Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियाबाट फर्कने नेपालीको सूची सार्वजनिक
मलेसियाबाट फर्कने नेपालीको सूची सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ३०, २०७७
Hardik health
काठमाडौं– मलेसियास्थित नेपाली दूताबासले मलेसियाबाट फर्कने नेपालीको सूची सार्वजनिक गरेको छ । बिहीबार दूताबासले १ असार (जुन १५) मा नेपाल एयरलायन्सको विमानमार्फत फर्कन लागेका १ हजार ५ जना नेपालीको सूची सार्वजनिक गरेको हो । नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीमा परेका उनीहरूलाई १ असारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने दूताबासले जनाएको छ । दूताबासका अनुसार मलेसियाबाट स्वदेश फर्किन चाहनेहरूले आफैँले टिकट काटेर फर्किन लागेका हुन् । सरकारले जारी गरेको १५ प्राथमिकताका आधारमा फाराम भरेर फर्कन चाहनेहरू आफैँले टिकट काट्नु पर्ने यसअघि नै दूताबासले जारी गरेको थियो । प्राथमिकताका आधारमा फर्कन चाहनेहरूको विवरण संख्या पूरा आएसँगै दूताबासले बिहीबार नै फर्कनेहरूको सूची सार्वजनिक गरेको हो । स्वास्थ्य रिपोर्ट अनिवार्य दूताबासले स्वदेश फर्किनु अगाडि ७ दिनको कोभिड–१९ को स्वास्थ्य रिपोर्ट अनिवार्य बुझाउनुपर्ने जनाएको छ । दूताबासका अनुसार चेकजाँचपश्चात् मात्र फर्कने अनुमति दिने र यदि रिपोर्टमा प्रमाणपत्र कोभिड–१९ संक्रमण देखिएमा उतैको अस्पतलामा बस्नुपर्नेछ । फर्कनुअघि कोभिड–१९ जाँचका लागि मलेसियाका ९ स्वास्थ्य संस्थाहरूलाई खटाएको छ । कोभिड–१९ को संक्रमण परीक्षणका लागि क्वालालाम्पुर र सेलांगर, जोहोर, मेलाका, नेजेरी सेम्बिलान, पुलाओ पिनाङ, पेर्लिस, पेराक, साबा र साराबाकमा दूताबासले ती स्वास्थ्य संस्थालाई खटाएको छ । छ मुलुकबाट फर्कदैै १ असारमा मलेसियासँगै खाडी मुलुक साउदी अरब, ओमन र अन्य तीन देशहरू रहेका छन् । कम्बोडिया, सिंगापुर र माल्दिभ्समा रहेका नेपाली सोही दिन फर्क“दै छन् । तर, त्यहाँ रहेको नेपाली दूताबासले भने ती देशबाट कतिको संख्यामा उक्त दिन फर्कँदै छन् भन्नेबारेमा सूची सार्वजनिक गरेको छैन । महँगो भाडा सरकारले विदेशबाट फर्कनेहरूको भाडादर पनि तोकिसकेको छ । फर्कनेहरू आफैँले महँगो टिकट काटेर स्वदेश फर्कनुपर्ने छ । सरकारले जारी गरेको सूचीमा मलेसिया (क्वालालाम्पुर) बाट नेपालीले ५ सय २० डलर अर्थात् लगभग साढे ६२ हजार, ओमनमा रहेकाले ५ सय १० डलर (६१ हजार २ सय), माल्दिभ्समा रहेकाले ५ सय ५ डलर (६० हजार ६ सय), कुवेतमा रहेकाले ५ सय ७० डलर (६८ हजार ४ सय रूपैयाँ) मा महँगो टिकट खरिद गर्नु पर्नेछ । बंगालादेशमा रहेका फर्कन चाहने नेपालीले १ सय ६५ डलर (१९ हजार ८ सय), नयाँ दिल्लीमा रहेकाले २ सय ५ (२४ हजार ६ सय), मुम्बईमा रहेकाले ३ सय १० डलर (३७ हजार २ सय), बैंग्लोरमा रहेकाले ३ सय ३५ डलर (४० हजार २ सय), बैंककमा रहेकाले ३ सय ९० (४६ हजार ८ सय), आबुधाबीमा रहेकाले ५ सय डलर (६० हजार) मा टिकट खरिद गर्नुपर्ने सरकारले जारी गरेको सूचीमा उल्लेख छ । त्यस्तै, दुबईमा रहेका फर्कन चाहने नेपालीले ५ सय डलर (६० हजार), सारजाँहमा रहेकाले ५ सय डलर (६० हजार), दोहामा रहेकाले ५ सय ४५ डलर (६५ हजार ४ सय), बहराइनमा रहेकाले ५ सय ४५ डलर (६५ हजार ४ सय), हङकङमा रहेकाले ५ सय ५० (६६ हजार), साउदीमा रहेकाले ५ सय ९० डलर (७० हजार ८ सय), रियाद ६ सय ३० डलर (७५ हजार ६ सय), जेद्धामा रहेकाले ७ सय ५० डलर (९२ हजार ४ सय) मा टिकट खरिद गर्नुपर्ने बताइएको छ । त्यस्तै, जोर्डनमा रहेकाले ८ सय १५ डलर (९७ हजार ८ सय), साइप्रसमा रहेकाले ८ सय ७५ (१ लाख ५ हजार), जापानको नारितामा रहेकाले ९ सय ३५ (१ लाख १२ हजार २ सय) मा टिकट खरिद गरेपछि फर्कन पाउनेछन् । सरकारले ३२ जेठदेखि ११ असारसम्म २४ हजार नेपाली ल्याउने जनाए पनि फर्कनेहरूले भाडादर उच्च भएको भन्दै त्यसको विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारले चार्टर्ड फ्लाइटमा महँगो भाडादर तोकिएको भन्दै विरोध सुरु गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  ०५:२८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP