काठमाडौं - वरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा बनेको लिम्बु भाषाको गीत ‘ए फुंङ्..’ को म्युजिक भिडियो जेपिजे इन्टरटेन्टमेन च्यानलबाट सार्वजनिक भएको छ ।
यसमा विवस बेनामको शब्द, मनि ताम्लिङ्गको संगीतमा मनि ताम्लिङ र दिपा सुहाङको मिठो स्वर संग्रहित छ । सुमन थाम्सुहाङग र नविना सम्वाहाम्फेको मुख्य भूमिका रहेको भिडियोमा बिजेता लिम्बु, सोनिया लाबुङ, निरा नेम्बाङ आदिको पनि अभिनय देख्न सकिन्छ ।
अमेरिकाको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सम्राट कार्कीले खिचेका हुन् भने सम्पादन मन्दिल श्रेष्ठ, कलरिङ बिनय कंशाकारको रहेको छ ।