Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • हिम आँधीले सगरमाथामा सयौँ पर्वतारोही फसे, उद्धार जारी
हिम आँधीले सगरमाथामा सयौँ पर्वतारोही फसे, उद्धार जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २०, २०८२

बेइजिङ -  चिनियाँ राष्ट्रिय बिदाको समयमा सगरमाथाको ढलानमा भारी हिमपातका कारण सयौँ पर्वतारोहीहरू फसेका छन् । उद्धारकर्ताहरूले उनीहरूलाई मद्दत गरिरहेका छन् ।

चिनियाँ राज्य मिडिया सिसिटिभीका अनुसार करिब ३५० जना पर्वतारोही टिङ्गरी क्षेत्रमा एक बैठक स्थलमा पुगेका थिए भने अन्य २०० सँग उद्धार टोली सम्पर्कमा रहेको जनाएको छ । सोमबार उद्धार प्रयासमा तत्काल नयाँ विवरण उपलब्ध थिएन ।

अघिल्लो रिपोर्टअनुसार पर्वतारोहीहरू चार हजार नौ सय मिटर (१६ हजार फिट) भन्दा माथि फसेका थिए । सगरमाथाको कुल उचाइ आठ हजार ८५० मिटर (२९ हजार फिट) छ । हिउँले बाटो अवरुद्ध हुनुअघि तल झर्ने प्रयास गरेका पर्वतारोहीहरूले बताए अनुसार टेन्टहरू हिउँले ढाकेका थिए र हिउँ करिब एक मिटर (३ फिट) गहिरो थियो ।

Hardik health

फसेका मानिसहरू तल आउन सकून् भन्ने उद्देश्यले सयौँ उद्धारकर्ताहरू आइतबार उचाईमा बाटो खाली गर्न अघि बढेका थिए । एक गाउँलेद्वारा खिचिएको भिडियोमा घोडा र गोरुका साथ लामबद्ध टोली हिउँमा घुमाउरो बाटोतिर सर्दै गरेको देखाइएको छ ।चीनमा राष्ट्रिय बिदा सुरु हुँदा पश्चिमी क्षेत्रहरूमा हिम आँधी आएको थियो । किङ्घाई प्रान्तको उत्तरी भागमा एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगबाट मृत्यु भएको थियो भने १३७ जनालाई उद्धार गरिएको सिसिटिभीले सोमबार जनाएको छ ।

 करिब चार हजार मिटर (१३ हजार एक सय फिट) उचाइ भएको मेनयुआन काउन्टीमा अप्रत्याशित मौसम र निरन्तर हिमपातका कारण खोजी कठिन भएको छ ।   चीनमा माउन्ट कोमोलङ्मा भनेर चिनिने सगरमाथा चीन र नेपालको सीमामा फैलिएको छ । त्यहाँ हालैको भारी वर्षाले ४० भन्दा बढीको ज्यान लिएको थियो ।

पर्वतारोहीहरू आधार शिविरबाट विश्वको सर्वोच्च शिखर आरोहण गर्ने प्रयास गर्छन् ।जनवरीमा सोही क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो । सगरमाथाको चिनियाँ पक्ष तिब्बतमा पर्ने हुँदा दुर्गम क्षेत्र मानिन्छ । त्यहाँ सरकारले सडक र पर्यटन विकासका लागि ठूलो रकम लगानी गरेको छ ।
 


प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
सौराहामा पर्यटक बढ्दै
सौराहामा पर्यटक बढ्दै बुधबार, असोज २२, २०८२
घट्यो अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या
घट्यो अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या बुधबार, असोज २२, २०८२
सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोही सकुशल उद्धार
सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोही सकुशल उद्धार बुधबार, असोज २२, २०८२
भित्रिए ७८ हजार विदेशी पर्यटक
भित्रिए ७८ हजार विदेशी पर्यटक बुधबार, असोज २२, २०८२
खुम्बुमा असोजमै हिमपात
खुम्बुमा असोजमै हिमपात मंगलबार, असोज २१, २०८२
पदयात्रामा रहेका  १२ जनाको सकुशल उद्धार
पदयात्रामा रहेका १२ जनाको सकुशल उद्धार मंगलबार, असोज २१, २०८२
पर्यटकको आकर्षण केन्द्र साल्पा–सिलिचुङ क्षेत्र
पर्यटकको आकर्षण केन्द्र साल्पा–सिलिचुङ क्षेत्र मंगलबार, असोज २१, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP