Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
विचार
  • Home
  • विचार
  • न्यायको खोजीमा भेनेजुएला ! 
न्यायको खोजीमा भेनेजुएला ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १६, २०८२

शक्ति पछाडि सबै जना दर्गुछन् भने जस्तै अहिले अमेरिकाको पछाडि सबै कुदिरहेका छन् । नकुदुन् पनि किन ऊ सँगै सबै थोक छ । प्रजातन्त्र र मानवअधिकारको ठूलो कुरा गर्ने अमेरिका आफ्नो साम्राज्य फैलाउन कमजोर राष्ट्रमाथि सामन्त जस्तै बनिरहेको छ । 
कहिले युक्रेनलाई उचालेर रुससँग लडाउँछ । कहिले भेनेजुएला, क्युबा, मेक्सिको, कोलम्बिया, पानामा लगायतका देशलाई आफ्नो मु्ठ्ठीमा पार्न खोज्छ । आफूलाई सँधै शक्तिशाली राष्ट्र बनाउनका लागि आफ्नो देशभन्दा बाहिर उसलै कहि पनि प्रजातन्त्र देख्दैन । अरु देशमा मानवअधिकार नै छैन भन्ने सन्देश प्रवाह गरिरहेको हुन्छ । 

केही साता अघिदेखि अमेरिकाले छिमेकी देश भेनेजुएलाका राष्ट्रपतिको मूल्य तोक्नुले उसले मानव अधिकारको रक्षा कति गरिरहेको छ भन्ने कुराको पनि पुष्टि गरिदिएको छ । वरपरका प्राकृतिक रुपमा बलिया र धनी देशहरुलाई आफू अनुकूल चलेनन् भने एउटा न एउटा बहानामा लडाईदिने काम गर्दै आइरहेको आरोप पनि लागेको छ ।  पछिल्लो समय भेनेजुएलामाथि जुन किसिमको त्रास अमेरिकाका राष्ट्रपतिले देखाइरहेका छन् । त्यसले मानव अधिकार र न्यायका लागि अरुलाई एकजुट बन भन्ने सन्देश पनि दिइरहेको छ । अमेरिकाको साम्राज्यवादलाई साना राष्ट्रहरु क्रमश एक भए भने के होला ? 

रुस र युक्रेनको युद्धले युक्रेनलाई निकै नै क्षति तुल्याएको छ । अमेरिकाको भरोसा रुससँग लडिरहेको युक्रेन आफ्नो अस्तित्व नै रहन्छ कि रहँदैन भन्ने अवस्थामा पुगिसकेको छ । युक्रेनलाई अमेरिकाले मज्जाले रुससँग भिडाइरहेको छ । युक्रेनसँग भएको श्रोत साधन विस्तारै रित्तिसकेको छ । प्राकृतिक श्रोत र उत्पादन तहसनहस भइसकेको छ । अब युक्रेन हिजो कै अवस्थामा पुग्न वर्षौ लाग्ने देखिन्छ भने आफ्नो भूमि पनि उसले गुमाउनु पर्ने अवस्था रहेको छ । 

त्यही भएर होला तेलखानीको महत्वपूर्ण देश भेनेजुएलामाथि पनि अमेरिकी सत्ताले विभिन्न खालको हस्तक्षेप गरिरहेको छ । कतिपय दृश्य रुपमा त कतिपय अदृश्य रुपमा भनेजुएलालाई आफ्नो कब्जामा पार्ने प्रयासमा ट्रम्प सरकार लागिरहेको छ ।  तेस्रो कार्यकालका लागि राष्ट्रपति शासन हाँकिरहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न मद्दत गर्नेलाई ५ करोड डलर पुर्‍याउनुले अमेरिकाले भेजेनुएलामा माथि आफ्नो आधिपत्य जमाउने प्रयत्न गरेको संकेत पनि दिएको छ ।  त्यत्तिमात्र कहाँ हो  र ? यसै हप्ता टम्पले भेनेजुएलाको आकाशमा कुनै पनि अन्तर्राष्ट्रिय उडान नउडाउन चेतावनी दिएका छन् । जसले कुनै पनि देशका नागरिकहरुको हिँड्डुल गर्न पाउने अधिकारलाई समेत पूर्ण रुपमा बञ्चित गराउने प्रयास देखिन्छ । यसले मानवअधिकारमाथि हनन् भएन र ? 

Hardik health

क्यारबियन क्षेत्रमा अमेरिकाले युद्धपोत परिचालन गरेपछि यसले युद्ध निम्त्याउन खोजेको आरोप नलागेको होइन । केही समयअघि क्यारवियन क्षेत्रमा कुदिरहेका जहाजमाथि अमेरिकाले आक्रमण गरेपछि अमेरिकी नागरिकहरु नै राष्ट्रपति ट्रम्पका विपक्षमा उभिएका थिए ।  इजरायल र गाजाको लडाँईमा पनि अमेरिकाले नै इजरायललाई उकास्ने काम गरेको आरोप लाग्दै पनि आएको छ । भेनेजुएलाको वर्तमान सत्ता ढाल्न पाए र विगतमा अमेरिकासँग नजिक भएकालाई सत्तामा ल्याएर भेनेजुएलामाको खनिज आफ्नो कब्जामा पार्न पाए हुन्थ्यो भन्नेमा नै अमेरिका रहेको बुझिन्छ । 

शक्ति छ भन्दैमा जे पनि गर्न छुट सायद अमेरिकालाई मात्र छ जस्तो गरिरहेका छन् ट्रम्पले । तर त्यसो नहुने पनि सक्छ । अहिले सबै कुराले अमेरिका आफूलाई हात्ती नै सम्झिरहेको छ । साना देशहरुमा आफ्नो बर्चश्व राख्ने, नभए राजनीतिक अस्थिर बनाइरहने र त्यसको फाइदा कुनै न कुनै रुपमा लिने उसको दाउ पनि छ । अहिले युक्रेनलाई मात्र हेर्ने हो भने पनि यो अवस्था अमेरिका कै कारणले भएको हो । तर अमेरिकाले भेनेजुएला, क्युबा, मेक्सिको, कोलम्बियालाई जुन किमिसले हेरिरहेको छ त्यही हिसावले यी राष्ट्रहरु एक भएर अमेरिकाको विपक्षमा खनिए भने । हात्तीलाई पनि कमिलाले कसरी ठीक पार्छ भने जस्तै हुन बेर छैन । 

भेनेजुएला आफ्नो न्याय, आत्मनिर्भरताका लागि संघर्ष गरिहरको छ । राष्ट्रपति निकोलस अमेरिकासँग झुक्न चाहँदैन । त्यसैले पनि उनलाई लागूपदार्थको ओसारपसारमा संलग्न भएको आरोप लगाएर बदनाम गर्ने काम अमेरिकाले गरिरहेको भनिन्छ ।  अमेरिकाले क्यारेबियन क्षेत्रमा सैन्य बृद्धिलाई भेनेजुएला सहज रुपमा लिएको छैन । अमेरिकाले चलाएको सैन्य गतिविधि भनेको राष्ट्रपति निकोलस मादुरोलाई जसरी पनि सत्ताबाट हटाउने मूल उदेश्य हो भन्ने कुरा भेनेजुएलाले बुझेको पनि छ । भेनेजुएलामाथि यति सारो अन्याय हुँदा पनि थोरै राष्ट्रहरुले मात्र सहयोग दिइरहेका छन् । हुन त रुस, उत्तर कोरिया लगायतका देशहरुले अमेरिकाको दम्भलाई चिर्न भेनेजुएलालाई सहयोग नगरेको पनि होइन । यसैगरी अन्य देशहरुले पनि भेनेजुएलामा माथि भएको अन्यायका विपक्षमा उभिएर अमेरिकामाथि औला ठड्याउन थाले भने त्यसले अमेरिकालाई नै ठूलो क्षति हुन सक्छ भन्ने बुझाई अमेरिकन राजनीतिज्ञहरुको पनि छ । 

तर राष्ट्रपति ट्रम्पका विपक्षमा कोही बोल्न सकिरहेका छैनन । अहिले भेनेजुएलामाथि अमेरिकाले गर्न थालेको ज्यादतीका विरुद्ध अन्य राष्ट्रहरुसँग सहयोग त पक्कै नै भेनेजुएलाले चाहिरहेको छ । तर उसले चाहे जस्तै कतिपय राष्ट्रले खुलेर सहयोग गर्न सकिरहेका छैनन् । आफ्नो राष्ट्रको आकाशमा अन्तर्राष्ट्रिय उडानसमेत बन्द गर्न लगाउने अमेरिकन सरकारको सामन्तवादका विरुद्ध भेनेजुएला एक्लै लडिरहेको छ । तर भित्री रुपमा धेरै राष्ट्रहरु यसको साथमा छन् ।  कमिलाको ताँती जस्तै अमेरिकाबाट प्रताडित बनेका राष्ट्रका नागरिकहरुले स्वस्फूर्त रुपमा आफ्नो देशमा भेनेजुएलाको न्यायका लागि आवाज उठाउन थाले भने के होला ? अहिले अमेरिकाको मात्र रामराज्य नचल्ला ! अमेरिकाले भेनेजुएलाजस्तै गरी धेरै राष्ट्रको मन कुँडाउने काम त गरेको छ । त्यसका विपक्षमा नारा लाग्न थाल्यो भने अमेरिकाले के गर्ला ?


भेनेजुएलाको राष्ट्रपति निकोलस मदुरोको सत्ता परिवर्तनका लागि मात्र अमेरिकाले सैन्य गतिविधि बढाएको हो भन्ने कुरामा दुइमत छैन । त्यस कारण विश्वको कुनै पनि राज्यले न्यायका लागि संघर्ष र विद्रोह गर्न सक्छ । आफूनो स्वाधीनता र राष्ट्रिय स्वार्थका लागि जस्तो सुकै मूल्य पनि चुकाउन पछि पर्दैनन् । सायद न्यायको खोजी गर्दैैगर्दा भेनेजुएलाले पनि अमेरिकी ट्रम्प सरकारविरुद्ध मोर्चावन्दी ग¥यो भने के होला ? न्याय नपाएको, अमेरिकाले आँखा लगाएको भेनेजुएलाले पक्कै पनि उसलाई भुसको आगो जस्तै सल्काउन सक्छ । त्यसैले भेनेजुएलामा माथि अमेरिकन अन्यायको अन्त्य होस् । 
 


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड
एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड बुधबार, मंसिर १७, २०८२
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ? 
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?  आइतबार, मंसिर १४, २०८२
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द
एनपिएलः कर्णाली टस जितेर ब्याटिङ गर्द शुक्रबार, मंसिर १२, २०८२
कीर्तिपुरको न्हेगाँ जात्रा
कीर्तिपुरको न्हेगाँ जात्रा शुक्रबार, मंसिर १२, २०८२
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास मंगलबार, मंसिर ९, २०८२
सुकी हजुर आमाको चिम्से नाति ! 
सुकी हजुर आमाको चिम्से नाति !  मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP