Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • पाल्पामा सिन्दुर जात्रा हुर्दै 
पाल्पामा सिन्दुर जात्रा हुर्दै 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १, २०८२


काठमाडौं-  पाल्पामा आज सिन्दुर जात्रा हुर्दै छ । विगतमा जस्तै यस वर्ष २०६औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा निकाल्न लागिएको हो ।

नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा  पाल्पामा ऐतिहासिक भगवतीको रथसहितको सिन्दुर जात्रा आयोजना गरिँदै छ । विसं १८७१ देखि १८७२ भएको तत्कालीन नेपाल-अङ्ग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अङ्ग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीका दिन विजयोत्सव मनाइँदै आइएको छ । कहींँकतै नहारेको ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी विजय हासिल गरेको थियो । विश्वभर आफ्नो साम्राज्य विस्तारका क्रममा हिँडेको अङ्ग्रेज फौजलाई नेपाली सेनाले पराजित गरी जितगढीबाट नै नेपाली वीरताको इतिहास रचेको थियो ।

पाल्पाका तत्कालीन कर्णेल थापाको नेतृत्वमा रहेको नेपाली फौजले वीरता र निडरताका साथ लडाइँ लडेर विजयको झण्डा फहराएको हो । नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायत क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखी निरन्तर रूपमा प्रत्येक वर्ष पाल्पामा विजयउत्सव मनाउने परम्परा चल्दै आएको छ । कर्णेल उजिरसिंह थापाले जितगढीमा विजय प्राप्त गरे । पाल्पाको तानसेनमा भगवतीको मन्दिर स्थापना गरी सिन्दुर यात्रा गरी भगवतीको जात्रा निकाल्नेछु भनी भाकल गरेको र लडाइँ जितेपछि १८७६ मा भगवतीको मन्दिर निर्माण गरी भगवती जात्रा निकाल्ने परम्पराको थालनी गरेका थिए ।

Hardik health

 आजको दिन बालबालिका, बूढाबूढी, युवा, युवती सबैका लागि भगवती जात्रा उत्सवमय बन्ने छ । गाउँ-गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्ति समय मिलाएर आउँदैछन् । तानसेन बजारमा फरक माहोल देखिएको छभने मानिसको चहलपहल बढ्दो छ । नेपालल अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतको क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि मनाउन थालिएको विजयोत्सव अहिले पनि निरन्तरता पाएको छ । प्रत्येक वर्ष पाल्पामा श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको हो । 

यस वर्षको  भगवती जात्राको तयारी पूरा भएको समितिका  अध्यक्ष अशोककुमार महर्जनले बताए । उनले भने,‘हामीले स्थानीय सरकार, जिल्लाका सरोकारवाला निकाय, यहाँ सञ्चालन हुने अन्य जात्राका व्यवस्थापकहरूसँग बसेर जात्रालाई कसरी व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भनेर सल्लाह लिने र सोहीअनुसार काम गर्ने गरेका छौँ ।’ ऐतिहासिक भगवतीको रथयात्राले भगवतीको महिमाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास लिएको अध्यक्ष महर्जनको भनाई छ ।


भगवती मन्दिर व्यवस्थापन समितिका सदस्यसचिव प्रकाशनाथ गङ्गोलका अनुसार पूजा तान्त्रिक विधिद्वारा मूलपुरोहितद्वारा ठिक १२ः०० बजेको बलिसहितको पूजा, बढाइँ आतिसबाजी, भगवतीको प्रतिमूर्ति रथमा राखिने छ । सचिव गङ्गोलले भने,‘१२ः३० बजे मन्दिर परिसरबाट खटयात्रा तीनटक मन्दिर घुमाउने र कर्णेल पूजा गरिसकेपछि नगरपरिक्रमा गराइने छ  ।’  रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, सङ्घसंस्थाको सहभागिता रहने छ । हरेक वर्ष कुमाल समुदायबाट विजयोत्सवको रथ बजार परिक्रमा गराउने परम्परा रहेको छ । भगवतीको रथको दुवैतिर तेर्साइएका दुई बलिया नोलहरूलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनि र बन्दुकको बढाइँका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रम गर्ने गरिन्छ । ऐतिहासिक महत्व बोकेको जात्राका क्रममा शान्ति सुव्यवस्था कायम गर्न जिल्लाको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । जात्राका दिन प्रदेश सरकारले आज यहाँ सार्वजनिक विदा समेत दिएको छ ।


प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ११:२६
#सिन्दुर जात्रा
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP