Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आजबाट नेपालीहरुको उद्धार सुरु
आजबाट नेपालीहरुको उद्धार सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २३, २०७७
Hardik health
काठमाडौं । शुक्रबारबाट सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धार सुरु गर्ने भएको छ । । नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका नेपालीहरुलाई प्रथम चरणअन्तर्गत दुबई र म्यानमारबाट उद्धार कार्य थालनी गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । प्रभाव दैनिकसँग बिहीबार कुराकानी गर्दै प्रवक्ता घिमिरेले पहिलो चरणमा विमानले शुक्रबार दुबई र म्यानमारमा रहेका नेपालीलाई लिएर फर्कने बताएका छन् । उनले दश दिनसम्म लगातार दैनिक एक विमानमार्फत खाडी मुलुक तथा अन्य मुलुकबाट नेपालीहरुको उद्धार गर्ने बताए । ‘शुक्रबारदेखि नेपालीहरुको उद्धार कार्य थालनी गरिने भएको छ । नेपालीहरुलाई लिन विमान कतिबजे उड्छ भन्नेबारे अहिले नै विस्तृत जानकारी दिइएको छैन । यसबारे समितिले समय तय गर्नेछ’ उनले भने । परराष्ट्र मन्त्रालयले शुक्रबार युएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २ सय १४ जनालाई काठमाडौं ल्याइने जानकारी दिएको छ । मन्त्रालयका अनुसार म्यानमारले आफ्ना नागरिक लिन आउने विमानमै त्यहाँ रहेका ३५ जना नेपालीलाई पनि फर्काइदिने भएको छ । युएईबाट चार्टर्ड उडानमार्फत फर्काउन लागिएको विमानबाट ४ हजार नेपाली फर्कने र उक्त विमानमै शव पनि ल्याइने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ को महामारी प्रथम चरणमा ४० हजार नाागरिकलाई स्वदेश फर्काउने तयारी छ । कुवेत र साउदी अरबबाट ८÷८ हजार, कतारबाट ११ हजार, मलेसियाबाट ७ हजार र साइप्रसका ४ सय पनि फर्कने सूची तयार रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अध्ययनको शिलशिलामा विदेशमा रहेका १ हजार ५ सयभन्दा बढी विद्यार्थीहरुले दूताबासमक्ष निवदेन दिएको पनि बतायो । स्वास्थ्य मन्त्रालयले नेपाल फर्कनका लागि उनीहरु सबैको स्वास्थ्य रिपोर्ट नेगटिभ हुनुपर्ने यसअघि नै जनाएको छ । मन्त्रालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले विमानस्थलमा ओर्लिएका नेपालीहरुको आवश्यक चेकजाँच गरी तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा तयार गरिएको ‘होल्डिङ सेन्टर’ मा पठाउने बताइएको छ । तीन जिल्लामा ९ वटा पार्टी प्यालेसमा उनीहरुलाई राखिने भएको छ । त्यसपछि स्थानीय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धित जिल्लाहरुमा पठाइने मन्त्रालयले बताएको छ । कोभिड–१९ विपत् व्यवस्थापन समिति (सिसिएमसी) ले वाग्मती प्रदेशका नागरिकलाई राख्न पार्टी प्यालेस बसुन्धरा, गण्डकी प्रदेशका लागि स्काई जोन पार्टी प्यालेस धुम्बाराही र प्रदेश–५ का लागि दरबार ब्यांकेट चप्पल कारखानामा होल्डिङ सेन्टर निर्माण गरिएको जनाएको छ । त्यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नागरिकका लागि ग्वार्कोमा रहेको मण्डला पार्टी भेन्यूमा व्यवस्था गरिएको समितिले बताएको छ । त्यस्तै, प्रदेश–१ का नागरिकलाई राख्न भक्तपुरस्थित सल्लाघारीको इम्पेरियल पार्टी प्यालेस र प्रदेश–२ का नागरिक राख्न भक्तपुरस्थित राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा होल्डिङ सेन्टर निर्माण गरिएको छ । विभिन्न आरोपको सजायबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल आउन अनुमति प्राप्त भएका, जुनसुकै कारण बहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने, श्रम करार समाप्त भएका वा रोजगारी गुमाएका, कोभिडबाहेक गम्भीर स्वास्थ्य अवस्था रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका, सरकारी सेवामा रही अध्ययनमा वा तालिममा गएका, नेपाल आउनैपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थीलगायतले फर्कन पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश, ०७७ मा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  ०१:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP