Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण
ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २२, २०८२

मुम्बई- लन्डन र नयाँदिल्लीबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा हस्ताक्षर भएको केही महिनापछि बेलायती प्रधानमन्त्री किर स्टार्मर बुधबार भारत आइपुगेका छन् । दुई दिने यो भ्रमण स्टार्मर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच जुलाईमा लन्डनमा भएको भेटपछि भएको हो ।

यो उनको भारतको पहिलो आधिकारिक भ्रमण हो । भ्रमणबाट दुई देशबीचको आर्थिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ । उनीसँग १२५ सदस्यीय प्रतिनिधिमण्डल समेत आएको छ । प्रतिनिधिमण्डलमा ब्रिटिश एयरवेजका प्रमुख सिइओ सीन डोयल लगायत अग्रणी उद्योगपति र व्यापारिक व्यक्तित्वहरू समावेश छन् ।

लन्डनमा दुवै नेताले दीर्घ प्रतीक्षित व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । स्टार्मरले बिहीबार मोदीसँग भेटवार्ता गर्ने र त्यसपछि मुम्बईमा आयोजित फिनटेक सम्मेलनलाई संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एक विज्ञप्तिमा प्रधानमन्त्री स्टार्मरले भनेका छन् , “सन् २०२८ सम्म भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने क्रममा छ र उनीहरूसँग व्यापार छिटो र सस्तो बनाउने अवसरहरू अतुलनीय छन् ।”

Hardik health

भारत र यसको पूर्व औपनिवेशिक शासक बेलायत हाल विश्वका पाँचौँ र छैटौँ ठूलो अर्थतन्त्र हुन् । दुवै देशबीच करिब ५४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको द्विपक्षीय व्यापार र लगानीले छ लाखभन्दा बढी रोजगारीलाई समर्थन पुर्‍याएको छ । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो भ्रमणले भारत–बेलायतबीच अग्रगामी साझेदारी निर्माण गर्ने साझा दृष्टिकोणलाई पुनः पुष्टि गर्ने बहुमूल्य अवसर प्रदान गर्नेछ ।”

नयाँ सम्झौताअनुसार भारतले ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरणजस्ता ब्रिटिस वस्तुहरूमा आयात कर घटाउने भएको छ भने बेलायतले कपडा, जुत्ता र भारतबाट फ्रोजन झिँगेमाछा लगायतका खाद्य वस्तुहरूमा भन्सार शुल्क कम गर्ने सहमति जनाएको छ ।

तर प्रधानमन्त्री स्टार्मरले उद्योग क्षेत्रको दबाबका बावजुद भारतीय पेशेवरहरूका लागि भिसा पहुँच विस्तार गर्न अस्वीकार गरेका छन् । मुम्बईतर्फ जाँदै गर्दा उनले पत्रकारहरूलाई भने, “त्यो योजनाको हिस्सा होइन । हामीले हस्ताक्षर गरिसकेको व्यापार सम्झौताबाट फाइदा लिनु नै हाम्रो उद्देश्य हो—अब त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।”

यसैबीच, मानवअधिकार समूहहरूले प्रधानमन्त्री स्टार्मरलाई सन् २०१७ देखि भारतमा हिरासतमा रहेका स्कटिस सिख ब्लगर जगतर सिंह जोहलको मुद्दा उठाउन आग्रह गरेका छन् ।  जोहालमाथि दक्षिणपन्थी हिन्दू नेताहरूको हत्याको कथित षड्यन्त्रको आरोप लगाइएको थियो, तर अहिलेसम्म उनलाई दोषी ठहर गरिएको छैन । उनीविरुद्धका नौमध्ये एउटा आरोप गत मार्चमा अदालतले खारेज गरिसकेको छ ।


प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP