Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #एफडब्लुएलडी
  • #दुर्गा प्रसाईं
  • #सुक्खा_बन्दरगाह
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #‘द चेन्ज’
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
Search Here
समाचार
  • Home
  • समाचार
  • जेन–जी आन्दोलनमा लुटिएका हतियारले बढायो सुरक्षा चुनौती
१२ सयभन्दा बढी हतियार लुटिए, अधिकांश अझै भएन फिर्ता जेन–जी आन्दोलनमा लुटिएका हतियारले बढायो सुरक्षा चुनौती
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, असोज ८, २०८२

 

  • जेन–जी आन्दोलनका क्रममा राइफल र पेस्तोल एक हजार २७६ थान लुटिए
  • लुटिएकामध्ये केही फिर्ता, अधिकांश फिर्ता गर्न बाँकी
  • लुटिएका हतियारले बढायो समाजमा असुरक्षा र त्रास
  • प्रहरी प्रवक्ता भन्छन्– लुट्नेलाई पक्राउ गर्ने र हतियार फिर्ता गराउने क्रम जारी छ

काठमाडौं- चामत्कारिक रूपमा देशको सत्तापलट गरेको दुईदिने जेन–जी आन्दोलनमा आन्दोलनकारीहरूले प्रहरीका एक हजार २७६ थान राइफल र पेस्तोल लुटेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार आन्दोलनकारीहरूले प्रहरीका हतियार लुटेको जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा हो ।

सदिन बिहानैदेखि प्रहरी चौकीहरूमा लुटपाट, आगजनी र प्रहरीका जवानदेखि असईसम्मको हत्या भएको थियो ।
डिआइजी घिमिरेले हतियार लुटपाट गर्नेलाई पक्राउ गर्नेदेखि उनीहरूबाट हतियारलाई फिर्ता लिने काम भइरहेको बताए । तर, अझै लुटिएकामध्ये अधिकांश हतियार फिर्ता लिन बाँकी रहेको उनको भनाइ छ । प्रहरीको आन्तरिक अभिलेखअनुसार आन्दोलनपछि ९८ हजार ४९१ थान गोलीको अत्तोपत्तो छैन । आन्दोलनमा प्रहरीले कति प्रहार गरे ? त्यो पनि खुल्न बाँकी छ । 

Hardik health

रबरको गोली पनि एक हजार ३१५ वटा अभिलेखमा छैनन् । यो गोली तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन घुँडामुनी लाग्नेगरी प्रहार गरिन्छ । जेन–जी आन्दोलनको क्रममा सुरुमा प्रहरीले रबरको गोली प्रहार गरेका थिए । पछि आत्मरक्षाका लागि भन्दै धातुका गोली प्रहार गरे । यी दुवैखाले गोली अभिलेखमा कम देखिएको प्रवक्ता घिमिरे बताउँछन् । आन्दोलनको क्रममा दुई दिनमा दुई हजार २२० पटक हवाइ फायर भएको देखिएको छ । काठमाडौं उपत्यकासँगै चितवन, हेटौंडा, इटहरी, सुनसरी, झापा, जनकपुरधाम, पोखरा, बुटवल, वीरेन्द्रनगर, वीरगञ्जलगायत ठाउँमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो । त्यसअघि तीन हजार २२३ वटा अश्रुग्यास पनि प्रहार गरेको प्रहरीको अभिलेखमा छ ।

प्रहरीबाट लुटिएका हतियार बुझाउन नेपाली सेनाले भदौको २५ गते आह्वान गरेको थियो, त्यसबेला सेनाले देशमा शान्ति र सुरक्षाको जिम्मा लिएको थियो । नेपाल प्रहरीले पनि सोही दिन आन्दोलनका क्रममा आन्दोलनकारीले लुटेका हतियार फिर्ता गर्न सूचना जारी गरेको थियो । कतिले सूचनाअनुसार हतियार बुझाएका छन् । कतिपयले भने नबुझाएर अटेर गरेका छन् । नेपाल प्रहरीका पूर्वएआइजी बसन्तकुमार लामा हतियारले समाजमा आतंक सिर्जना हुने बताउँछन् । नागरिकले असुरक्षा महसुस गर्छन् । त्यही भएर जेन–जी आन्दोलनकारीहरू वा आन्दोलनको क्रममा लुटेका अन्यले प्रहरीलाई हतियार बुझाउनुपर्ने र प्रहरीले पनि गम्भीर ढंगले खोजतलास गर्नुपर्ने बताए ।

‘हतियारले समाजमा असुरक्षा बढाउँछ । नागरिकमा त्रास उत्पन्न गराउँछ, त्यसो हुनाले हतियार खोजतलास गरेर नियन्त्रणमा लिनुपर्छ,’ उनले प्रभावसँग भने ।  प्रहरीबाट लुटिएका हतियारहरू घातक छन् । तिनै हतियार प्रहरीले आन्दोलनको पहिलो र दोस्रो दिन चलाउँदा ७४ जनाले ज्यान गुमाउनुप¥यो । देशभरमा चार हजार बढी घाइते छन् । केहीको अवस्था चिन्ताजनक छ ।  यसबाट नै प्रहरीबाट खोसिएका हतियारहरू कति घातक छन् भन्ने प्रस्ट हुन्छ । ती हतियारहरू नेपाली सेनाले प्रहरीलाई दिएका हुन् ।

प्रहरीबाट हालै लुटिएको चाइनिज पेस्तोल (सानो) को क्षमता सात राउण्ड हुन्छ । आत्मरक्षा र छोटो दूरीमा प्रहार गर्न यस्तो पेस्तोल उपयुक्त हुन्छ । नाइन एमएम चाइनिज पेस्तोल (ठूलो) को क्षमता १५ राउण्डको हुन्छ, जुन अर्धस्वचालित हतियार हो । ५० मिटरसम्म प्रहार गर्न यो हतियार सक्षम हुन्छ ।  डबल एक्सन रिभल्भरले ३० मिटरसम्म प्रहार गर्छ । अर्धस्वचालित इण्डियन स्मल आर्म सिस्टम, जसलाई इन्सास भनिन्छ, ३० राउण्ड क्षमताको इन्सास ४०० मिटरसम्म निसाना लगाउन सक्षम हुन्छ । २० राउण्ड क्षमताको अर्धस्वचालित सेल्फ लोडिङ राइफल (एसएलआर) ले ८०० मिटर दूरीसम्म निसाना लगाउन सक्ने प्रहरी बताउँछन् ।

यी सबै खालका हतियार प्रहरीले जेन–जी आन्दोलनमा प्रयोग गरेको देखिएको छ । तिनै हतियार प्रहरीबाट आन्दोलनकारीहरूले लुटेका हुन् । यसबारे खोजबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग भइरहेको छ । 
 


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपिएलमा सट्टाबाजी गर्ने ८ भारतीय नागरिक पक्राउ
एनपिएलमा सट्टाबाजी गर्ने ८ भारतीय नागरिक पक्राउ सोमबार, मंसिर ८, २०८२
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, मंसिर ५, २०८२
सुन्धारा कारागारबाट फरार कैदी पक्राउ
सुन्धारा कारागारबाट फरार कैदी पक्राउ बिहीबार, मंसिर ४, २०८२
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ बुधबार, मंसिर ३, २०८२
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बयालिस लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ मंगलबार, मंसिर २, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP