Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
समाचार
  • Home
  • समाचार
  • कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
एक कैदीबन्दीको मृत्यु, ४७ घाइते कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, साउन २५, २०८२

काठमाडौं- गएको असार अन्तिमदेखि कैलाली कारागारमा कैदीबन्दीहरूबीच भएको पटक–पटकको हिंसात्मक झडपले अन्ततः ज्यानै लिएको छ । शनिबार राति भएको दुईपक्षीय झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भयो । उनी लागुऔषध मुद्दामा थुनामा पुगेका थिए ।

घटनामा ४७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको कारागार प्रशासनले जानकारी दिएको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ब्लक ‘ए’ मा रहेका कैदीबन्दीको समूहले इँटाले टालिएको ढोका कारागारभित्रकै जिमखानाको सामानले फुटाएर ब्लक ‘बी’ मा रहेका कैदीबन्दीमाथि शनिबार राति अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणको बेला ब्लक ‘बी’ मा रहेका अधिकांश कैदीबन्दी निदाएका थिए । त्यही मौकामा उनीहरूले रड, खुकुरी, चक्कु, इँटालगायतले अन्धाधुन्ध आक्रमण गरेका थिए । 

आक्रमण दुई कारणले भएको मानिएको छ । पहिलो, भूपेन्द्र बडुवाल हत्या प्रकरणका कैदी सरूवा र दोस्रो, कारागारको नाइके परिवर्तन । कारागार प्रशासनले बडुवाल हत्या प्रकरणमा जोडिएर थुनामा रहेका तीन जनाको यही २२ साउनमा सरूवा गरेको थियो । त्यस दिन पनि झडप भएको थियो । झडपमा छ जना घाइते भएका थिए । एक जना अझै अस्पतालमै उपचाररत छन् ।अर्को, कारागार प्रशासनले नाइके परिवर्तन गर्न खोजेको छ । कैदीबन्दीमध्येबाटै नाइके चयन गर्ने भएकाले आफ्नो वर्चश्व जमाउन माथि उल्लिखित दुई समूहबीच विवाद हुँदै आएको थियो । 

यहीबीच प्रमुख जिल्ला अधिकारी गोगन हमालले शुक्रबार सञ्चारकर्मीहरूसँग कैलाली कारागारको समस्या हल भएको दाबी गर्दै भनेका थिए, ‘कैदीका लिडरलाई बोलाएर सम्झाएका छौं । अब त्यस्तो समस्या आउँदैन भनेर प्रतिबद्धता गराएका छौं ।’ हमालले शुक्रबारदेखि नै नयाँ सुरक्षा रणनीति बनाउने बताएका थिए । त्यस क्रममा उनले पुराना सुरक्षाकर्मीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने भनेका थिए । त्यसो भनेको आठ घण्टा नबित्दै कारागारमा एक जनाको ज्यानै लिनेगरी हिंसात्मक घटना भयो ।

Hardik health

राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमले पाँच दिनअघि नै कारागार प्रशासनलाई मजबुत सुरक्षा बनाउन निर्देशन दिएको थियो । आयोगले कमजोर सुरक्षा व्यवस्थाले घटना हुनेतर्फ सचेत गराएको थियो । ५९० जना कैदीबन्दीको सामूहिक निवेदनका आधारमा आयोगले कारागार कार्यालयलाई सचेत गराएको हो । तर, कारागार प्रशासनले बेवास्ता गर्दा घटना भएको पीडित कैदीबन्दीका आफन्तहरूले गुनासो गरेका छन् । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एक जना कैदीबन्दीका आफन्त भन्छन्, ‘हामीलाई घटना हुने भन्नेबारे पहिल्यै थाहा थियो । त्यहाँ विवाद भइरहेको थियो । हामीले प्रहरी प्रशासनलाई पनि भनेका थियौं तर कसैले चासो दिनुभएन । चासो दिएको भए घटना हुने थिएन ।’

छानबिन समिति गठन 
कारागारमा भएको झडपको घटनाबारे छानबिन गर्न शनिबार नै छानबिन समिति गठन गरिए छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । समितिलाई घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार सिंह, सशस्त्र प्रहरीका डिएसपी जनकराज पन्त र अनुसन्धान अधिकृत दीपेन्द्र सिंह सदस्य छन् । सदस्यसचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहेको डिएसपी सिंहले जानकारी दिए । 
घटनापछि गृहमन्त्री रमेश लेखकले शनिबार सबै सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरे । छलफलपछि उनले कैलाली कारागारका जेलर फेरेका छन् । जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको छ । भुसाल शनिबार दिउँसो ३ बजे कैलाली पुगेर कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

निवेदक कैदीबन्दीहरूले आयोगमा बुझाएको निवेदनमा कारागार प्रशासनसँगको असहज सम्बन्ध, आन्तरिक व्यवस्थापनमा पारदर्शिताको अभाव, गैरकानुनी आर्थिक लेनदेन, लागुऔषध तस्करी, बाह्य व्यक्तिहरूसँग अवैध सम्पर्क गराउने, मनमुटाव र मुठभेडको अवस्था सिर्जना गराउने प्रयास, चौकीदार र नाइकेको छनोटमा अनियमिता, र रातारात कैदी स्थानान्तरणजस्ता गम्भीर आरोपहरू उल्लेख गरेका थिए । यसपछि आयोगको सुदूरपश्चिम कार्यालय प्रमुख प्रकाशदत्त भट्टको नेतृत्वमा टोलीले कारागारको अनुगमन गरेको थियो । तत्काल सुरक्षा व्यवस्था बलियो बनाउँदै १५ दिनभित्र विवरण बुझाउन कारागार प्रशासनलाई निर्देशन दिएको थियो । 
तर, शुक्रबार राति हिंसात्मक घटना भयो । उक्त झडपको घटनाबारे र आयोगको टोलीले शनिबार स्थलगत अध्ययन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख भट्ट नेतृत्वको तीन सदस्यीय टोलीले शनिबार घटनाबारे अध्ययन गरेको हो । 

उनले क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, भौतिक स्रोतसाधानको अभाव रहेको र कैदीबन्दी स्थानान्तरण गर्दा परिवारका सदस्यसँग आवश्यक समन्वय नहुने गरेको पाइएको बताए । उनले भने, ‘हामी अध्ययनकै क्रममा छौं, घटनाको कारणबारे अध्ययनपछि आयोगको केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउनेछौं र त्यसपछि यसबारे विस्तृत जानकारी गराइने छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति नियन्त्रणमा रहेको र त्यसका लागि सबै व्यवस्थापन गरिएको बताए । ‘उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेका छौं । सुरक्षा व्यवस्था चुस्त बनाउन सम्पूर्ण रूपमा रणनीति अपनाइएको छ । अब थप अप्रिय घटना हुन नदिन हामी सचेत छौं,’ उनले भने ।

यी हुन् ४७ घाइते
१. जनक देउवा, धनगढी–५ कैलाली
२. रोशन शाही, धनगढी– ५ कैलाली
३. जीवन खत्री, गोदावरी–  कैलाली
४. नविन नाथ, गौरीगंगा–७ कैलाली
५. शरद चौधरी, धनगढी–५ कैलाली
६. नरेश राना, धनगढी–१३ कैलाली
७. वसन्त खत्री, धनगढी–८ कैलाली
८. राम निवास राना, धनगढी–१० कैलाली
९. कर्ण सलामी मगर, मोहन्याल–३, कैलाली
१०. अभिषेक चौधरी, घोडाघोडी– ५ कैलाली
११. धिरज बम, बर्दगोरिया–१ कैलाली
१२. मेकेन्द्र गिरी, त्रिवेणी–८ बाजुरा
१३. रञ्जित सिंह, लखिमपुर कवेरी, भारत
१४. निरज जैशी, जानकी– ९ कैलाली
१५. जगदिश राना, धनगढी–१० कैलाली
१६. हिमाल राना, धनगढी–८ कैलाली
१७. बल राना, धनगढी–५ कैलानी
१८. हर्क गिरी, धनगढी–१८ कैलाली
१९. जनक भण्डारी, लम्कीचुहा–१० कैलाली
२०. किशोर खडायत, भिमदत्त–८ कञ्चनपुर
२१. अमित भुल, टिकापुर–१ कैलाली
२२. कल्पेश विष्ट, टिकापुर–१ कैलाली
२३. दीपक खत्री, गोदावरी–१० कैलाली
२४. दिनेश साउँद, लम्कीचुहा–१ कैलाली
२५. रवि चौधरी, धनगढी–४ कैलाली
२६. अकिंत बाँनिया, पालिनन्दन–१ नवलपरासी
२७. सिद्धार्थ बडेला, गोदावरी– ९ कैलाली
२८. विवेक चौधरी, जोशीपुर–१ कैलाली
२९. मनिष चौधरी, कैलारी–८ कैलाली
३०. गौरव बम, शुक्लाफाँटा–८ कञ्चनपुर
३१. विवस चौधरी, घोडाघोडी–३ कैलाली
३२. शिव थापामगर, टिकापुर–१ कैलाली
३३. अर्जुन खड्का, धनगढी–१३ कैलाली
३४. पुष्पेन्द्र रानार, लखिमपुर खिरी वनगाउ भारत
३५. नरेन्द्र घरेडी, डिलासैनी–२ बैतडी
३६. देवेन्द्र सिंह, जानकी–२ कैलाली
३७. सञ्जु दमाई, बर्दगोरीया–३ कैलाली
३८. वीरेन्द्र चौधरी, गोदावरी–१ कैलाली
३९. मानवीर चौधरी, धनगढी–८ कैलाली
४०. मिलन चन्द, धनगढी–५ कैलाली
४१. वीरबहादुर विष्ट
४२. आयुश भट्ट, गोदावरी–२ कैलाली
४३. एकेन्द्र भाट, धनगढी–६ कैलाली
४४. सुरेश राना, पुनर्वास–१ कञ्चनपुर
४५. पकंज चौधरी, धनगढी–२ कैलाली
४६. मिनबहादुर विष्ट, अमरगढी–४ डडेलधुरा
४७. सुरेन्द्र बम, गोदावरी–८ कैलाली
 


प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए
आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए शुक्रबार, असोज १०, २०८२
आठ हजारभन्दा बढी कैदीबन्दी कारागारमा फर्किए, साढे हजार अझै फरार
आठ हजारभन्दा बढी कैदीबन्दी कारागारमा फर्किए, साढे हजार अझै फरार शुक्रबार, असोज १०, २०८२
रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ
रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ शुक्रबार, असोज १०, २०८२
‘जेनजी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी
‘जेनजी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी बिहीबार, असोज ९, २०८२
जेन–जी आन्दोलनमा लुटिएका हतियारले बढायो सुरक्षा चुनौती
जेन–जी आन्दोलनमा लुटिएका हतियारले बढायो सुरक्षा चुनौती बुधबार, असोज ८, २०८२
घुस लिएको एक लाखसहित पक्राउ
घुस लिएको एक लाखसहित पक्राउ सोमबार, असोज ६, २०८२
गण्डकीका चार सय ६१ कैदीबन्दी अझै फरार
गण्डकीका चार सय ६१ कैदीबन्दी अझै फरार सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP