Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विचार
  • Home
  • विचार
  • युगपुरुष–राष्ट्रिय विभूति भीमसेन थापाको सम्झनामा
युगपुरुष–राष्ट्रिय विभूति भीमसेन थापाको सम्झनामा
लक्ष्मण थापा
लक्ष्मण थापा शुक्रबार, साउन ९, २०८२

विसं १८३२ साउन ९ गते बगाले थापाकुलका पिता सानाकाजी अमरसिंह थापा र माता सत्यरुपातर्फका पाँच भाइ छोरामध्ये जेष्ठ पुत्रको रुपमा भीमसेन थापाको जन्म गोरखाको पीपलथोकमा भएको थियो । उनको पुर्खाहरुको पालादेखि नै दरबारको सेवामा लागेका, आफ्ना बाबु अमरसिंह थापा सैनिक अफिसर भएका र गोरखा दरबारको समीपमा भीमसेन थापाको घर भएकाले उनको दरबारमा हिमचिम बढ्दै गएर दरबारलाई प्रभावित बनाउन सफल भएका थिए । 

उच्च कुलीन र भारदार वंशका हुनाले १८५५ सालमा २३ वर्षकै उमेरमा उनी सरदार पदवी प्राप्त गर्न सफल भएका थिए । तत्कालीन राजनीतिक परिस्थितिका कारण डेढ वर्षका छोरा गीर्वाणयुद्ध विक्रम शाहलाई राजगद्दीमा राखेर राज्य त्याग गरी स्वामी महाराज श्री ५ रणबहादुर शाह १८५७ जेठ ८ गते काशी निर्वासन हुँदा भीमसेन थापा पनि स्वामी महाराजका साथ गएका थिए । भीमसेन थापाको दूरदर्शी र बुद्धिमत्तापूर्ण कार्यले स्वामी महाराज १८६० फागुन २१ गते स्वदेश फिर्ता भए र पुनःराजकाज चलाउन थाले । यसैबीच नेपालको हितका लागि खेलेको भूमिकाको कदरस्वरुप १८६१ जेठ ७ गते भीमसेन थापालाई काजी पदमा नियुक्त गरियो । 

रणबहादुर शाहको हत्या गरेर आफ्नो हातमा शासन लिन खोज्ने उनकै भाइ चौतरिया शेरबहादुर शाह र उनका सहयोगीलाई पन्छाएर देश र आफ्नो रक्षा गरेबापत श्री ५ गीर्वाणयुद्ध विक्रम शाहद्धारा भीमसेन थापालाई १८६३ सालमा राज्य सञ्चालनका सम्पूर्ण अधिकारहरु प्रयोग गर्न पाउने गरी मुख्तियार पद प्रदान गरिएको थियो । यसैगरी उनको कार्यकुशलता र राष्ट्रप्रतिको बफादारी एवं उत्तरदायित्वपूर्ण व्यवहारबाट प्रभावित भई श्री ५ गीर्वाणले १८६८ सालमा भीमसेन थापालाई जनरल पदवी प्रदान गरेका थिए । 

विसं १८७१/७२ मा अङ्गे्रजसँग भएको युद्धमा नेपालको हार भई नेपालले आफ्नो केही भूमि गुमाई बाध्यताबस सुगौली सन्धि जस्तो असमान सन्धिमा हस्ताक्षर गर्नुपरे तापनि भीमसेन थापाले राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वलाई दृष्टिगत गरेर नै यो कार्य गर्न पुगेका थिए । सुगौली सन्धिका कारणले नै नेपालको सीमाना व्यवस्थित भई नेपाल विश्वमा आफूलाई एक सार्वभौम राष्ट्रका रुपमा अस्तित्व कायम राख्न सफल भएको छ । 

Hardik health

विश्वका विभिन्न भागमा प्रभुत्व बढाउँदै गइरहेको बेलायती साम्राज्यवादविरुद्ध लड्न एशियाली जनएकताको आह्वान गर्ने र एशिया भनेको एशियाकै हुनपर्छ भन्न मान्यता राख्ने उनी निकै दूरदर्शी एवं कूटनीतिज्ञ थिए । अङ्गे्रजबाट हुन गएको राष्ट्रिय अपमानको बदला लिन भीमसेन थापाले आफ्नो कार्यकालभरि बृहत् योजनाहरु तयार गरी एशियाका विभिन्न राष्ट्रहरुबीच अन्तरसम्बन्ध स्थापित गर्नुका साथै साम्राज्यवादी शक्तिका विरुद्ध एशियाली राष्ट्रलाई एक हुन आह्वानसमेत गरेका थिए । दुर्भाग्यबस एशियाली राष्ट्रका तत्कालीन शासकहरुले सो कुरा बुझ्न नसकेका कारण एशियाका बहुसङ्ख्यक राष्ट्रहरु साम्राज्यवादी शासकहरुको मातहतमा रहन पुगे । यसप्रकार राष्ट्रवादी दृष्टिकोणले भीमसेन थापा नेपालको मात्र होइन एशियाकै महान् व्यक्तिका रुपमा देखिन्छन् । 

विसं १८९२ आश्विन २८ गते श्री ५ राजेन्द्रबाट भीमसेन थापालाई ‘कमाण्डर–इन–चिफ’ जस्तो उच्च पदवी प्राप्त भयो । तर दिवङ्गत भएका अधिराजकुमार श्री ५ देवेन्द्रलाई विष खुवाएको मिथ्या आरोप लगाई त्यसको झण्डै दुई वर्षपछि भीमसेन थापाको १८९४ साउन ११ मा मुख्तियारी तथा सर्वस्वहरण गरी उनीलगायत उनका नजिकका नातेदारहरु समेतको सर्वस्वहरण गरी बन्दी बनाइयो । तर उनी माथि लगाइएको मिथ्या आरोप प्रमाणित हुन नसकेपछि राजाले पूर्ण भारदारी सभामा भीमसेन थापाको कदर गर्दै सम्मानका साथ पहिरन र दरबारको घोडा उनलाई उपहारसमेत दिइ बन्दी जीवनबाट छुटकारा दिलाई लावालस्करका साथ बिदाइ गरेका थिए । यसरी बन्दी जीवनबाट छुटकारा पाएपछि भीमसेन थापा गोरखाको बोर्लाङमा गई आफूले बनाएको घरमा बस्न थाले । 

पछि १८९५ साल माघमा विष मुद्दा ब्युत्याई सोधपुछको निहुँले बोलाई पुनःबन्दी बनाइयो । भीमसेन थापाले सफाइका लागि विभिन्न प्रमाणहरु प्रस्तुत गर्दासमेत सोको सुनुवाइ भएन । उल्टो उनको प्रतिष्ठामा आँच आउने गरी विभिन्न अफवाह फैल्याइयो । यसबाट उनको स्वाभिमानमा ठूलो चोट पुग्न गयो र १८९६ साउन ८ गते बन्दीगृहमा नै प्राणत्याग गर्ने प्रयास गरेको नौ दिनपछि उनले वीरगति प्राप्त गरे । यसरी नेपालको इतिहासमा एक राष्ट्रभक्त एवं स्वाभिमानी राष्ट्रसेवक उपर लगाइएको झुटो आरोपविरुद्ध सबुत प्रमाण पेस गर्दागर्दै पनि तत्कालीन सत्तासिनहरुकोे दाउपेचका कारणले कतैबाट पनि सुनुवाइ हुन नसकेपछि आफ्नो इज्जतमा लागेको दागलाई सहन नसकी प्राण नै त्याग गर्न पुगी एक युग पुरुषको अवसान हुन पुग्यो । 

यस्ता नेपालका सपुत राष्ट्रभक्तले आफ्नो कार्यकालमा थुप्रै सैनिक, कानुनी, सामाजिक, आर्थिक एवं प्रशासनिक सुधार गरेर राष्ट्रमा बलियो सैनिक, कानुनी एवं आर्थिक सुधारको जग बसालेका थिए । यिनै राष्ट्रभक्त स्वाभिमानी मुख्तियार भीमसेन थापालगायत नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि आफ्नो जीवनको आहुति दिने वीर सपुतहरुको प्रेरणादायि जीवनका विविध पक्षहरुको अध्ययन अनुसन्धान तथा प्रचारप्रसार गर्दै चीरकालपर्यन्त नेपालली समाजलाई स्मरण गराउन संस्थागत व्यवस्था गर्ने उद्देश्य लिएर २०५३ साउन १ गते राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको स्थापना भएको हो ।

स्मरणीय छ, भीमसेन थापाको २२१औँ जन्मजयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा राष्ट्रियस्तरको प्रतिष्ठान गठन गर्न आवश्यक छ भनी दिनुभएको प्रेरणादायी वक्तव्यबाट प्रेरित भएर २०५३ सालमा नेपाल सरकारका पूर्वसचिव एवं निर्वाचन आयुक्त रमेशजङ्ग थापाको अध्यक्षतामा यस प्रतिष्ठानको गठन भएको थियो । यस प्रतिष्ठानद्वारा स्थापनाकालदेखि नेपालको इतिहासबारे अध्ययन र अनुसन्धान गरी उल्लेखनीय कार्य गर्ने इतिहासकारहरु तथा देशको ऐतिहासिक सामाजिक कूटनीतिक एवं आर्थिक विकासमा सहयोग पुर्‍याउने व्यक्तित्वहरुलाई पनि प्रतिष्ठानले सम्मान गर्दै आएको छ । 

यस वर्ष राष्ट्रको विभिन्न महत्वपूर्ण पदहरुको जिम्मेवारी बहन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउनुको अतिरिक्त कूटनीतिक क्षेत्रमा समेत उल्लेखनीय भूमिका निर्वाह गरी नेपालको प्रतिष्ठा एवं सम्बन्धलाई अन्तरराष्ट्रिय क्षेत्रमा विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुभएका वरिष्ठ अर्थविद् एवं कूटनीतिज्ञ डा भेषबहादुर थापालाई आज साउन ९ गते राष्ट्रपतिको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान एवं पुरस्कृत गरिँदैछ । 

भीमसेन थापाकालीन समयमा जारी भएका शीलापत्र, ताम्रपत्र, रुक्का लालमोहर आदि ऐतिहासिक अभिलेखहरुको नेपालको इतिहासमा विशेष महत्व छ । यस्ता महत्वपूर्ण दस्ताबेजहरुको खोजी गरी प्रकाशन हुनसकेमा नीतिनिर्माता, राजनीतिज्ञ, इतिहासकार अनुसन्धाता एवं इतिहासप्रति रुचि राख्ने सर्वसाधारण व्यक्तिहरुलाई सत्यतथ्यमा आधारित इतिहासबारे जानकारी प्राप्त हुन सक्छ । यसै तथ्यलाई हृदयाङ्गम गरी प्रतिष्ठानले राष्ट्रिय अभिलेखालय र विभिन्न व्यक्तिहरुबाट सङ्कलन गरिएको अभिलेखहरुलाई प्रकाशन गर्दै जाने नीतिअनुरुप बगाले थापा कल्याणकारी परिषद्को सहकार्यमा गत वर्ष अभिलेख सङ्ग्रह भाग–१ प्रकाशित गरिएको थियो भने यस वर्ष अभिलेख सङ्ग्रह भाग २ प्रकाशनमा ल्याइएको छ । ऐतिहासिक अभिलेखहरु उपलब्ध भएसम्म यो प्रकाशनलाई निरन्तरता दिइने नीति प्रतिष्ठानले लिएको छ । 

अन्त्यमा, भीमसेन थापाकालीन समयमा निर्माण गरिएका विभिन्न मठमन्दिर र ऐतिहासिक धरोहरहरु जीर्ण अवस्थामा रहेको पाइएको छ । सोको संरक्षण, सम्वर्द्धन एवं पुःननिर्माणका लागि नेपाल सरकारले आवश्यक पहल गर्नेछ भन्ने अपेक्षा प्रतिष्ठानले गरेको छ । (लेखक राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानका महासचिव हुन् )


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा
‘स्वर्णिम’ अर्थमन्त्रीको प्रतीक्षा बिहीबार, चैत ५, २०८२
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग
इन्धनको खपत घटाउन जल र वन सम्पदाको उपयोग बुधबार, चैत ४, २०८२
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व
मध्यपूर्वको रणमैदान र महाशक्तिको नैतिक दायित्व सोमबार, चैत २, २०८२
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय
वायु प्रदूषणको प्रभाव र न्यूनीकरण गर्ने उपाय आइतबार, चैत १, २०८२
बोध प्राप्तिको माध्यम ध्यान साधना 
बोध प्राप्तिको माध्यम ध्यान साधना  शुक्रबार, फागुन २९, २०८२
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव
मध्यपूर्व युद्धले नेपालमा पर्नसक्ने आर्थिक प्रभाव बिहीबार, फागुन २८, २०८२
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा
नेपालमा संस्कृत शिक्षामाथि उपेक्षा बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP