Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #हुक्कालोली
Search Here
कृषि
  • Home
  • कृषि
  • साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ
साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १, २०८२

महोत्तरी- साउन अन्तिम साताको अनुकूल वर्षा भएसँगै महोत्तरीमा करिब ७५ रोपाइँ भएको छ ।  साउनको अन्तिम साता दिनहुँजसो पानी परेपछि धमाधम रोपाइँ भई करिब तीन भाग जमिनमा धानखेती भएको हो । 

साउन दोस्रो सातासम्म करिब ३) प्रतिशत मात्र रोपाइँ भएकामा तेस्रो साता बित्दा लगभग ४५ प्रतिशत पुगेको र मसान्तसम्म  करिब ७५ प्र्रतिशतको हाराहारी रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । ‘साउनको पछिल्लो साता आकासे पानीले पनि साथ दियो, किसानले भूमिगत जलस्रोतका विकल्पलाई निकै उपयोग गरे, यसले रोपाइँ बढाउन मद्दत ग¥यो’ बालीविज्ञसमेत रहनुभएका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो भने,‘साउन सकिदासकिँदै धान रोपाइँ ७५ प्रतिशतको हाराहारी पुग्यो ।’ मधेशका अन्य जिल्लाको तुलनामा निकैपछि परेको महोत्तरीको धान रोपाइँले साउन तेस्रो साताको प्रारम्भदेखि नै गति लिएको हो । इनार, डिपबोरिङ र स्यालो ट्युवबेलबाट मोटरपम्प र पम्पसेटले पानी तानेर रोपाइँ गरिरहेका किसानलाई साउनको अन्त्यतिर लगातार परेको पानीले निकै राहत दियो ।
 
‘साउन दोस्रो सातासम्म एक कठ्ठा हिल्याउन तीन घण्टा बढी मोटरपम्प र पम्पसेट चलाउनु पथ्र्यो, त्यसयता अलिअलि पानी पर्न थालेपछि तानेको पानी चाँडै लाग्दा सहज हुँदैगयो’ भङ्गाहा–५ सिद्धपुरका शनिश्चर बाँतर भन्छन्,‘साउन अन्तिम साता सुरु भएसँगै माटो गालेर पानी पर्न थाल्यो, यसले रोपाइँलाई निकै मद्दत ग¥यो । आफ्नो बस्तीमा साउन सकिदासकिँदै रोपाइँ पनि सकियो, अहिले यहाँका स्थानीय किसान खुसी छन् ।’साउन मध्ययता दिनहुँजसो परेको पानीले यहाँका किसानलाई अब भने धान भित्रिने आस जागेको छ । मध्य साउनपछिको वर्षा धानखेतीलाई अमृत झैँं भएको किसान बताउँछन् । बाँतरकै छिमेकी रामनारायण झा भन्छन्,‘दुःखले धान रोपियो, अब मङ्सिरमा केही धान भित्रिने आस जाग्यो ।’ जिल्लामा सुदूरउत्तर, पूर्वीभेग र मध्यसम्म रोपाइँ राम्रो भए पनि दक्षिणपश्चिमी भेगमा भने अझै पनि पानी अपुग छ । जिल्लाका १५ स्थानीयतहमध्ये मनराशीशवा, सम्सी, एकडारा र सोनमासहितका पाँच÷छ पालिकामा पानी अपूग हुँदा रोपाइँपछि परेको किसानको भनाइ छ । ‘हामीकहाँ पानी पुगेन, भूमिगत जलस्रोत पनि भरपर्दो हुनसकेन, त्यसैले रोपाइँपछि प¥यो,’ मनराशीशवा नगरपालिकाको साँढा बस्तीका चन्द्रभूषण मौव्वार भन्छन्,‘अब त रोप्ने बेला पनि घर्कियो, सरकारले किसानलाई समयमै अरु बाली लगाउन भरथेग गर्नुपर्छ ।’

जिल्लाका केही भेगमा रोपाइँपछि परेपनि अधिकांश भेगमा भने किसानले मरिहत्ते गरेर धान रोपेका छन् ।‘साउन तेस्रो साताको प्रारम्भसँगै अलिअलि पानी पर्न थालेपछि रोपाइँले गति लिएको हो, पानी पर्न थालेपछि भूमिगत पानीको सिँचाइ सहज र कम खर्चिलो भएसँगै किसानले रोपाइँको गति बढाएका हुन्’ कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका सूचना अधिकारी महतो भन्छन्,‘साउन चौथोसाता लागेपछि त ठाउँठाउँमा परेकै पानीले रोपाइँ हुन थाल्यो, कतिपय ठाउँमा भूमिगत जलस्रोतको पानीलाई वर्षाले साथ दियो ।’ साउन अन्तिम साताको वर्षाले यसअघि रोपिएको धान जगाउन र रोपाइँ बढाउन निकै राहत मिलेको महतो बताए । जिल्लामा अहिलेसम्म करिब ३३ हजार ३५० हेक्टरमा रोपाइँ भएको छ । यो धानखेती गरिने कूल ४५ हजार हेक्टरको ७५ प्रतिशतको हाराहारी हो ।  

Hardik health

साउन मध्ययता इनार, स्यालोट्युवबेल र डिपबोरिङबाट तानिएको पानीले वर्षाको साथ पाउँदा कम समयमा बढी खेत हिल्याउन सहयोग पुगेको किसान बताए । पानी परिरहँदा भूमिगत तानिएको पानीले चाँडै  खेत हिल्याउन सहयोग पुगेको किसानको भनाइ छ । ‘कसैगरी धान रोपियो, मोटरपम्प र पम्पसेटबाट तानिएको पानीमा वर्षाको साथ मिल्यो,’बर्दिबास–७ प्रेमनगरका किसान रामऔतार महतो भन्छन्,‘हामीकहाँ अब लगभग धान रोपाइँ सकियो ।’ साउन १५ यता दिनहुँजसो केहीबेर पानी पर्दै आएपछि त्यसअघिको धजा फाटेको खेतको रोपो हरियो भएर लहलहाएपछि अबचाहीँ घरमा धान भित्रिने आस जागेको महतोको भनाइ छ ।  साउन सकिँदा पनि किसान अझै रोपाइँमा धसिएका छन् । अब बढीमा दुई/तीन दिन अझै रोपाइँ चल्ने कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका कृषिविज्ञको भनाइ छ । किसानको तयारी अवस्थालाई हेर्दा रोपाइँ ८० प्रतिशत पुग्ने अनुमान गरिएको कार्यालयका सूचना अधिकारी महतो बताउनुहुन्छ । यद्यपि अब यसपाली खरुअन (कलम) नहुर्कदा मूल बीउको रोपो एक/दुई दिनभन्दा बढी लम्ब्याउन नहुने किसानलाई बालीविज्ञको सुझाव छ । यसपालि लामो खडेरीले असार २२ भित्र सक्नुपर्ने बीउ रोपो किसान अझै रोप्दैछन् । खरुअन (कलम) लगाउन यसअघिको रोपो नगाजिँदा अहिले पनि बीउ रोप नै चलाउनु परेको किसानको भनाइ छ । यसपाली बीउ ब्याडमै कैयौँ चोटी सुक्दा किसानले पटकपटक ब्याड राख्नुपरेको थियो । पछि  बीउकै अभावले कतिपय किसानले पानी अनुकूल हुँदा पनि रोपाइँ बढाउन सकेनन् ।  

यसपालि रोपाइँ ढिलो भएको हुँदा अस्वभाविक रुपमा कीरा र रोगको प्रकोप सुरु हुनसक्नेतर्फ सचेत रहन र तत्काल सल्लाह लिन कृषि विज्ञले किसानलाई सुझाएका छन् । यसैगरी साउन मध्यअघिको रोपोमा झार व्यवस्थापनमा तत्काल ध्यान दिन किसानलाई कृषि विज्ञसमेत रहनुभएका सूचना अधिकारी महतोको सुझाव छ । महोत्तरीसहितका मधेशमा हिउँदे धान लगाउने स्थापित तालिका यसपाली पानीको अभाव र समयमा भरपर्दो बीउ नभेटिदा पछि परेको छ  । यहाँ हिउँदे धानखेतीका लागि जेठ तेस्रो साताभित्र ब्याड राख्ने, असार तेस्रो साताभित्र पहिलो शाही रोप (बीउ रोप) सक्ने र साउन मसान्तसम्म खरुअन (कलम, धानको बीउ रोप गाँजिएपछि त्यो उखलेर रोप्ने काम) रोप लगाउने परम्परागत तालिका छ । किसानले यो तालिकाभित्र पानी, बीउ र मल नपाइँदा हण्डर खानु परेको बताएका छन् । तीनै तहका सरकारसँग समयमै धानखेतीका लागि आवश्यक पानी, मल, बीउसहितको वातावरण सुनिश्चित गरिदिन किसानले माग गरेका छन् ।


प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
पुष्प व्यवसायः आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी
पुष्प व्यवसायः आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी शुक्रबार, असोज ३१, २०८२
सागसब्जी र फलफूलको थोक मूल्य
सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, असोज ३१, २०८२
फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी
फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी बिहीबार, असोज ३०, २०८२
बाढीले पाँच करोडको धान नष्ट
बाढीले पाँच करोडको धान नष्ट बिहीबार, असोज ३०, २०८२
आर्थिक उपार्जन गर्न फूल व्यवसाय
आर्थिक उपार्जन गर्न फूल व्यवसाय बुधबार, असोज २९, २०८२
तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन
तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन मंगलबार, असोज २८, २०८२
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी मंगलबार, असोज २८, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP