काठमाडौं - हिन्दू नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नयाँ तीज गीत सार्वजनिक गरिएको छ ।नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको हो ।
सांगीतिक तथा सांस्कृतिक स्वाद बोकेको यस गीतमा बिनिता खनालको शब्द रहेको छ भने संगीत संयोजन चर्चित संगीतकार तारा प्रकाश लिम्बुले गरेका छन् । गीतमा अहिलेका चर्चित तथा लोकप्रिय गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर रहेको छ ।
गीतको भिडियो पक्षमा पनि सशक्त टीम देखिएको छ । भिडियोमा लोकप्रिय मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्मा फिचर्ड छन् । जहाँ उनीहरू छमछमी नाच्दै आमाले दर बनाएर तीज मनाइरहेको क्षण सम्झिरहेका छन् ।शान थापाको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोमा राजिव सम्मरको कोरियोग्राफी, अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ ।
रचनाकार बिनिता खनालको यसअघि पनि थुप्रै लोक–आधारित गीतहरू सार्वजनिक भइसकेका छन् । विशेषगरी उनको ‘पदमबिनी’ नामक एल्बमले दर्शक–स्रोतामाझ राम्रो लोकप्रियता बटुलिसकेको छ ।यस वर्षको तीजमा हर्ष, उमंग र संस्कृतिमा रम्न सांस्कृतिक चाड तीजलाई अझ उल्लासमय बनाउन ‘दर बनाइराछिन् आमा’ तयार गरिएको निर्माणपक्षको भनाइ छ ।