Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #टाइगर कप
  • #सोनाम_ल्होच्छार
Search Here
विचार
  • Home
  • विचार
  • विकासमा मानव विकास सूचकांकको महत्व
विकासमा मानव विकास सूचकांकको महत्व
विविशा पाैडेल
विविशा पाैडेल बिहीबार, साउन १, २०८२

आर्थिक विकासको मापन गर्ने महत्वपूर्ण सूचकको विकास अर्थशास्त्री मोरिस डी मोरिसले गरेका हुन् । अर्थशास्त्री हेगन र डी मोरिसको २३ वटा विकासोन्मुख तथा विकसित मुलुकहरूको तुलनात्मक अध्ययनबाट के कुरा निकालेका छन् भने ‘फिजिकल क्वालिटी अफ लाइफ इण्डेक्स’ बनाउनका लागि सिर्फ मानवीय सरदर आयु, शिशु मृत्युदर, साक्षरता दर नै पर्दछन् । आर्थिक विकासलाई कसरी वास्तविकरूपमा मापन गर्न सकिन्छ, कस्तो तरिका उपयुक्त हुन्छ भनी नयाँ–नयाँ तरिकाको अध्ययन–अनुसन्धान गर्ने सवालमा यो सूचकको प्रादूर्भाव भएको हो । यस परिसूचकले राष्ट्रिय आम्दानीको वितरण कसरी भइराखेको छ, शिक्षा, स्वास्थ्य, पोषण आदिमा राष्ट्रिय आम्दानीको प्रयोग भएको छ वा छैन त्यो हेरेर त्यसैको आधारमा आर्थिक विकासको मापन गर्दछ ।
 

गम्भीरबहादुर हाडा

विकासको प्रमुख उद्देश्य गरिबी निवारण र आधारभूत आवश्यकता परिपूर्ति गर्नु हो । यही कारण अर्थशास्त्री होलिस वेनरीले विकासका उद्देश्य वृद्धिलगायत पुनर्वितरण भन्ने सिद्धान्त प्रतिपादन गरे । पुनविर्तरणात्मक रणनीतिबाट आधारभूत आवश्यकता परिपूर्तिका उद्देश्यमा जोड दिन थालियो । यस विधिअनुसार आम्दानी बढाउनमात्र जोड नदिएर दीर्घकालीनरूपमा गरिबी घटाउनुपर्ने कुरामा जोड दिइयो । गरिबी घटाउने उपायहरू हुन्– स्वास्थ्यमा सुधार, पौष्टिक आहारमा नियमित पहुँच, बढी शिक्षा र उत्तम खर्च व्यहोर्न सकिने बासस्थान, आधारभूत आवश्यकतामा गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा पर्न आउँछन् । यी आवश्यकता पूरा नभएमा जीवन कष्टकर हुन्छ । अतः विकासको उद्देश्य यी अभावले हुने दुःख कष्टबाट मानिसलाई मुक्ति दिलाउनु हो । विकासको अर्को उद्देश्य जनताको जीवनस्तरमा सुधार गर्नु हो । जनताका जीवनस्तर सुधार गर्नका लागि पहिले त आम्दानी बढाउनुपर्छ । शिक्षा, सामाजिक र सांस्कृतिक मूल्य मान्यताहरूमा सुधार हुनुुपर्दछ ।


साधारणतया विकास भन्नाले एउटा यस्तो अवस्थामा पुग्नु वा परिणत हुनु हो जुन पहिलेको भन्दा उन्नत र समृद्ध हुन्छ । अझै गहिरिएर सोच्ने हो भने विकास भनेको त्यो हो जसले प्राकृतिक सन्तुलनमा ह्रास आउन नदिई मानवीय जीवनस्तरमा सुधार ल्याउँदै मानिसको आहार, व्यवहार, बसाइँ तथा दृष्टिकोणमा परिवर्तन ल्याउँछ । त्यसैले विकास भनेको भौतिकमात्र होइन, यो मानव समाजको बहुपक्षीय विकास हो । 

Hardik health

सन् १९९० पछि विकासको सूचकमा मानव विकास सूचकांकलाई  महत्व दिन थालियो । उक्त सूचकांकले प्रोफेसर मोरिसद्वारा प्रयोग गरिएको विधिअनुशरण गरी आयु, ज्ञान तथा जीवनस्तर तीन चरणहरू गरी तिनीहरूलाई शून्य ‘०’ देखि सर्वाेत्कृष्ट एक ‘१’ सम्मको परिधिभित्र राखी सरदर आधारमा न्यून, मध्यम र उच्च मानव विकासको निष्कर्ष निकालेको बुझिन आउँछ । मानव विकासको अवधारणा नितान्त नौलो विचार होइन । तर वैचारिकरूपले बढी सुसंगठित भएर मुलुकहरूले लागू गर्न सक्ने नीतिगत आह्वान र ढाँचासमेत बोकेर यो अवधारणा सन् १९९० देखि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत विश्वसामु देखापर्न थाल्यो । यस अवधारणाले आर्थिक वृद्धि र आम्दानीको वृद्धिलाई विकासको वास्तविक सूचक मानेन । यस अवधारणाअनुसार उत्पादन, उत्पादकत्व, लगानी र व्यक्तिगत तथा पारिवारिक आम्दानीसमेत मानव विकासका सूचक नभएर साधनमात्र हुन् ।
 
मानव विकास सूचकांक
मानव विकास सूचकांकमा १९३ देशमध्ये नेपालले १४५औं स्थान हासिल गरेको छ । संयुक्त राष्ट्र विकास कार्यक्रमले सार्वजनिक गरेको मानव विकास प्रतिवेदन २०२५ अनुसार शिक्षा, स्वास्थ्य र आम्दानी सूचकहरूमा नेपालको प्रगति मध्यम श्रेणीको छ । यसले नेपालको विकास गति मन्द र स्वाभाविक रहेको देखाउँछ । नेपालको सूचकांक मान ०.६२२ छ । गत वर्ष ०.६०१ थियो । सूचकांक मानमा एक अंकले पूर्णरुपमा मानव विकास भएको र शून्य अंकले अति कम विकास भएको अवस्थालाई जनाउँछ । यसअघि सन् २०२४ मा नेपाल १४६औं स्थानमा थियो । नेपाल दक्षिण एसियामा अफगानिस्तान (१८१) र पाकिस्तान (१६८) भन्दा माथि छ । त्यसबाहेक भुटान (१२५), भारत र बंगलादेश दुवै (१३०) भन्दा तल्लो स्थानमा रहेका छन् । श्रीलंका (८९) र माल्दिभ्स (९३) उच्च मानव विकास श्रेणीमा छन् । दक्षिण एसियामा नेपाल पाँचौं स्थानमा रहेको छ । पहिलो स्थानमा श्रीलंका छ । मानव विकास प्रतिवेदन कार्यालयका अनुसार यो १६ कात्तिक २०८१ (१ नोभेम्बर २०२४) सम्म प्राप्त भएको तथ्यांकमा आधारित प्रतिवेदन हो ।

मानव विकास प्रतिवेदनमा समग्र मानव विकासका तीनवटा आधारभूत आयामहरुको औसत उपलब्धि मापन गर्ने गरिन्छ । ती आयामहरुमा पहिलो आयु अर्थात् एउटा बच्चा कति लामो उमेरसम्म सरदर बाँच्छ भनेर हेरिन्छ । यसमा नेपालीको औसत आयु ७० वर्ष चार महिना रहेको छ । यो अघिल्लो वर्षको भन्दा न्यून हो । अघिल्लो वर्ष ७० वर्ष पाँच महिना थियो । दोस्रोमा शिक्षा (ज्ञान) रहेको छ । यसमा भर्ना भएदेखि विद्यालय शिक्षा पूरा गर्न एउटा बच्चाले बिताउनुपर्ने वर्षलाई लिइन्छ । नेपालमा विद्यालय शिक्षा पूरा गर्न १३ वर्ष आठ महिना लाग्ने अनुमान छ । अघिल्लो वर्ष १२ वर्ष छ महिना थियो । त्यस्तै, शिक्षामा नै वयष्कहरुले विद्यालय शिक्षामा बिताएको समयलाई पनि अर्को मापकको रुपमा राखिएको छ । यसमा नेपालीले विद्यालय शिक्षामा औसत बिताएको अवधि चार वर्ष पाँच महिना छ । अघिल्लो वर्ष पनि यही अवधि थियो ।

तेस्रो आयाम जीवनस्तर (आय) रहेको छ । यो भनेको देशको कूल जनसंख्याले कमाउने वार्षिक औसत कमाइ हो । यस्तो कमाइ प्रतिव्यक्ति चार हजार ७२६ अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष चार हजार २६ अमेरिकी डलर थियो । पछिल्लो एक वर्षमा करिब ७०० अमेरिकी डलर प्रतिव्यक्ति आय वृद्धि भएको छ । यस्तो औसत आय अन्तर्राष्ट्रिय मापनका लागि क्रयशक्ति समानतामा रुपान्तरण गरी देशको मध्यवर्गीय जनसंख्याले भाग गरेर निकालिन्छ । यसलाई कूल राष्ट्रिय आय (जिएनआई) पनि भनिन्छ । यो देशभित्र (व्यक्ति र व्यवसायमार्फत) र देश बाहिरबाट प्राप्त भएको कूल आम्दानीमा देशबाहिर गएको आम्दानी घटाएपछिको बाँकी रहेको कूल आय हो ।


प्रतिवेदनले नेपालका सबैभन्दा धनी एक प्रतिशत मानिससँग कूल आयको १३.७ प्रतिशत सम्पत्ति रहेको देखाएको छ । त्यस्तै, सबैभन्दा धनी १० प्रतिशतसँग २४.२ प्रतिशत सम्पत्ति रहेको छ । सबैभन्दा गरिब ४० प्रतिशत मानिससँग भने २१.८ प्रतिशत सम्पत्ति रहेको छ । प्रतिवेदनले पछिल्लो ३३ वर्षमा नेपालको मानव विकास सूचकांक वृद्धिदर वार्षिक १.३२ प्रतिशत रहेको देखाउँछ । यो सन् १९९० देखि २०२३ सम्मको वृद्धिदर हो । पछिल्लो १३ वर्ष (सन् २०१० देखि २०२३) सम्मको वृद्धिदर सबैभन्दा न्यून ०.९४ प्रतिशत रहेको छ । मानव विकास सूचकांक (एचडिआई) मा यस वर्ष नेपालको एक स्थान सुधार भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले सार्वजनिक गरेको मानव विकास सूचकांक प्रतिवेदन २०२५ ले नेपाल १४५औं स्थानमा परेको देखाएको हो । 


विश्वका १९३ देशमध्ये गत वर्ष नेपाल १४६औं स्थानमा रहेकामा यस वर्ष केही सुधार भएर एक स्थान माथि उक्लिएको हो । सन् २०२२ मा नेपाल १५०औं स्थानमा थियो । सन् २०२५ मा एचडिआईमा नेपालले ०.६२२ अंक (स्कोर) प्राप्त गरेको छ । सन् २०२४ मा नेपालले प्राप्त गरेको ०.६०५ अंक प्राप्त गरेको थियो । उक्त अवधिमा नेपालीको औसत आयु ७०.४ वर्ष छ । २०२५ को मानव विकास प्रतिवेदनले पछिल्लो ३५ वर्षयता नेपालको मानव विकास सूचकांकमा सुधार आएको देखाएको हो । सो अवधिमा गरिबी घट्दै गएको देखिए पनि धनी र गरिबबीचको अन्तर झनै फराकिलो बन्दै गएको प्रतिवेदनले औंल्याएको छ । न्यून प्रतिव्यक्ति आय, लैंगिक तथा भौतिक असमानतालगायत कारण मानव विकास सूचकांकमा नेपालले अपेक्षाकृत सुधार गर्न नसकेको प्रतिवेदनले देखाएको छ ।


सन् २०२५ को मानव विकास प्रतिवेदन ‘अ म्याटर अफ च्वाइसः पिपल एण्ड पसिबिलिटिज इन द एज अफ आर्टिफिसियल इण्टेलिजेन्स (एआई)’ विषयमा केन्द्रित छ । प्रतिवेदनले कोभिड–१९ महामारीबाट प्रभावित विश्वव्यापी मानव विकास प्रगतिमा अझै गति सुस्त भएको चेतावनी दिएको छ । एआईको प्रयोगबाट मानव विकासलाई थप सशक्त बनाउन, समावेशितालाई प्रवद्र्धन गर्न र न्यायपूर्ण समाज स्थापनाका लागि महŒवपूर्ण भूमिका खेल्न सक्ने सम्भावना पनि देखाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि (आइटी) क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताएको छ । यसअन्तर्गत एआई, डेटा सेण्टर स्थापना, डिजिटल अर्थतन्त्रलगायत क्षेत्रले प्राथमिकता पाएको बताइएको छ ।


प्रतिवेदनमा कोभिड महामारीपछि गतिरोध आएको विश्लेषण गरिएको छ । युवाका लागि मर्यादित रोजगारी, स्थानीय र सामाजिक असमानता, आर्थिक वृद्धिका साथै संस्थाहरूमाथिको विश्वाससँग सो गतिरोध सम्बन्धित रहेको युएनडिपीले उल्लेख गरेको छ । तीनै तहका सरकारबीच मात्र नभई निजी क्षेत्र, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय र आमजनतासँग पनि सहकार्य गर्नु अपरिहार्य रहेको प्रतिवेदनले औंल्याएको छ । संघीय सरकारले पारदर्शिता, जवाफदेहिता र निष्ठामा बढी ध्यान दिनुपर्छ । प्रादेशिक र स्थानीय सरकारहरूले योजना र सेवा प्रवाह बढाउँदै नागरिक समाजको आशा र विश्वास पुनर्जीवित गर्न जनताको सहभागिता र आवाजलाई अझ प्रवद्र्धन गर्न सकिने प्रतिवेदनले औंल्याएको छ । जलवायु परिवर्तन, प्रविधिकरण, गरिबी र असमानताको क्षेत्रमा सामूहिकरूपमा काम गर्न नसक्नुले मानव विकासमा बाधा पुगेको प्रतिवेदनको निष्कर्ष छ । राजनीतिक ध्रुवीकरणले विश्वभरका मानिस र संस्थामाथिको आस्था झन् कमजोर हुने खतरा रहेकोसमेत औंल्याइएको छ ।


सन् २०३० सम्ममा अत्यन्तै उच्च मानव विकासको लक्ष्यतर्फ अग्रसर भए पनि अहिलेको सुस्त गतिले विश्वव्यापी प्रगतिमा चुनौती सिर्जना गरिरहेको युएनडिपीका प्रशासकले बताएका छन् । ‘सन् २०२४ को यो सुस्त प्रगति यथावत् रहे सन् २०३० को लक्ष्य पूरा गर्न दशकौं लाग्ने छ । यसले विश्वलाई थप असुरक्षित, विभाजित र आर्थिक तथा पारिस्थितिकीय संकटप्रति संवेदनशील बनाउने छ । मानव विकासलाई अघि बढाउन नयाँ उपाय खोजिनुपर्ने र त्यसमा एआई समावेश हुन सक्ने छ । एआईको तीव्र विकासबीच मानवको सहायताबेगर नै चल्ने आर्टिफिसियल जनरल इण्टेलिजेन्स (एजिआई) का जोखिमबारे पनि आशंका उब्जिएका छन् । प्रतिवेदनले मानव केन्द्रित दृष्टिकोणबाट एआईको विकास गरिनुपर्नेमा जोड दिएको छ । एआईलाई सबैको पहुँचमा पुर्याउन विद्युत् र इण्टरनेटको सुनिश्चितता  महत्वपूर्ण रहेको र एआईका विषयमा सरकारहरूले स्पष्ट नीति र दिगोपनमा ध्यान दिनु आवश्यक रहेको प्रतिवेदनले औंल्याएको छ ।

मानव विकास मापदण्डको सम्बन्धमा निम्नलिखित कुरालाई महत्ववपूर्ण मानिएको छः

जीवन प्रत्याशा
जीवन प्रत्याशा वा लामो उमेरले स्वास्थ्यका विभिन्न क्षेत्रहरू, जस्तैः नाबालक तथा बाल मृत्यु पौष्टिक आहारमा भएका प्रगति आदिलाई प्रतिविम्बित गर्दछ । जीवन प्रत्याशा मानिएको सबैभन्दा बढी इच्छित उद्देश्य हो । मानव साधनको अवस्थामा जतिजति सुधार आउँछ त्यति नै मानिसको सम्भावित आयु र जीवनप्रतिको लगाव पनि बढ्दै जान्छ । यसबाहेक भौतिक वस्तु तथा सेवाको उपलब्धता, स्वास्थ्य सुविधाको अवस्था र पौष्टिक आहारको उपलब्धता आदिलाई समेत देखाउने गर्छ । कुनै देशको शिशु मृत्युदर पनि बढी या त्यस स्थानका जनता पनि कम आयुमा नै मर्ने गरेको छ भने त्यस स्थानमा जनताको जीवन प्रत्याशा पनि कम रहेको पाइन्छ ।
 
जीवनको भौतिक गुण सूचक

आर्थिक विकासको मापन गर्ने महत्वपूर्ण सूचकको विकास अर्थशास्त्री मोरिस डी मोरिसले गरेका हुन् । अर्थशास्त्री हेगन र डी मोरिसको २३ वटा विकासोन्मुख तथा विकसित मुलुकहरूको तुलनात्मक अध्ययनबाट के कुरा निकालेका छन् भने ‘फिजिकल क्वालिटी अफ लाइफ इण्डेक्स’ बनाउनका लागि सिर्फ मानवीय सरदर आयु, शिशु मृत्युदर, साक्षरता दर नै पर्दछन् । आर्थिक विकासलाई कसरी वास्तविकरूपमा मापन गर्न सकिन्छ, कस्तो तरिका उपयुक्त हुन्छ भनी नयाँ–नयाँ तरिकाको अध्ययन–अनुसन्धान गर्ने सवालमा यो सूचकको प्रादूर्भाव भएको हो । यस परिसूचकले राष्ट्रिय आम्दानीको वितरण कसरी भइराखेको छ, शिक्षा, स्वास्थ्य, पोषण आदिमा राष्ट्रिय आम्दानीको प्रयोग भएको छ वा छैन त्यो हेरेर त्यसैको आधारमा आर्थिक विकासको मापन गर्दछ । मानिसको स्वास्थ्य स्थिति, औसत आयु र साक्षरताको प्रतिशत हेरेर आर्थिक विकासको मापन गरिन्छ ।
 
शिक्षा

शिक्षा एउटा यस्तो प्रक्रिया हो जसद्वारा व्यक्ति जटिल सामाजिक स्वरूप वा संरचनासँग समायोजन हुन सक्दछ । शिक्षाको माध्यमबाट नै व्यक्तिले एकभन्दा बढी संस्थागत समूहमा रहेर आफ्नो दायित्व निर्वाह गर्न सक्दछ । हरेक समाजलाई नेतृत्व प्रदान गर्ने, समाजका बालबालिकालाई शिक्षित बनाउन अर्थात् समाजका नवगत सन्तानलाई विविध सामाजिक संस्थाहरूमा सक्रियतापूर्वक सहभागिता लिनसक्ने तुल्याउन शिक्षा वा शैक्षिक संस्थाको आवश्यकता पर्दछ । शिक्षाले एकातिर सामाजिक स्वरूपलाई संरक्षण प्रदान गरिरहेको हुन्छ भने अर्कोतिर सामाजिक स्वरूपमा नवीकरण गर्दछ । आजको शिक्षा प्रणालीले विभिन्न चुनौतीहरू सामना गर्नु परिरहेको छ । राम्रो स्वास्थ्य भएमा उत्पादकत्व र आम्दानी बढाउँछ भने ज्ञान वा जानकारी प्रदान गर्न शिक्षाले विशेष सहयोग पुर्याउँछ । यसको साथसाथै शिक्षाले अर्थव्यवस्थाको सबै क्षेत्रमा पुँजी, प्रविधि सेवा तथा प्रशासनको व्यवस्थापन गर्न विभिन्न तहको दक्ष जनशक्ति तयार गर्ने र प्रशिक्षित गर्ने कार्य गर्दछ ।
 
स्वास्थ्य
स्वास्थ्य शब्द एंग्लो–स्याक्सनबाट उत्पत्ति भएको हो, जसको अर्थ ‘सेफ’ वा ‘साउण्ड’ हुन्छ । यसले सुरक्षित र स्वस्थ अवस्थालाई जनाउँदछ । स्वास्थ्य भन्ने शब्द मानिस जन्मेदेखि नमरुन्जेल जीवनको हरेक पक्षसँग सम्बन्धित छ । स्वास्थ्यका खराब र असल दुवैपक्ष हुन्छन् । असल पक्ष भन्नाले व्यक्ति शारीरिक रूपले तन्दुरुस्त, मानसिकरूपले सचेत, कुनै प्रकारको रोग नलागेको, स्वस्थ रहनका लागि वैज्ञानिक स्वस्थ आचरण अपनाउनुलाई जनाउँदछ । मानिसको जीवनमा प्राप्त हुने सम्पूर्ण उपलब्धिहरूको प्रमुख स्रोत नै असल स्वास्थ्य हो । असल स्वास्थ्यले नै व्यक्तिको सुन्दर भविष्यको निर्माण गर्न सक्दछ । विश्व स्वास्थ्य संगठनको नारा ‘हेल्थ इज वेल्थ’ले पनि प्रस्ट गर्दछ– मानिसको सबैभन्दा बहुमूल्य सम्पत्ति नै स्वास्थ्य हो ।


प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
थप विचार
हुम्लाको विकास सूचक र भविष्य
हुम्लाको विकास सूचक र भविष्य बिहीबार, माघ ८, २०८२
वित्तीय क्षेत्रको संकट र राष्ट्र बैंंकको भूमिका
वित्तीय क्षेत्रको संकट र राष्ट्र बैंंकको भूमिका बुधबार, माघ ७, २०८२
गुमिरहेको अपार सम्भावना र सुधारको पर्खाइमा संग्रहालय  
गुमिरहेको अपार सम्भावना र सुधारको पर्खाइमा संग्रहालय   मंगलबार, माघ ६, २०८२
बाऽऽ छाडेकोऽऽ लेनऽऽ 
बाऽऽ छाडेकोऽऽ लेनऽऽ  मंगलबार, माघ ६, २०८२
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी सोमबार, माघ ५, २०८२
शिक्षामा स्वजागरणको अभ्यास
शिक्षामा स्वजागरणको अभ्यास आइतबार, माघ ४, २०८२
नव निर्वाचित सभापति गगन थापालाई बधाई : अब आरोप होइन, कामको प्रतिस्पर्धाको राजनीति
नव निर्वाचित सभापति गगन थापालाई बधाई : अब आरोप होइन, कामको प्रतिस्पर्धाको राजनीति शनिबार, माघ ३, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP