Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपाली कामदारप्रति एसोसियसन चिन्तित, महामारीबाट सुरक्षित राख्न अनुरोध
नेपाली कामदारप्रति एसोसियसन चिन्तित, महामारीबाट सुरक्षित राख्न अनुरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, वैशाख ६, २०७७
online NDFEEF Logo
Hardik health
काठमाडौं– नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका बारेमा चिन्ता व्यक्त गर्दै उनीहरुलाई सुरक्षित राख्न सम्बन्धित मुलुक, राजदूताबास तथा कूटनीतिक नियोगहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । शनिबार भिडियो कन्फेरेन्समा अध्यक्ष नरेन्द्रप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा रहेका कामदारहरु प्रत्यक्ष प्रभाव परेको भन्दै यस अवस्थामा कामदारहरु रहेका कम्पनी, राजदूताबास तथा कूटनीतिक नियोगहरुमार्फत सो देशहरुलाई अनुरोध गरी न्यूनतम् खान, बास तथा महामारीबाट सुरक्षित राख्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको हो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण विश्व कै अर्थतन्त्रमा नकरात्मक असर परी कतिपय कम्पनीहरु धरासायी हुने अवस्था आउने सम्भावना बढेको भन्दै यस्तो अवस्थामा नेपाली कामदारको सुरक्षाका लागि एसोसियसनले सरकारसँग मिलेर काम गर्न तयार रहेको निर्णय बैठकले गरेको छ । त्यस्तै, बैठकले नेपाली कामदारहरुले आफूलाई महामारीका कारणले परेको समस्याका बारेमा जानकारी गराएमा सम्बन्धित निकाय तथा कम्पनीहरुसँग समन्वय गरी सूचना संकलन गर्ने र सो सूचना वैदेशिक रोजगार व्यवसायी संघमार्फत आवश्यक उद्धार तथा राहतका लागि नेपाल सरकारलाई उपलब्ध गराउने पनि निर्णय गरेको छ । एसोसियसनका महासचिव भवानी निरौलाद्वारा जारी विज्ञप्तिमा हालको विषम परिस्थितिले वैदेशिक रोजगार व्यवसायलाई धरासायी हुने गरी प्रभाव पर्ने देखिएकाले व्यवसायीहरुलाई बचाउन सरकारले सहयोगको प्याकेज ल्याउनु पर्ने माग गरिएको छ । कोभिड–१९ का कारण उत्पन्न अवस्थाले कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापनदेखि सञ्चालकहरुको जीवन यापनसम्मका लागि समेत ठूलो समस्या भएको भन्दै हाल वैदेशिक रोजगार ऐन, ०६४ को व्यवस्थाबमोजिम व्यवसायीले राखेको धरौटीमध्येबाट नगद ५० लाख रुपैयाँ अवस्था नसुध्रिएसम्मका लागि उपलब्ध गराइदिन वैदेशिक रोजगार व्यवसायी संघमार्फत माग गर्ने एसोसियनसले निर्णय गरेको छ । बैठकले १६ भदौ ०६१ मा वैदेशिक रोजगार व्यवसायमा झन्डै–झन्डै यस्तै अवस्था आउँदा तत्कालिन सरकारले व्यवसायीलाई राहतका रुपमा धरौटीमध्येबाट पाँच लाख रुपैयाँ उपलब्ध गराएको स्मरण गराउँदै अहिले पनि व्यवसायीहरुलाई बचाउनका लागि सरकारले सहयोगको प्याकेज ल्याउनुपर्ने माग गरेको छ । व्यवसायीहरुले सरकारसमक्ष ५० लाख रुपैयाँ नगद र १ करोड ५० लाख बैंक ग्यारेन्टी धरौटी राखेका छन् । यसअघि व्यावसायीले ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी धरौटी राख्नुपर्ने थियो । तर, गत वर्ष सरकारले ऐन संशोधन गरेर धरौटीमा व्यापक वृद्धि गरेको थियो । सरकारले धरौटीको पनि वर्गीकरण गरेको थियो । हाल वार्षिक ३ हजारसम्म कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद र १ करोड ५० लाख रुपैयाको बैंक ग्यारेन्टी गरी २ करोड, ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउने म्यानपावर कम्पनीले १ करोड नगद र ३ करोड रुपैयाको बैंक ग्यारेन्टी गरी ४ करोड र ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीले २ करोड नगद र ४ करोड रुपैयाको बैंक ग्यारेन्टी गरी ६ करोड रुपैयाँ धरौटीबापत जम्मा गर्नुपर्ने व्यवस्था छ । यहि रकमबाट एसोसियसनले रकम माग गरेको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP