Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियामा नेपाली कामदारहरूद्वारा दूताबासमा धर्ना
कोरियामा नेपाली कामदारहरूद्वारा दूताबासमा धर्ना
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १३, २०७७
korea-scaled.jpeg
Hardik health
काठमाडौं– दक्षिण कोरियामा नेपाली कामदारहरूले नेपाली दूताबासमा धर्ना दिएका छन् । नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि कोरियामा भिसा अवधि सकिएर नेपाल आउन नपाएका उनीहरूले तत्काल स्वदेश फर्किन पाउनुपर्ने ज्ञापन पत्रसहित आइतबार दूताबासमा धर्ना दिएका हुन् । ज्ञापनपत्रमार्फत इपिएस भाषा परीक्षा उत्तीर्ण गरी रोजागारीका लागि त्यहाँ पुगेका उनीहरूले भिसा अवधि सकिएपछि दैनिकी कष्टकर बनेको जानकारी गराउँदै तत्काल आफूहरूलाई स्वदेश फिर्ता गर्नुपर्ने माग राखेका छन् । चार वर्ष १० महिना अवधि पुगेका ‘ई नाइन भिसा’ बाहक कामदारहरू एक हजारभन्दा बढी रहेको बताइन्छ । ‘ई नाइन भिसा’ अवधि सकिएसँगै समस्यामा परेका नेपाली कामदारहरूले वैधानिक रूपमा काम गर्न नपाउने भएसँगै समस्यामा परेको उनीहरूले बताएका छन् । भिसा अवधि सकिएका नेपाली कामदारहरूले दैनिक खान, बस्नको समस्याले आफूहरू स्वदेश फिर्ता हुन चाहेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । ज्ञापन पत्रमा भनिएको छ, ‘अहिले बस्नका लागि भिसा उपलब्ध गराए पनि खाने, बस्ने र काम गर्ने अनुमति नभएकाले साह्रै दुःख, कष्टमा छौँ ।’ दूताबासको गेटबाहिर आइतबार एक घन्टा धर्ना दिएका उनीहरूले कार्यबाहक राजदूत रामसिंह थापा र श्रम सहचारी डिल्लीराम बास्तोलालाई ज्ञापनपत्र बुझाएका थिए । कार्यबाहक राजदूत थापाले ज्ञापनपत्र बुझ्दै नेपाल सरकारले निर्णय नगर्दासम्म केही गर्न नसकिने तर, आफूले सक्दो पहल गर्ने बताएका थिए । उनले कोरोनाले देशमा संकट आइपरेका बेला केही धैर्य भई बस्नसमेत आग्रह गरेका थिए । त्यस्तै, दूताबासले नेपाली कामदारलाई खान, बस्नमा कुनै समस्या भए एनआरएनलाई सम्पर्क गर्न आग्रह गरेको छ । आइतबार पहिलो चरणको भिसा सकिएको उनीहरूले पहिलो चरणका लागि भनेर कोरियाको सरकारबाट ५० दिनको थप भिसा अवधि पाएका थिए । तर, आइतबार पहिलो चरणको भिसा अवधि सकिएसँगै उनीहरूले दूताबासमा धर्ना दिन पुगेका थिए । यद्यपि, कोरिया सरकारको कानुनबमोजिम उनीहरूले दोस्रोपटकका लागि भनेर थप ५ दिनको भिसा अवधि पाएका छन् । तर, यो अवधि पनि सकियो भने अन्तिम विकल्पका रूपमा मानिने शरणार्थी भिसा पाउने बताइन्छ । जुन भिसाको अवधि एक महिना लागि हुने उनीहरू बताउँछन् । पटक–पटक भिसा थप गर्न जाँदा त्यहाँको सरकारले ‘तिमीहरूको देशले केही गर्दैन ? कति भिसा थप्न आएको ?’ भन्दै नमीठो बचन खानु परेको उनीहरू तीतो अनुभव सुनाउँछन् । खान बस्न मासिक ५० हजार नेपाली खर्च हुने, अनिवार्य बिमाअन्तर्गत मासिक १२ हजार तिर्नु पर्ने भन्दै नेपाल सरकारले आफूहरूलाई उद्धार गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०८:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP