Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • यूएईको नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा मनपरी गर्यो: मञ्च
यूएईको नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा मनपरी गर्यो: मञ्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २, २०८२

काठमाडौं– संयुक्त अरब इमिरेट्स  (यूएई)स्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती र लापरवाही गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै दूतावासको श्रम शाखाले व्यवसायप्रति अन्यायपूर्ण व्यवहार गरेको जनाएको हो ।

मञ्चका महासचिव मिलन कट्टेलले जारी गरेको उक्त विज्ञप्तीमा श्रम स्वीकृतिसँग सम्बन्धित प्रक्रियामा ढिलाई हुँदा सम्पूर्ण व्यवसायीमाथि नै गम्भीर असर पुगेको दाबी गरिएको छ । ‘हाल यूएईस्थित नेपाली दूतावासको श्रम शाखामा एप्रुभल प्रक्रियामा देखिएको ढिलासुस्ती, भेदभावपूर्ण व्यवहार र गैरजिम्मेवार मनोवृत्तिले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायी समुदाय गम्भीर निराशामा परेको छ’, विज्ञप्तीमा भनिएको छ ।

एउटै कागजात र एउटै प्रक्रियाबाट गरिने काममा कुनै म्यानपावरको प्रमाणीकरण २–४ दिनमै हुने तर कुनैको महिनादिन अड्किने भन्दै मञ्चले दूतावासको व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘दूतावासले काम गर्ने प्रक्रिया कतै गिरोहको कब्जामा त पुगेको हैन ?’ विज्ञप्तिमा भनिएको छ । 

Hardik health

दूतावासका कर्मचारीले मागपत्र प्रमाणीकरण ढिलो गरिदिएर काम अर्को म्यनपावरतर्फ ‘डाइभर्ट’ होस् भन्ने चाहना हुनसक्ने महासचिव कट्टेलले आशंका गरेका छन् । ‘हामीले डिमान्ड हाल्दा दूतावासले हाम्रो कम्पनीको सम्पूर्ण विवरण हेर्न मिल्छ । त्यसकारण हाम्रो प्रमाणीकरण ढिलो गरिदिएपछि त अर्को म्यानवापरलाई दिन मिल्यो । यो खेल हुनसक्छ,’ उनले भने । दूतावासले पछिल्लो समय देखाएको यस्तो व्यवहारबाट व्यवायीहरु पेशा नै छाड्ने मुडमा पुगिसकेको उनले बताए ।

कानुनी प्रक्रियाभित्र रही समयमै सेवा पाउने आम व्यवसायीको हकमाथि दूतावासले खेलवाड गरेर अपराध गरेको मञ्चको आरोप छ । ‘यो दूतावास हो कि दलाल केन्द्र ?’ विज्ञप्तीमार्फत प्रश्न गरिएको छ । दूतावसले काम नगरी अनावश्यक झमेलाको खेती गरेको व्यवसायीको आरोप छ । यो सामान्य प्रशासनिक कमजोरीमात्र नभई संगठित शोषणको भएको मञ्चको ठहर छ ।

विगतको यस्तो समस्या आइनपरेको तर पछिल्लो समय श्रम र परराष्ट्रबाट नयाँ टिम गएपछि यस्तो हुन थालेको बताइएको छ । दूतावासले कसको काम छिटो गर्छ, कस्तो काम ढिलो गर्छ भन्ने विषयमा भने कुनै जानकारी नभएको व्यवसायीको भनाइ छ ।व्यवासयीले चाँडोभन्दा चाँडो यो समस्याको समाधान खोजेका छन् । यस्तो प्रवृत्ति नसुध्रिए संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, परराष्ट्र मन्त्रालय र अन्य जिम्मेवार निकायसम्म पुग्ने मञ्चले जनाएको छ ।

व्यवसायीले नेपाली श्रमिकको भर्ना प्रक्रियाका लागि मागपत्र प्रमाणीकरण गर्न आवेदन भरेर अवश्यक विवरण खुल्ने आधिकारिक मागपत्र, म्यानपावर कम्पनी र रोजगारदाताबिचको सम्झौताको प्रतिलिपि, रोजगारदाताले म्यानपावर कम्पनीलाई कामदार पठाउन जारी गरेको अधिकृत, आधिकारिक श्रम सम्झौता, श्रमिकको सुरक्षा सुनिश्चित् गर्ने पत्र लगायतका कागजात आवश्यक पर्छन् ।

म्यानपावर व्यवसायीले पठाउने श्रमिकको संख्याको आधारमा दूतावासमा प्रमाणीकरण दस्तुर तिर्नुपर्छ । दूतावासले केही समय अघिबाट नेपाली मिसन डिमान्ड प्रमाणीकरण प्रणालीमार्फत मागपत्र प्रमाणीकरण गर्दै आएको छ । यूएई प्रत्येक वर्ष एक लाखभन्दा बढी नेपाली युवाहरुको रोजगार गन्तव्य बन्दै आएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एक लाख ९३ हजार ४३८ जना यूएई गएका थिए । 
 


प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP