Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशबाट फर्कन चाहनेहरूको संख्यामै अलमल
विदेशबाट फर्कन चाहनेहरूको संख्यामै अलमल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १८, २०७७
ministry of employment
Hardik health
काठमाडौं– सरकारले नोबेल कोरोना भाइरस (कोभिड– १९) को महामारीको संकटमा परेका वैदेशिक रोजगारी वा विविध कारणले विदेशमा रहेकाहरूलाई फर्काउने तयारी थालनी गरे पनि फर्किन चाहनेहरूको यकिन संख्या नभएपछि अलमल उत्पन्न भएको छ । कोभिड–१९ विपत् व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले वैदेशिक रोजगारका क्रममा विपत्मा परेकाहरूमध्ये २५ हजारलाई १० दिनभित्र ल्याइने निर्णय गरे पनि समितिले ४ लाख ७ हजार र परराष्ट्र मन्त्रालयले ६ लाख तत्काल फर्किन चाहेको भनेपछि फर्कनेहरूको संख्यामा अलमल उत्पन्न भएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको बैठकले प्राथमिकताका आधारमा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णयसँगै परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण संकलन गर्ने काम थाल्ने बताइएको छ । अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई पेस गरेको प्रतिवदेन र परराष्ट्र मन्त्रालयको तथ्यांकमा तत्काल फर्किन चाहनेहरूको संख्या नै मेल खाएको छैन । केन्द्रको तथ्यांकमा भारत र अन्य मुलुकका गरी १३ लाखभन्दा बढी नेपाली फर्किन चाहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालले भने १० लाख युवाहरू वैदेशिक रोजागारीबाट फर्किन सक्ने बताएको छ । सरकारस“ग कति नेपाली वैदेशिक रोजगार, शिक्षा र भ्रमणका क्रममा मुलुकबाहिर छन् भन्ने आधिकारिक तथ्यांक नभएकाले अहिले नै फर्कन चाहनेहरूको संख्या यकीन हुन नसकेको सरकारी निकायले नै स्वीकार गरिरसकेको छ । यसरी सरकारसँग विदेशबाट कति नेपाली ल्याइने वा फर्काइने भन्ने यकीन विवरण तयार नभइरह“दा विदेशबाट ल्याइएका नेपालीहरूलाई क्वारेन्टाइनको व्यवस्थापन कहा“, कसरी गर्ने भन्ने मुख्य समस्या रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कोभिड–१९ को संकटमा यदि विदेशबाट एकैचोटी ठूलो संख्यामा नेपालीहरू फर्किएको अवस्थामा क्वारेन्टाइनको व्यवस्थापन गर्न नसकिने मन्त्रालयका प्रवक्ता सुमन घिमिरले बताएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिरामी राख्ने देशभर जम्मा १ लाख १७ हजार ४४ शैय्या छन् । पर्यटन बोर्डका अनुसार देशभर होटेलहरूमा ४० हजार बिरामी राख्ने शैय्या छन् । विदेशबाट ठूलो संख्यामा फर्किएको अवस्थामा नेपालीहरूका लागि क्वारेन्टाइन व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा व्यापक छलफल भइरहेको प्रवक्ता घिमिरेले बताएका छन् । उनका अनुसार शुक्रबार समितिको बैठकले सम्बन्धित मुलुकका दूताबासस“ग सम्पर्कमा रहेकाहरूलाई प्राथमिकताका आधारमा १० दिनभित्र नेपाल ल्याइनेछ । ‘वैदेशिक रोजगारीबाट एकैचोटी नेपालीहरू फर्किएको अवस्थामा क्वारेन्टिन व्यवस्थापन गर्न सकिँदैन त्यसैले त्यसरी एकैचोटी विदेशबाट नेपाली ल्याइँदैन,’ उनले अगाडि भने, ‘यी विविध विषयमा आइतबार समितिले केही जानकारी गराउने बताइएको छ । त्यसपछि सबै कुरा बाहिर सार्वजनिक गरिनेछ ।’ उनका अनुसार होटेल, पार्टी प्यालेसलगायत अन्य भवनलाई क्वारेन्टाइन बनाएर सहज वातावरण निर्माण गरिने तयारी भइरहेको छ । सरकारले विदेशबाट फर्किएकाहरूका लागि क्वारेन्टाइनको व्यवस्थापनका लागि प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय यादव, बागमती प्रदेशमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकी प्रदेशमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा ऊर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई संयोजनको जिम्मेवारी दिइसकेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  ०६:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP