Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपालीको उद्धारमा समस्या
नेपालीको उद्धारमा समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १९, २०७७
Hardik health
काठमाडौं– सरकारले खाडी मुलुक तथा मलेसियामा नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट विपत्मा परेका २५ हजार नेपालीहरुलाई उद्धार गर्ने बताए पनि उद्धारमा समस्या हुने देखिएको छ । गत शुक्रबार सरकारले १० दिन भित्र २५ हजारलाई मात्र स्वदेश ल्याउने योजना बनाएपछि त्यसभित्र नपर्नेहरुले आफूहरुलाई उद्धार नगर्नुको कारण खोज्न थालेपछि उद्धार कार्यमा समस्या देखिने भएको हो । सरकारले जसरी भए पनि नेपालीहरुको उद्धार नगरी नहुने अवस्थामा कतिपयले आफ्नै खर्चमा स्वदेश फर्कन्छु भन्दा पनि हेलचक्र्याइँ भएको भन्दै यसले ठूलो द्वन्द्व निम्तिने खतरा राजनीतिक विश्लेषक हरि रोक्काले बताएका छन् । अहिले सरकारले २५ हजारलाई मात्र भित्र्याउने भने पनि भित्र्याउनै पर्नेहरुको पहिचानसमेत नगरिएको भन्दै उनले पहिचानमा नै धेरै समय बित्ने देखेका छन् । सरकारले फागुनदेखि यसबारे तयारी गरेको भए अहिले यस्तो सास्ती नहुनेथ्यो भन्दै उनले सरकारले कोभिड–१९ को संक्रमण रोक्ने पर्याप्त समय भए पनि कुनै तयारी गर्न नसकेको बताउँदै भन्छन्, ‘हिजो भारत–नेपालबीचको २२ वटा नाकामा कडिकडाउ गरेको भए आज यस्तो दिन देख्नुपर्थेन ।’ १० दिनभित्र २५ हजारलाई स्वदेश फर्काउने सरकारी निर्णय भए पनि त्यो सुहाउँदिलो नभएको विश्लेषक रोक्का बताउँछन् । २५ हजार नभई जागिर गुमाएका २५ लाख नेपालीहरु विदेशमा रहेकाले उनीहरु सबैको उद्धारमा सरकार जुट्नुपर्ने उनको धारणा छ । त्यसो त सरकारले विदेशमा रहनेहरुको उद्धार गर्न बजेट नै छुट्टयाएको प्रति पनि उनले असन्तोष व्यक्त गरेका छन् । मलेसिया तथा खाडीका कतिपय मुलुकले नेपालीहरुलाई पठाउन टिकट नै उपलब्ध गराइदिने भनिसकेको अवस्थामा बजेट बिनियोजन गर्नु दुरुपयोग गर्ने नीतिभन्दा अरु केही नभएको उनी बताउँछन् । रोजगारीमा जाने श्रमिकहरुको रकम हिनामिना गर्न यस्तो प्रपञ्च रचिएको उनको धारणा छ । अप्ठ्यारोमा परेको कुनै श्रमिकलाई यति राहत बाँडियो ? अर्थमन्त्री र क्याबिनेटले कति राहत बाँड्यो ? यसको हिसाबकिताब नआएको सन्दर्भमा बजेटमा रकम बिनियोजन गर्नु अर्को अनियमितताको शृंखला बन्न सक्ने उनले बताएका छन् । परराष्ट्र स्रोतका अनुसार नेपालीहरुको उद्धारका सम्बन्धमा सरकारले अहिलेसम्म सरोकारवाला निकायसँग छलफल नै अगाडि बढाउन नसकेको सरकारी अधिकारीहरुले नै बताइसकेका छन् । यत्ति मात्र होइन, उनीहरुलाई स्वदेशमा ल्याइसकेपछि आन्तरिक व्यवस्थापनका बारेमा सहित सरकारले कुनै योजना बनाउन नसकेको बताइन्छ । स्रोतका अनुसार १० दिनभित्र नेपालीहरुलाई कसरी ल्याउने र कुन अवस्थामा रहेका नेपालीहरुलाई ल्याउने भनेर कार्यविधिसमेत सरकारले बनाउन सकेको छैन । हतारमा सरकारले खाडी तथा मलेसियामा रहेका नेपालीहरुलाई १० दिनभित्र उद्धार गर्ने बचन दिएपछि उ आफैँ अतालिएको बताइएको छ । सरकारलाई सरकारकै उच्च अधिकारीहरुले उक्त निर्णयलाई सार्न सुझाव दिइरहेका छन् । ती अधिकारीका अनुसार विदेशबाट ल्याइने नागरिकको स्वास्थ्य जाँच गर्ने हेल्प डेस्क, क्वारेन्टाइन र अस्पतालको व्यवस्थापन नभएसँगै उक्त समयसीमालाई पर धकेल्न सुझाव दिइएको छ । विदेशबाट १० दिनभित्र २५ हजार नेपालीहरुको उद्धार गर्ने सरकारको काममा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहकार्यमा साथ दिने बताएको छ । संघका अध्यक्ष कुमार पन्तले सरकारले तोकेको समय सीमाभित्र नेपाली ल्याउने निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि आफू तत्पर रहेको बताएका छन् । सरकारले पहिलो चरण्मा बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक वा अपांगता भएका, विद्यार्थीको उद्धार गर्ने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  ०७:०३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP