काठमाडौं– नेपाली कांग्रेसकाे  केन्द्रीय समिति बैंठक जारी छ ।  साेही  बैठकमा महामन्त्री  गगनकुमार थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
बैंठकलाई सम्बोधन गर्दै मन्त्री थापाले पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशनको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए। नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।
तर, संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।