठी, युरोप क्षेत्र संयोजक नारायण आचार्य, मध्यपूर्व क्षेत्रका संयोजक प्रवीण गुरुङ र अफ्रिका क्षेत्र संयोजक रोशन थापाले जारी गरेको विज्ञप्तिमा उद्धार कार्य चाँडोभन्दा चाँडो अघि बढाउन आग्रह गरिएको छ । उनीहरुले विश्वका विभिन्न देशमा अलपत्र परी फर्कनका लागि पर्खाइमा रहेका सबै नेपालीको उद्धार चाँडो हुनुपर्ने पनि विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीले रोजगारी गुमेकादेखि विभिन्न प्रयोजनले विदेश गएका तर आन्तरिक बन्दाबन्दी तथा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अलपत्र परेका श्रम गन्तव्य मुलुकदेखि विभिन्न देशमा रहेका नेपाली घर फर्कने प्रतिक्षामा रहेको उल्लेख छ । नेपाल सरकारले म्यानमार, संयुक्त अरब इमिरेट्स र कुवेतबाट पहिलो चरणमा नेपालीको उद्धार गरिसकेको र अन्य देशमा उद्धारको पर्खाइमा रहेकाहरुलाई पीडाको अनुभूति हुन नदिन एनआरएनएका क्षेत्रीय संयोजकहरुले सरकारलाई अनुरोध गरेका छन् । विदेशबाट नेपालीको उद्धारपछि क्वारेन्टिन, बसोबास र घरसम्म पुग्ने सहज वातावरण निर्माण गर्न पनि आग्रह गरिएको छ । उनीहरुले वैदेशिक रोजगारी कल्याणकारी कोषमा भएको ६ अर्बभन्दा बढी रकमसमेत प्रयोग गरी बेखर्ची र अप्ठ्यारोमा परेकालाई नेपाल लैजान अनुरोध गरेका छन् । कोभिड–१९ को महामारीमा कतिपय ट्राभल कम्पनीहरु कमाउ धन्दामा व्यस्त भएको भन्दै सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी रहेको विज्ञप्तिमा भनिएको छ । ५ सय बढीको उद्धार एनआरएनएले सरकारले बिहीबारसम्म विदेशबाट ५ सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । एनआरएनएका अनुसार कुवेत सरकारको सहयोगमा २९९ जना, म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७ जना, कुवेतबाट २९९ जना गरी ५ सय ११ जनालाई उद्धार गरिसकिएको छ । कुवेतका घर फिर्ति शिबिरमा थप २ हजार ९ सय ९१ जना रहेकाले उनीहरुलाई उद्धार गर्न हरेकदिन दुई उडान गरी फर्काउने तयारी भइरहेको एनआरएनएले जनाएको छ । विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चार्टर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउने भनेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  ०६:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP