Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो
शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या घट्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ९, २०८२

दोधारा चाँदनी-  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमि आएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०८१/८२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमि आएको हो । 

आर्थिक वर्ष २०८०/८१ मा चार हजार पाँच सय ७४ जनाले निकुञ्ज भ्रमण गरेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । जसमा चार हजार दुई सय ९४ जना नेपाली, एक सय ३७ जना सार्क मुलुकका तथा एक सय ४३ जना विदेशीले निकुञ्ज भ्रमण गरेका थिए ।

उक्त तुलनामा आर्थिक वर्ष २०८१/८२ निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा कमि आएको छ । यो आर्थिक वर्षमा आन्तरिक तथा बाह्य गरी जम्मा तीन हजार सात सय २२ जनाले निकुञ्ज भ्रमण गरेका सूचना अधिकारी वाग्लेले बताए । जसमा तीन हजार तीन सय ७१ जना नेपाली, सार्क मुलुकका एक सय ९९ जना र एक सय ५२ जना विदेशी पर्यटकले यस निकुञ्ज भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २७९/८० मा तीन हजार पाँच सय ५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । जसमा सार्क मुलुकका एक सय ५८ जना र विदेशी एक सय २१ जना थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसारको कमि, पूर्वाधार नहुनु लगायतका समस्याले यहाँ आउने पर्यटकको सङ्ख्यामा कमि आएको सूचना अधिकारी  वाग्लेले जानकारी दिए । 

Hardik health

“जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा पर्यटकका लागि आकर्षक गन्तव्य हो, थोरै क्षेत्रफलमा धेरै वन्यजन्तुको अवलोकन गर्न सकिन्छ”, उनले भने ।  हवाई भाडा महँगो, पूर्वाधार विकास नहुनु र निजी क्षेत्रबाट लगानी नभएका कारण पनि पर्यटकको सङ्ख्यामा कमि आएको सूचना अधिकारी वाग्लेको भनाइ छ । उनले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको गन्तव्य भएको बताए । 

 “यहाँ भारतीय पर्यटकको ठूलो सम्भावना छ तर नाकामा असहजताका कारण पर्यटक आउन सकेका छैनन”, सूचना अधिकारी वाग्लेलेभने–“यसको प्रचारप्रसार र निजी क्षेत्रको लगानी हुन जरुरी छ ।” उनले विदेशी पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गरेपनि त्यो अनुसारको टुर प्याकेजको व्यवस्था हुन नसक्नुले पनि विदेशी पर्यटक शुक्लाफाँटासम्म नपुगेको उनले बताए । 

“विदेशी पर्यटकलाई हवाई भाडामा पनि झण्डै दोब्बर छ, सबै देशका नागरिकलाई समान भाडादर हुनुपर्ने थियो त्यो छैन त्यसकारण पनि नजिकैको काठमाडौँ, पोखरा र चितवनसम्म पुगेर उनीहरु फर्किने गरेका छन्”, सूचना अधिकारी वाग्लेलेभने–“पर्यटक लक्षित विभिन्न टुर प्याकेजमा निजी क्षेत्रको लगानी हुन जरुरी छ ।” 

यहाँका पर्यटन व्यवसायी शुक्लाफाँटा सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको अभावका कारण उलेख्य रुपमा पर्यटक आउन नसकेको बताउँछन । “नाकामा आवागमन सहज छैन गड्डाचौकी नाकामा पर्यटक प्रहरी हुनुपथ्र्यो त्यो छैन ।” यहाँका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टलेभने–“सीमित पूर्वाधार र प्रचारप्रसार अभाव ।” उनले आन्तरिक पर्यटकलाई समेत प्रोत्साहन हुन नसकेको बताए । 

शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु एकै ठाउँमा देखिने भएकाले विदेशी पर्यटक शुक्लाफाँटा पुग्ने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरुले बताए । उनले भने–“यहाँ आउने विदेशी पर्यटक थोरै ठाउँमा धेरै वन्यजन्तु देखिने भएकाले शुक्लाफाँटा मन पराउँछन् ।” उनका अनुसार यहाँ छिमेकीमूलुक भारतबाट समेत पर्यटक यहाँ आउने गरेका छन । 

“यहाँको विशाल घाँसे मैदान, चराचुरङ्गी, शान्त वातावरण विदेशीहरुले एकदमै मन पराउँछन्”, पथप्रदर्शक पनेरुले भने–“फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशी धेरै खुसी हुन्छन् ।”  पथप्रदर्शक पनेरुका अनुसार शुक्लाफाँटामा अध्ययन अनुसन्धानका लागिसमेत पर्यटक आउने गरेका छन् ।

तीन सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज दुर्लभ वन्यजन्त र वनस्पतिका लागि प्रसिद्ध छ । निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ । निकुञ्जमा दुई हजार तीन सय २३ भन्दाबढी बाह्रसिङ्गा छन् । यहाँ ४४ पाटेबाघ रहेका छन् । विश्वकै सबैभन्दा ठूलो घाँसेमैदान रहेका कारण पनि यसको वेग्लै विशेषता छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु र दुर्लभ वनस्पतिका लागि  प्रसिद्ध छ ।  


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा शुक्रबार, पुस ४, २०८२
नेपालगञ्‍जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै
नेपालगञ्‍जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै शुक्रबार, पुस ४, २०८२
नेपाल-भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया-नेपाल टुरिजम मिट
नेपाल-भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया-नेपाल टुरिजम मिट शुक्रबार, पुस ४, २०८२
दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम
दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम बिहीबार, पुस ३, २०८२
दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु
दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु बिहीबार, पुस ३, २०८२
पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल
पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल बिहीबार, पुस ३, २०८२
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार बुधबार, पुस २, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP