Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पिपुल फोरमको सरकारलाई ७० बुँदे सुझाव
पिपुल फोरमको सरकारलाई ७० बुँदे सुझाव
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २२, २०७७
Hardik health
काठमाडौं– मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले श्रम तथा रोजगार मन्त्रालयलाई ७० बुँदे सुझावहरु बुझाएको छ । नोबेल कोरोना भाइरस (कोभिड– १९) का कारण विदेशमा रोजगारी गुमाएका कामदारको उद्धार, यातायात खर्च र स्वास्थ्य उपचार निःशुल्क गराउनुपर्ने मागसहित फोरमले बुधबार सरकारलाई ७० बुँदे सुझावहरु बुझाएको हो । फोरमका सचिव कृष्ण न्योपानेले आप्रवासी कामदारको उद्धार, स्वदेश फिर्ता, क्षतिपूर्तिसहितका ७० बुँदे सुझावहरु मन्त्रालयलाई बुझाइएको जानकारी दिएका छन् । उनले विदेशमा कम्पनी बन्द भएर वा नभइकनै रोजगार गुमाएका नेपालीहरुलाई सरकारले क्षतिपूर्तिसहित उद्धार गर्नुपर्ने बताए । उनले भने, ‘विदेशमा लाखौँको संख्यामा नेपाली श्रमिकहरुले रोजगारी गुमाएका छन् । कैयौँले काम गरेको तलब पाएका छैनन् भने कैयौँको तलब कटौती भएको छ । र, उनीहरु खान, बस्नको समस्यामा परेर स्वदेश फर्किन आतुर छन् । यसकारण उनीहरुलाई कि त त्यहि“ देशमा सम्बन्धित दूताबासमार्फत रोजगारी सिर्जना गर्ने कि नेपाल फर्कने वातावरण जुटाइनुपर्छ ।’ मन्त्रालयलाई दिएको सुझाव पत्रमा विदेशबाट फर्कन लागेका कामदारले पाउने तलब सुविधा दिलाएर मात्र फर्काउने प्रबन्ध गर्नुपर्ने उल्लेख छ । फोरमको उक्त सुझाव पत्रमा आप्रवासी कामदारको रोजगारीको सुरक्षा, स्वास्थ्य उपचारको पहल गर्न तथा रोजगारी गुमाएका कामदारको सोही गन्तव्य मुलुकमा कामको विकल्प खोज्न सहजीकरण गर्नुपर्ने भनिएको छ । फोरमका पूर्वअध्यक्ष सोम लुइँटेलले विदेशमा अलपत्र परेका नेपाली कामदारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने बताएका छन् । उनले फर्कने नेपालीहरुको फिर्ता तथा उपचार खर्च सरकारी कोषबाट व्यहोर्नुपर्ने बताए । उनले भने, ‘विदेशबाट नेपाली कामदार उद्धारको कार्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोेर्डको अहं भूमिका निर्वाह गर्नुपर्छ ।’ उनले विदेशमा कोभिड–१९ को महामारीमा फसेका नेपालीहरुको उद्धारमा चासो नदेखाइएको भन्दै सरकारसँग रोष प्रकट गर्दै यसलाई मन्त्रालयको निकम्मापन भएको आरोप लगाएका छन् । फोरमले सरकारलाई बुझाएको पत्रमा संघीय सरकारले फर्केका कामदारका लागि पुनर्एकीकरण कार्यक्रम निर्माण गर्ने र स्थानीय सरकारले कार्यान्वयन गर्ने, करार अवधि नसकी फर्केका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति दिन भनिएको छ । त्यस्तै, कामदारको फिर्ता र पुनर्एकीकरण कामका लागि राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी संस्था र व्यवसायीका कामको संयोजन गर्न तथा कोरोनाले रोजगारीमा पर्न सक्ने दीर्घकालीन असरको अध्ययनका लागि बहुसरोकारवाला संयन्त्रको निर्माण गर्न जरुरी रहेको पत्रमा उल्लेख छ । कोभिड–१९ को सन्त्रासले विदेशमा अलपत्रझैँ रहेका नेपाली श्रमिकहरुले रोजगारी गुमाएको र उनीहरुलाई क्षतिपूर्तिसहित फर्कने, फर्केपछि रोजगारीको ग्यारेन्टी वा त्यहिँ रोजगारी सिर्जना गर्न सम्बन्धित दूताबासले भूमिका निर्वाह गर्नुपर्ने पनि फोरमको पत्रमा भनिएको छ । आठ खण्डमा समेटिएर तयार पारिएको सुझावहरुभित्र विदेशमा रहेका नेपाली श्रमिकहरुको उपचार, क्षतिपूर्ति र पुनर्एकीकरणको मागसहित फोरमले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन पनि सुझावहरु रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  ०६:१३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP