Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • छिमली र पट्टा नाचमा झुमे दर्शक
छिमली र पट्टा नाचमा झुमे दर्शक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २२, २०८२

तम्घास - एकादशीदेखि कोजाग्रत पूर्णिणासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्दछ । गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकी यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन वीरलै हुन्छ । 

पूर्णिमाको दिन धुर्कोट कोतमा विशेषगरी छिमली नाच, तुरी नाच, हुँ हुँ नाच, पट्टा नाच र सराय नाच प्रदर्शन गरिन्छ । मन्दिरमा भक्तजन छिमली र पट्टा नाचमा बढी झुमेका छन् । सरायबाहेकका चार प्रकारका नाच सराय नाचसँगै सम्बन्धित रहे पनि प्रदर्शन कला भने फरक छ । 

सराय नाचको सुरुमा गन्धर्वलाई अगाडि लगाइ बाजागाजाको धुनसँगै हतियार लिएर विस्तारै हुँदै छिटो–छिटो गतिमा मौला वरिपरि नाचिने नाचलाई छिमली नाच भनिन्छ । कम्तिमा तीन पटक नाचिने यस नाचमा शक्तिको प्रदर्शन, युद्धको कला र एकताको प्रतिक प्रदर्शन गरिने नाचसम्बन्धी जानकार स्थानीय एवं हिमालय माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

Hardik health

कोतमा चौथो नाचको रुपमा पट्टा नाच नाचिन्छ । यस नाचमा दुईजना प्रतिद्वन्द्वीहरु ढाल र तरबार लिई बाजाको तालमा नाचने गर्छन । अनि झुक्याएजस्तो गरी एकले अर्कोलाई प्रहार गर्दछन् । तर अर्को व्यक्ति भने जोगिन्छ । यस्तो प्रहार दुवैले कम्तीमा तीन–तीन पटक गर्छन । यो देख्दा निकै डरलाग्दो देखिन्छ । यस नाचले मिल्ने साथी–साथीबीच पनि द्वन्द्व, इष्र्या र प्रतिशोध हुने भएकाले सबैसँग सतर्क हुनुपर्ने सन्देश दिने भण्डारीले बताए । 

दुवै नाच हेर्नका लागि कोतमा हजारौँ भक्तजनको भीड रहेको थियो । अन्य ठाउँमा वीरलै प्रदर्शन गरिने, लोपोन्मुख नाच भएको एवं वर्षमा एकपटक मात्र प्रदर्शन गरिने भएकोले यी नाचको विशेष महत्व रहेको छ । स्थानीय गीता पन्थीले आफूले पहिलोपटक पट्टा नाच हेरेको बताए । “धेरै सुनेको थिए, तर हेरेकी थिइन”, उनले भने, “अहिले हेर्ने मौका मिल्यो, निकै आकर्षक हुँदोरहेछ ।” आफू कामको सिलसिलामा बाहिर भएकाले हेर्न नपाएको उनले बताए ।

मालिका गाउँपालिकाबाट आएकी वसुन्धरा घिमिरेले पनि छिमली नाच हेरेर मनोरञ्जन लिएको बताए । विगतमा एकपटक मात्र हेरेको र अहिले धेरै वर्षपछि छिमली नाच हेरेको उनले बताए । “वर्षमा एकपटक मात्रै देखाइन्छ, धेरै आकर्षक हुन्छ”, उनले भने । 

उल्लेखित नाचका साथै कोतमा भव्यताका साथ सराय पनि नाँचिएको छ । धुर्कोट दरबार अगाडिको पटागिंनीमा गोलो लाइन बनाएर दुई/दुई जनाको जोडीमा सयौँ व्यक्ति बाजा–गाजाको साथमा हातमा तरवार, खुकुरी, ढाल, खुडा, लठ्ठीलगायतका युद्धमा प्रयोग हुने हतियार लिएर सराय नाँचिएको छ । किम्बदन्ती अनुसार विसं १४६५ मा खड्गराज मल्ल धुर्कोटको राजा बनेपछि खुसियालीमा दसैँको पूर्णिमाका दिन विजय उत्सव मनाइएको सम्झनामा सराय नाच स्थानीय बताउँछन् । 

धुर्कोट कोतमा हुने छिमली, पट्टा एवं सराय नाचलाई व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्न धुर्कोट गाउँपालिकाले पनि पहल गरेको छ । पालिकाले पछिल्लो समय झण्डै रु पाँच करोडभन्दा बढी खर्चेर विभिन्न संरचना निर्माण गरेको छ । धुर्कोट दरबार परिसरमा तारबार एवं लाइटिङ, सिँढी निर्माण, सङ्ग्रहालय, मन्दिरको पुनर्निर्माणलगायतका क्षेत्रमा काम गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । “सङ्घ, प्रदेश र पालिकाको गरी पाँच करोडभन्दा बढीको काम गरेका छाैँ”, अध्यक्ष पोखरेलले भने “यस वर्ष सबैभन्दा बढी भक्तजन आउनुभएको छ ।”


प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १६:१७
#छिमली र पट्टा नाच
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP