Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एउटै जहाजबाट शव र मानिसको उद्धार
एउटै जहाजबाट शव र मानिसको उद्धार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २१, २०७७
Hardik health
काठमाडौ– सरकारले एउटै जहाजबाट शव र मानिसको उद्धार गर्ने भएको छ । मलेसिया तथा खाडी मुलुकमा साढे दुई महिनादेखि अलपत्र अवस्थामा रहेका शव पनि नल्याई नहुने र नोबेल कोरोना भाइरस (कोभिड–१९) को समस्यामा रहेका नेपालीहरुको उद्धार पनि तुरुन्तै गर्नुपर्ने भएपछि एउटै विमानबाट शव र मानिसको उद्धार गर्नुपर्ने बाध्यता आएको हो । कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजीकरण गर्ने आदेश, ०७७ अनुसार चार्टर्ड गरिएको जहाजमा फर्किन चाहेका नेपालीसँगै शवलाई पनि ल्याउनुपर्ने छ । उक्त कामका लागि आदेशमा परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने भनिएको छ । दुवै मन्त्रालयले एकआपसमा समन्वय गरेर १० दिनमा २५ हजार नेपाली खाडी तथा अन्य मुलुकबाट ल्याउने भनिएको जहाजमै अलपत्र रहेका शव पनि ल्याउनुपर्ने गरी जिम्मेवारी तोकिएको आदेश पत्रमा उल्लेख छ । साथै, आदेश पत्रमा शव ल्याउन लाग्ने खर्च सम्बन्धित रोजगारदाता कम्पनीले व्यहोर्ने वा विशेष परिस्थितिमा शव ल्याउनु परेको खण्डमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट रकम चलाउन सकिने भनिएको छ । कोभिड–१९ का कारण साढे दुई महिनाको लकडाउन अवधिभर कोरोनालगायत विविध कारणले खाडीसहितका ६ देशमा २ सय २७ नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेहरुको शब नेपाल ल्याउन र नेपालमा पनि व्यवस्थापन गर्न समस्या परेकाले सरकारले यसअघि नै लकडाउनको अवधिमा गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई सान्त्वना राहतस्वरुप ५० हजार रुपैया“ दिने निर्णय गरेको थियो । यहि अनुसार ७५ परिवारले विदेशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । बोर्डले विदेशमा अन्त्येष्टि गर्न अनुमति नदिएका १ सय ५२ शव विभिन्न देशमा अलपत्र अवस्थामा रहेको जनाएको छ । बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा आएको शव घर घरसम्म पु¥याउन तयारी गरेको जनाइएको छ । विमानस्थलमा आएको शवहरुमध्ये एक दिनमा २० वटासम्म शव घरसम्म पु¥याउने बोर्डको योजना छ । यसका लागि शव वाहन, चालक र विमानस्थलबाट लैजान त्यही अनुसारको तयारी पनि भएको बताइएको छ । शव बुझ्न परिवारका सदस्य र आफन्त काठमाडौं आउन नसकेको खण्डमा बोर्डले घरसम्मै शव पु¥याउने योजना पनि बोर्डले बनाएको छ । बोर्डले जनाएअनुसार साढे दुई महिनाको अवधिमा सबैभन्दा धेरै ज्यान गुमाउने देशमा साउदीमा ५८ जना नेपालीले ज्यान गुमाएका छन् भने उनीहरुको शव उतै रोकिएको छ । साउदीपछि सबैभन्दा धेरै ज्यान गुमाउने नेपालीको संख्या मलेसियामा रहेको छ । जहाँ ५१ जना नेपालीको ज्यान गएको छ । त्यस्तै, कतारमा ३७, युएईमा ४८, कुवेतमा ११, बहराइनमा ५, दक्षिण कोरियामा ४, ओमानमा १ र अन्य देशमा ११ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  ०६:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP