Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार
सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २, २०८२

गोरखा- ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा पनि गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर । आफूजस्तै दिनरात श्रम गरेर खाने दाैँतरीहरुसँग उनको समय बित्छ । 

लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्दै आएका  छन् । घरले चर्चेको बाहेक कति पनि जग्गा नभएका उहनलाई असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के । ‘थुक्ने जग्गा पनि आफ्नो छैन,’ उनी भन्छन्,‘सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गामा सरकारले बनाइदिएको सानो घर र दुई /चारवटा कुखुरा छन्  । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छ ।’ राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ रहेको छ । तीमध्ये गोरखाका चेतबहादुरको आठ सदस्य पनि विगत ४५ वर्षदेखि यही बसोबास गर्दै आएको छ । उहाँ २०३८ सालमा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आउनुभएको थियो । आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको चेतबहादुर बताउँछन् । ‘१० वर्षको हुँदा बा बित्नुभयो, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ’, उनले भने,‘यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन् । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’भनेपछि जानै पर्यो ।’

उनका दिदीबहिनी दुवैले तेह्रकिलो बजारमा बिहे गरेकाले आफूहरु पनि दिदीबहिनी नजिकै बस्न आएको उनले बताए । ‘दुवैजनाले क्षेत्रीसँग बिहे गरेछन् । दिदीको बुढा गाडी चालक थिए, हामी पनि दिदीकै रेखदेखमा यहीँ बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर सवारी सहयोगीको काम गरेँ,’ उनले भने । 

खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरु नवलपरासी पनि पुगेको उनी बताए । उनले भने,‘यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेपछि हामी आमा छोरा नवलपरासी पनि झर्याैँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्नुहुन्थ्यो । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन, अनि एक वर्षपछि तेह्रकिलोमै फर्कियौँ । म यहाँ आको केही वर्षपछि आमा पनि फर्किनुभयो ।’ चेतबहादुरले २०–२२ वर्षको उमेरमा नजिकैको पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गरे । बिहेपछि पैसा कमाउने लालसाले दुईपटक कतार र एकपटक साउदी पनि पुगे । चेतबहादुर र कमलाको दुई छोरा र एक छोरी छन् । उनीहरुको जेठो छोरो अनिल अर्काको गाडी चलाउँछन् । छोरी अनिता तेह्रकिलोकै मगर परिवारमा बिहे गरेर गएकी छिन् भने कान्छो छोरो अशोक हाल वैदेशिक रोजगारीमा छन् । हाल उनको परिवारमा दुई छोरा, बुहारीहरु, तीनजना नाति र एक नातिनी छन् ।

हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको उनले बताए । उनलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । न उनले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ गरेका छन् । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखेर भने उनी खुसी छन् । ‘अन्ततिरको कुसुन्डाहरुले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिको बारेमा केही थाहा हुन्थ्यो होलल’, उनले भने । आफूहरुले अरू हिन्दूहरुसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताए । उनले भने,‘दसैँ, तिहार सबै मनाउँछौँ । अरूहरुले सरह नै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौं । हाम्रो कुलायन पूजामा चाहिँ भाले चढाउनु पर्छ ।’
 


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १५:५९
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
घरखर्च चलाउने आम्दानीकाे बाटाे निहुरो
घरखर्च चलाउने आम्दानीकाे बाटाे निहुरो बुधबार, साउन १४, २०८२
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’
‘स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ’ सोमबार, साउन १२, २०८२
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा आइतबार, साउन ११, २०८२
कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा
कीर्तिमानी निर्यातमा आयातित भटमास र सूर्यमुखी तेलको आधा हिस्सा मंगलबार, साउन ६, २०८२
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर आइतबार, असार २९, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP