Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सञ्चारकर्मीहरू र रौतहटबासीलाई निःशुल्क दन्त सेवा
सञ्चारकर्मीहरू र रौतहटबासीलाई निःशुल्क दन्त सेवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २८, २०७७
p 4
RBB RBB
काठमाडौं–तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालले कोरोनाको बेला पनि उच्च जोखिम मोलेर समाचार संकलनमा खटिने सञ्चारकर्मीहरू र रौतहटबासीलाई शुक्रबारबाट निःशुल्क दन्त सेवा प्रदान गर्ने भएको छ । ओम डेन्टल समाज होमका डाक्टरहरूको सहयोगमा सञ्चारकर्मीहरूलाई उक्त सेवा प्रदान गर्न सञ्चार केन्द्र नेपालले दन्त सेवा कार्यको सुरुवात गरेको हो । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले दन्त सेवा परीक्षण स्टलको उद्घाटन गर्दै कोरोना भाइरस (कोभिड १९)को संन्त्रासका बीच पनि समाचार संकलनका लागि फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरूलाई निःशुल्क दन्त सेवा उपलब्ध गराउने कार्य सह्रानिय भएको बताए । मुखको सफाईले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै नेता नेपालले सञ्चारकर्मीहरूलाई ध्यानमा राखेर उपचार कार्यक्रमको आयोजना गर्नु उपयुक्त समयमा महत्वपूर्ण कार्य भएको बताए । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट नेपाल कम संक्रमित भएको देशका रूपमा रहनु सुखद भएको बताउँदै भावी दिनमा समेत संकट टार्नको लागि सबैले सचेतना अपनाउन आग्रह गरे । अहिलेको अवस्थामा कोरोना नियन्त्रणमा सरकारले चालेका कदमहरू प्रभावकारी भएको भन्दै यसलाई थप प्रभावकारी बनाउन जरुरी भएको नेता नेपालको भनाई थियो । कार्यक्रममा ओम डेन्टल समाज होमका डाक्टर सुवास घिमिरेले केही गरौँ भन्ने भावनाका साथ आफूहरूले निशुल्क रूपमा यो सेवा प्रदान गरेको बताए । आफूहरूले विगतमा पनि मुलुक संकटमा पर्दा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जानकारी गराउँदै सञ्चार केन्द्र नेपालस“गको सम्झौता गरेअनुरूप उपत्यकाका सबै सञ्चारकर्मीहरूको निःशुल्क दन्त परीक्षण र उपचार गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रमुख अतिथि नेपालसहित वरिष्ठ पत्रकारहरू पुरु रिसाल, तीर्थ कोइराला, शम्भु श्रेष्ठ, बालकृष्ण बस्नेत, दामोदर प्रसाद दवाडी, सागर पण्डित, विएन दाहाल, टंक पन्तसहित दुई दर्जन पत्रकारहरूले दाँतको उपचार गराएका थिए । सो क्रममा बोल्दै डा. घिमिरेले मानव स्वास्थ्यका लागि दाँत सफाई महत्वपूर्ण हुने भन्दै सफाईका तरिकासमेत बताए । कार्यक्रममा सञ्चार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले समाचार संकलनमा फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरू र रौतहटबासीहरूसमेत लाभान्वित हुने गरी कार्यक्रम राखिएको बताए । उपत्यकामा खटिने सम्पूर्ण सञ्चारकर्मीहरूलाई यो सेवा लिनका लागि विजुलीबजारस्थित सञ्चार केन्द्र नेपालको हलमा सबैलाई आमन्त्रण गर्दै चौलागाईंले भने, ‘लकडाउनका बीचमा दाँतको दुखाईमा पर्नु भई हिँड्डुल गर्न नसक्ने सञ्चारकर्मीहरूको घर घरमै डाक्टरसहितको टिम नै परिचालन उपचार गर्न सकिने व्यवस्था मिलाएका छौँ, समस्या परे खबर गर्नुहोला ।’
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप प्रवास
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित सोमबार, वैशाख २२, २०८२
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित
एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित आइतबार, वैशाख २१, २०८२
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन
एनआरएनए निर्वाचन समितिले गर्‍यो प्रथम मतदाता नामावली प्रकाशन मंगलबार, वैशाख १६, २०८२
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज 
एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज  सोमबार, चैत २५, २०८१
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान
वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान बिहीबार, चैत २१, २०८१
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने
एनआरएनएको सदस्य बन्न एक साता म्याद थपिने सोमबार, चैत १८, २०८१
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य
माल्टा सम्मेलनको नाममा जथाभावी खर्च बन्द गर: पूर्व युरोप संयोजक  आचार्य बिहीबार, चैत ७, २०८१
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP