Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • आन्तरिक पर्यटनलाई बढावा दिने प्याकेज ल्याउनुपर्छ
आन्तरिक पर्यटनलाई बढावा दिने प्याकेज ल्याउनुपर्छ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २, २०७७
राजेन्द्र कुँवर । नेपाल कै पर्यटकीय केन्द्र ठमेलमा विगत २२ वर्षदेखि पर्यटनसँग सम्बन्धित रहँदै आएका व्यवसायी । नेपाल भित्रने हरेक पर्यटकहरूले एकपटक पाइलो हाल्ने ठमेलमा विगत १८ वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै ट्राभल एजेन्सीमार्फत समेत पर्यटकको सहायतामा जोडिँदै आएका कुँवर पछिल्ला दिनमा सामाजिक सेवाको अभियानमा जोडिएका छन् । उनले हालै मात्र पश्चिम ठमेल पर्यटन परिषद् गठनपछि सहकोषाध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । सरकारद्वारा कोरोना नियन्त्रणका लागि घोषित गरेको आज ५३औँ दिनसम्म लगाताररूपमा सामाजिक कार्यमा खटिएका कुँवरले आफूले सकेसम्म गरिव एवं मजदुरी गर्ने वर्गको हितमा लागि रहने प्रण गरे । लकडाउनका कारण आफूलगायत सम्पूर्ण व्यवसायीलाई परेको आर्थिक संकटमा सरकारले सम्बोधन गर्ने माग गर्दै, समयमा कर तिर्दै आएको भन्दै अप्ठेरो अवस्थामा सरकारले व्यवसायीको मागमा सम्बोधन गर्नुपर्ने उनले बताए । प्रस्तुत छ, उनीसँग व्यवसाय र हालको परिवेशका सम्बन्धमा रहेर प्रभाव दैनिकका लागि गरिएको कुराकानीको सारसंक्षेपः हाल विश्वमा फैलिएको कोभिड–१९ को महामारीले पर्यटन खास गरी होटेल व्यवसायलाई कस्तो असर पुगेको छ ? — कोरोना भाइरसको असर सबै उद्योग र ब्यवसायलाई परेको छ सबैभन्दा ठूलो नकारात्मक असर पर्यटन व्यवसायको होटेल व्यवसाय धरासायी अवस्थामा पुगेको छ । यो व्यवसाय शुद्ध सेवामूलक पर्यटक तथा यात्रीलाई आवास, खानपान, मनोरन्जन गराउने हो । महामारीको नियन्त्रणका लागि बाह्य तथा आन्तरिक उडान, यातायात, आवातजावतमाथि पूर्णप्रतिबन्ध लागेको अवस्थामा होटेल व्यवसाय चल्न सक्ने प्रश्नै आउँदैन । एकातर्फ होटेलको आम्दानी शून्य छ भने अर्कोतर्फ कर्मचारी व्यवस्थापन र उनीहरूको रोजगारीको सुनिश्चितता, घर तथा व्यवसाय सञ्चालन भाडा, बैंकको किस्ता र ब्याज, बत्ती, पानी आदिको शुल्क समायोजना गर्न अति कठिन छ । कोभिड–१९को असरले थला परेको होटेल ब्यवसायलाई उकास्न सम्बन्धित निकाय जस्तै पर्यटन विभाग, मन्त्रालयले कस्तो किसिमको भूमिका निर्वाह गर्नुपर्छ ? – होटेल व्यवसाय आफै धेरै रोजगारी दिने धेरै राजश्व उठ्ने ब्यवसाय हो । यसलाई टिकाई राख्न सरकारले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ जुन अहिले सबै होटेल ब्यबसायी यसको अपेक्षा गर्दछन् । अहिलेको यस बिषम परिस्थिती र यसले पार्ने दीर्घकालीन असरलाई ध्यानमा राखी बैंकको ब्याज तथा सावाँमा छुट, घर भाडा छुट र कर्मचारीलाई तलब सुबिधाको समायोजन आदी तुरुन्तै गर्न आवश्यक छ नत्र धेरै ब्यबसायी पलायन हुने परिस्थिती आउने सम्भावना देखिन्छ । कतिपय घर तथा जग्गा धनीहरूको आयआर्जनको श्रोत नै घर भाडा हुनसक्छ । तर, कतिपयलाई केही समयका लागी भाडा छुट दि“दा पनि असर नपर्ने किसिमका छन् । ती सबैको उचित पहिचान गरी सरकारी स्तरबाटै आग्रह नभै कडा निर्देशन दिइनु जरुरी छ । त्यसैगरी होटेलमा आश्रित मजदुरहरूलाई बिषम परिस्थितीको अवधी भर १२ प्रतिशत तलब सुबिधा दिने होटेल एसोसिएसन नेपालको निर्णय लागु हुनुपर्दछ । बिनियोजित १२ प्रतिशत अपुग भएमा सरकारी स्तरबाटै उनीहरूको समस्या समाधान गरिनुपर्दछ । आन्तरिक पर्यटन प्रबद्र्धन गर्न कस्ता तयारीहरू गर्नुपर्दछ र यसमा देखिने चुनौतीहरू कसरी समाधान गर्न सकिन्छ ? — नेपाल मध्यम तथा निम्न आय आर्जित बर्गका पर्यटकहरूको गन्तब्यको रूपमा चिनिन्छ । कोभिड–१९ को असर दीर्घकाल लम्बिने हु“दा ती बर्गका मानिसहरूको रोजगारी गुम्ने, आस्रित ब्यबसाय अनुकुल नहुने र कोरोना भाईरस ब्यक्तिब्यक्तिको संक्रमणको डर आदी कारणले वाह्य पर्यटकको आगमन प्रायः अनिश्चित छ । एक अध्ययन अनुसार नेपाल आउने वाह्य पर्यटक भन्दा नेपालबाट वाह्य मुलुकमा जाने पर्यटक बढी छन् र खर्च पनि । नेपालभित्रै नयाँ–नयाँ गन्तब्यको पर्याप्त प्रचार–प्रसार गर्ने । सरकारी, अर्धसरकारी, गैह्र सरकारी निकायका कर्मचारीहरूलाई नेपालभित्र कै ठाउँहरूमा जान प्रोत्साहित गर्नु पर्दछ । ‘जाउँ है पोखरा’, जाउँ है चितवन’, जस्तै ‘जाउँ है खुम्बु,’ ‘जाउँ है डोल्पा’ जस्ता अभियन चलाउन जरुरी छ । नेपालका पर्यटकीयस्थलका रूपमा चितवन र पोखरालाई मात्र परिभाषित गर्नुभन्दा नयाँ नयाँ गन्तव्यको पहिचान गरी ती ठाउँहरूप्रति पर्यटकलाई आकर्षित गराउनेतर्फ ध्यान दिनु जरुरी हुन्छ । पर्यटन प्रवद्र्धनमा लकडाउनपछि व्यवसायी र सरकारको तयारी कस्तो हुनुपर्छ ? — पहिलो कुरा सरकारले व्यवसायीलाई व्यवसायबाट पलायन हुनुपर्ने अवस्थाबाट मुक्त गराउनुपर्दछ । सरकारले कुनै व्यवसायीको समस्यालाई सम्बोधन नगर्ने हो भने व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको छ । सरकारले कुनै न कुनै माध्यमबाट व्यवसायीलाई राहत एवं व्यवसायीको समस्यामा साथ दिने प्रयास गर्नुपर्छ । साथै, नयाँ नयाँ पर्यटकीय स्थलको पहिचान गरी त्यस स्थानहरूको प्रवद्र्धन गर्नुका साथै व्यवसायीले पनि नाफामुखी मात्र नभएर पर्यटकलाई भरिपूर्ण मनोरञ्जनका साथै पूर्ण सन्तुष्टि दिलाउने प्याकेज बनाउनु पर्दछ । अब विश्वनै कोरोनाका कारण समस्यामा परेको हुनाले नेपाल भ्रमणका लागि विदेशबाट पर्यटक आउने संख्यामा कमी हुने निश्चित छ, त्यसैले सरकार र व्यवसायी मिलेर नेपालकै आन्तरिक पर्यटकलाई टार्गेट गरेर विभिन्न योजना र प्याकेजहरू ल्याउनुपर्दछ । लकडाउनको समयमा के गर्दै हुनुहुन्छ ? — यो बन्दाबन्दीको अवस्थामा घरैमा आइसोलेसन भएर बस्नु पर्ने हो यद्यपी म आङ्खनो समय लकडाउनको कारणले रोकिएका पर्यटक र दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका मजदुरहरूको उद्धारमा लागेको छु । केही हप्ताअघि होटेल नपाएर रोकिएका पर्यटकको उद्धार गरी मेरै होटेलमा बस्ने तथा खाने व्यवस्था गरेँ । केही पर्यटक सुरक्षित रूपमा आङ्खनो मुलुक फर्कीसकेका छन् भने केही अझै होटेलमा नै छन् । त्यसकाममा सहयोग गरेका सम्बन्धित देशका दूताबासहरूले धन्यवाद समेत दिएकाले सामाजिक काममा लाग्नुपर्ने थप प्रेरणा मिलेको छ । तपाईं संलग्न संस्था पश्चिम ठमेल पर्यटन परिषद्ले बन्दाबन्दीको समयमा के गर्दै हुनुहुन्छ ? — पश्चिम ठमेल पर्यटन परिषदको अगुवाइमा बिगत ४० दिनदेखि दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गका मजदुर, अत्यन्त निम्न आयआर्जन गर्ने वर्ग, सडक बालबालिका आदीलाई दैनिक २०० भन्दा बढीलाई बिहान बेलुका खाना खुवाउने राहत सामग्री बितरण गर्ने कार्य जारी छ । कुनै कुनै समय दिउँसोको खाजा समेत खुवाउने ब्यबस्था गर्दै आएका छौं । पश्चिम ठमेल पर्यटन परिषद्को यस अभियानमा जुनेली नेपाल, तातोखाना र लकडाउन लञ्च नामक संस्थाहरूले साथ दिँदै आएका छन् । वडा कार्यालयको समन्वयमा दैनिक चारसय भन्दा बढीलाई खाना खुवाइरहेका छौं । काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित कालधारा, पकनाजोल, क्षेत्रपाटी र सोह्रखुट्टेलगायत क्षेत्रलाई स्यानिटाइज्ड गर्ने काम पनि गरिएको छ । अब आजदेखि सधैं खान आउने निम्नवर्गीय व्यक्तिहरूलाई कुपन सिस्टम लागू गर्नुपर्ने बाध्यता आएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  ०५:५१
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप अन्तर्वार्ता
‘लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ’
‘लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ’ आइतबार, जेठ १८, २०८२
चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई
चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई शुक्रबार, वैशाख २६, २०८२
राजनीतिमा आउने नभएकाे र निर्देशनमा पनि नलाग्ने : हरिवंश आचार्य
राजनीतिमा आउने नभएकाे र निर्देशनमा पनि नलाग्ने : हरिवंश आचार्य मंगलबार, वैशाख १६, २०८२
नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे
नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे शुक्रबार, वैशाख ५, २०८२
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल बुधबार, चैत २७, २०८१
 प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन
 प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन आइतबार, फागुन ४, २०८१
संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह
संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह सोमबार, पुस २९, २०८१
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP