Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दोस्रो चरणको उद्धार कार्य लम्बिँदै
दोस्रो चरणको उद्धार कार्य लम्बिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २७, २०७७
Hardik health
काठमाडौं– विदेशमा रहेका नेपालीहरूको उद्धार कार्य लम्बिँदै गएको छ । सोमबार प्रभाव दैनिकसँगको कुराकानीको क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले सम्बन्धित नेपाली दूताबासले फर्कनेहरूको संख्या संकलन कार्य गरिरहेको र पूर्ण संकलन भइसकेपछि मात्र उद्धार हुने भएकाले उद्धार कार्य लम्बिएको बताए । प्रथम चरणमा विदेशबाट फर्काइएपछि लामबद्ध नेपालीको उद्धारमा किन ढिलाइ भइरहेको हो भन्ने प्रश्नमा सिसिएमसीका संयोजकसमेत रहेका सहसचिव लामिछानेले अहिले सम्बन्धित नेपाली दूतावासहरूले फर्कन चाहने नेपालीहरूको संख्या संकलन गरिरहेकोले ढिलाइ भइरहेको जानकारी दिएका छन् । दूताबासले फर्कने नेपालीहरूको संख्या संकलन गरिसकेपछि सरकारसँग समन्वय गरेसँगै उद्धार गरिने उनले जानकारी दिए । कुराकानीका क्रममा उनले भने, ‘सिसिएमसीले अहिले नै यहि मितिमा विभिन्न देशमा रहेका नेपालीहरूको उद्धार गर्नका लागि समय तय गरिसकेको छैन । समितिले उद्धारको मिति यकिन गरेपछि उद्धारका लागि विमान उड्नेछ ।’ उनका अनुसार दोस्रो चरणको उद्धार कार्य कुन देशबाट गर्ने भन्ने विषयमा यकिन निर्णय भइनसकाले फर्कन चाहनेहरूको संख्या दूताबासले यकिन गरेपछि तत्काल उक्त काम हुनेछ । दोस्रो चरणको उद्धारको मिति अहिले सार्वजनिक गर्न नसकिने भन्दै उनले भने, ‘दोस्रो चरणको उद्धार अवधि हप्ता दिन वा त्यो भन्दा बढी पनि लाग्न सक्छ । यकिन निर्णय भएको छैन ।’ संयोजक लामिछानेले दूताबासले पठाएको नेपालीको सूची परराष्ट्र मन्त्रालयले तयार पार्ने, उडानको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र अध्यागमन स्विकृतिको जिम्मेवारी गृहमन्त्रालयले निर्वाह गर्ने पनि बताएका छन् । अहिलेसम्म सम्बन्धित दूताबासमार्फत फर्कने नेपालीहरूको प्राथमिकताको सूची तयार नभएको बताउँदै फर्कनेहरूलाई ल्याउनका लागि नेपाल एयरलाइन्सको वाइड बडी र न्यारो बडी विमान प्रयोग हुने निर्णय भएको उनले बताए । उनका अनुसार फर्कनेहरूको चाप हेरेर निजी एयरलाइन्सलाई पनि उडान अनुमति दिइने सिसिएमसीको तयारी छ । यता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि फर्कन चाहनेहरूको नाम सम्बन्धित देशमा रहेका नेपाली दूताबासले प्राथमिकताका आधारमा नामावली संकलन गरिरहेकाले दोस्रो चरणको उद्धार कार्य अन्योल रहेको जनाएको छ । कार्यालयले जनाएअनुसार विदेशबाट नेपाली ल्याउने प्रक्रियाको सम्पूर्ण नेतृŒव सिसिएमसीले गर्ने जिम्मा पाएको छ र यसका लागि परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय तथा गृह मन्त्रालयबीच समन्वय भइरहेको छ । यसै प्रसंगमा वैदेशिक रोजगार विज्ञ डा.गणेश गुरुङले कोभिड–१९ को समस्यामा परेका विदेशमा रहेका नेपालीहरूको उद्धार किन अनिश्चित भएको हो भन्ने प्रश्नमा दूताबासको काम फोन उठाउने र टिप्ने मात्र भएकाले उद्धार कार्य अनिश्चित भएको आरोप लगाउँछन् । उनी भन्छन्, ‘कोरोनाको केन्द्र बिन्दु चीनको वुहान हु“दा त्यहा“को दूताबासमार्फत् तत्काल नेपालीहरूको उद्धार गर्न सक्ने तर अहिले नसक्नु विभेद्को खाडल देखिएको छ ।’ विदेशमा रहेका नेपालीहरको उद्धार गर्न सम्बन्धित नेपाली दूताबासले अनलाइन एप्स पनि निर्माण गर्न नसकेकोमा डा.गुरुङले दुःख व्यक्त गरेका छन् । मुलुक लकडाउन भएको यत्तिन्जेल भइसक्दा पनि दूताबासले एप्समार्फत विदेशमा रहेका नेपालीलाई गोलबद्ध गर्न नसक्नु दुःखको कुरा भएकाले दूताबासको गैरजिम्मेवारी प्रष्टसँग देखिएको उनी बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP