काठमाडौं- सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा ११ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा भारत घर भई हाल पोखरा बस्ने रहेकका छन् ।
पक्राउ पर्नेहरु पोखरा महानगरपालिका २ मोहरीया टोल बस्ने ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४५ वर्षीय मनिक लाल आदक, ४१ वर्षीय सोमनाथ पाल, ४४ वर्षीय तापस सामन्त, ४९ वर्षीय प्रोभास माझी, सोही महानगरपालिका १ बिन्दावासिनी बस्ने ३५ वर्षीय सन्दिप ढाव, सोही महानगरपालिका ४ तेर्सापट्टी बस्ने ४७ वर्षीय दिपक सामन्त, सोही महानगरपालिका ३ बस्ने ४७ वर्षीय गोविन्दा दिण्डा, सोही महानगरपालिका ९ चिप्लेढुङ्गा बस्ने ३५ वर्षीय असित वर, सोही महानगरपालिका २ भैरव टोल बस्ने ३८ वर्षीय उज्वल भोमिक र सोही महानगरपालिका ८ सभागृह बस्ने ४० वर्षीया सुनिता पवार रहेका छन् ।
पोखरा महानगरपालिकाका वडा नम्बर २,३,४ र ९ का एरियाहरूमा सुन तथा चाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट सुन तथा चाँदी र नगद रुपैयाँ पनि बरामद गरेको छ । साथै फरार प्रतिवादी सन्जयको प्रहरीले खोजी गरिरहेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।