काठमाडौं- सरकारले १३ वटा देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३ वटा देशका राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारले सिफारिस गरेका राजदूतहरुको नाम अब संसदीय सुनुवाइका लागि पठाइने छ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सरकारले सम्बन्धित मुलुकमा नाम पठाउने छ।
त्यसरी पठाएको नाममा सम्बन्धित मुलुकबाट अग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने छन् ।
यी १३ मुलुकका लागि प्रस्तावित राजदूत:
१. डा. निश्चलनाथ पाण्डे- भारत
२. डा. कल्याणराज शर्मा- चीन
३. चिरनजंग थापा- संयुक्त राज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा- संयुक्त अधिराज्य (युके)
५. जिग्यानकुमार थापा- जापान
६. सुरेशकुमार कर्ण- इजरायल
७. प्राप्ति शेरचन- स्पेन
८. शरू जोशी- जर्मनी
९. डा. पद्माक्षी राणा- ओमान
१०. चूडामणि खरेल- मलेसिया
११. प्रा.डा. सङ्गम श्रेष्ठ- दक्षिण कोरिया
१२. डा. मंचला झा- श्रीलंका
१३. गिरीबहादुर सुनार- साउदी अरेबिया